ढाँचा:लेसुस सम्बन्धमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेख सुधार सम्पादनथन विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूह र नेपाली विकिपिडिया समुदायको संयुक्त आयोजनामा वि.सं. २०७७ असोज १ गतेदेखि वि.सं. २०७७ असोज ३० गतेसम्म आयोजना गरिने लेख सुधार प्रतियोगिता हो। यो लेख प्रतियोगिताको प्रमुख उद्देश्य नेपाली विकिपिडियामा रहेका ठुटो लेखहरू, अनुवाद गर्नुपर्ने लेखहरू, मेट्नको लागि प्रस्ताव गरिएका लेखहरू, विकिकरण गर्नुपर्ने लेखहरू, स्रोत नखुलेका लेखहरू लगायत मर्मत ढाँचा प्रयोग गरिएका लेखहरूलाई सुधार गरेर सो लेखहरूलाई जानकारीमूलक बनाउनु हो। नेपाली विकिपिडियामा लेख सुधार गर्ने अभ्यास रहेको भएतापनि एउटा विशेष लेख प्रतियोगिता सञ्चालन गरेर लेख सुधार गर्न लागिएको यो पहिलो सम्पादनथन प्रतियोगिता हो। प्रतियोगितामा विजयी हुने प्रयोगकर्ताहरूलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिनेछ।

महत्वपूर्ण मिति
  • प्रतियोगिता प्रारम्भ- वि. सं. २०७७ असोज १
  • प्रतियोगिता अन्त्य- वि. सं. २०७७ असोज ३०

साझा गर्नुहोस्:alt= Share with Facebook