ढाँचा:प्रमुख लेख/सार्लेट फ्लेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एस्ली एलिजाबेथ फ्लेयर (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्।

सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)