तारावा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारावा
Map of South Tarawa (red) and North Tarawa (yellow) within Tarawa Atoll
Map of the Gilbert Islands
तारावा is located in Kiribati
तारावा
तारावा
Location in Kiribati
भूगोल
अवस्थितिप्रशान्त महासागर
निर्देशाङ्क१°२०′उ॰ १७३°००′पू॰ / १.३३३°N १७३.०००°E / 1.333; 173.000निर्देशाङ्कहरू: १°२०′उ॰ १७३°००′पू॰ / १.३३३°N १७३.०००°E / 1.333; 173.000
द्वीपसमूहगिल्बर्ट टापु
क्षेत्रफल५०० किमी (१९० वर्ग माइल)
सर्वाधिक उचाइ३ m (10 ft)
प्रशासन
किरिबाटी
जनसाङ्खिकि
जनसङ्ख्या५६२८४ (2010)

तारावा मध्ये पश्चिम प्रशान्त महासागरमा अवस्थित एक द्विप राष्ट्र किरिबाटीको राजधानी सहर हो। टापु अस्ट्रेलियाको ४५०० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ। यो सहर किरिबाटीको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो।[१][२][३] यो सहर दोस्रो विश्वयुद्धका बेला तारावाको युद्धको युद्ध स्थल थियो। तारावा एक व्यावसायिक र शैक्षिक केन्द्र रूपमा स्थापित छ। तारावाको दक्षिण तर्फ रहेका द्विपहरू; बटेओ, बैरिकी र बिकेनिबु जानका लागि डुङ्गाको प्रयोग गरिन्छ। त्यहाँ बोनरिकामा एक अन्तर्राष्ट्रिय विमानस्थल र बैरिकीमा राष्ट्रिय सरकार को मुख्यालय रहेको छ। यहाँ एक दक्षिण प्रशान्त महासागरीय विश्वविद्यालयको एक साखा रहेको छ जसको स्थापना सन् १९७३ भएको थियो। बेटिओमा एक प्रकाश कारखाना रहेको छ जहाँबाट थुप्रै सामग्रीहरू निर्यात हुन्छ। दोस्रो विश्वयुद्धको क्रममा तारावा भरि जापानीहरूले कब्जा गरेका थिए र २० नोभेम्बर १९४३ मा तारावामा एक घमासान युद्ध भएको थियो। त्यो दिन संयुक्त राज्य मरिन तारावामा उत्रिए र एटोलमा सङ्घर्ष गरिरहेका जापानी सैनिकहरू ओगट्ने ठाउँहरूमा प्रवेश गरे। [४][५] ७६ घण्टाको कडा लडाई पछि मरिनहरूले टापु कब्जा गरे भने दुबै पक्षका ६,००० मानिसहरूको मृत्यु भएको थियो। [६]

भूगोल[सम्पादन गर्नुहोस्]

तारावा सहरमा एक ठूलो दह रहेको छ जुन ५०० वर्ग किलोमिटर (१९३ वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ। यद्यपि यहाँ सबै प्रकारका सिपिदार माछाहरू प्राकृतिक रूपले प्रशस्त मात्रामा भए पनि यहाँको बढ्दै जनसङ्ख्यालाई समुद्री स्रोतहरू भने प्रयाप्त देखिएको छैन।[७] यस सहरमा खडेरी बारम्बार खडेरी पर्छ तर सामान्य वर्षहरूले पनि यहाँको वर्षाफूल, मेवा, केराको रूखका साथै नरिवल पानीको मात्रा कायम राख्न पर्याप्त हुन्छ। उत्तर तारावामा बुलेटिकी देखि उत्तर दक्षिणमा बुओटा सम्मका टापुहरू छन्। यस टापुहरूलाई एक ठूला बाँध द्वारा छुट्ट्याइएको छ। बाओटा मात्र दक्षिण तारावासँग सडक सञ्जाल द्वारा जोडिएको छ। दक्षिण तारावामा, आलीको निर्माणले पश्चिमको बेटियोदेखि उत्तरपूर्वी भागको तनिया सम्मको जगको एकल पट्टि सिर्जना गरेको छ।[८]

मौसम[सम्पादन गर्नुहोस्]

कोपेन जलवायु वर्गीकरण प्रणालीका अनुसार तारावा मौसम उष्णकटिबंधीय वर्षा वन प्रकार हो। अप्रिलदेखि अक्टुबरसम्म यहाँको मौसम हल्का र मनोरम हुन्छ। यस सहरको वार्सिक औसत तापमान लगभग ३० डिग्री सेल्सियस हुन्छ। नोभेम्बर देखि मार्च सम्म पश्चिमी आँधीबेहरीले वर्षा र कहिलेकाँही आँधी पनि आउने गरेको छ। उत्तर तारावामा औसत वार्षिक वर्षा ३००० मिलिमिटर र दक्षिण ५०० मिलिमिटर पर्ने गरेको छ। प्राय उपोष्णकटिबन्ध समुद्रीहरू लामो खडेरीको साथ जलवायु क्षेत्रको शुष्क घेरामा अवस्थित छन्।

तारावा विमानस्थल (दक्षिण तारावा)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३५.०
(९५.०)
३३.०
(९१.४)
३५.०
(९५.०)
३४.५
(९४.१)
३४.५
(९४.१)
३३.५
(९२.३)
३४.५
(९४.१)
३४.५
(९४.१)
३४.५
(९४.१)
३५.०
(९५.०)
३५.०
(९५.०)
३५.०
(९५.०)
३५.०
(९५.०)
उच्चतम औसत °से (°फे) ३०.७
(८७.३)
३०.६
(८७.१)
३०.७
(८७.३)
३०.७
(८७.३)
३०.८
(८७.४)
३०.८
(८७.४)
३०.९
(८७.६)
३१.०
(८७.८)
३१.१
(८८.०)
३१.२
(८८.२)
३१.३
(८८.३)
३०.९
(८७.६)
३०.९
(८७.६)
दैनिक औसत °से (°फे) २८.२
(८२.८)
२८.१
(८२.६)
२८.१
(८२.६)
२८.२
(८२.८)
२८.४
(८३.१)
२८.३
(८२.९)
२८.२
(८२.८)
२८.३
(८२.९)
२८.४
(८३.१)
२८.६
(८३.५)
२८.५
(८३.३)
२८.२
(८२.८)
२८.३
(८२.९)
न्यूनतम औसत °से (°फे) २५.३
(७७.५)
२५.३
(७७.५)
२५.२
(७७.४)
२५.३
(७७.५)
२५.५
(७७.९)
२५.३
(७७.५)
२५.१
(७७.२)
२५.२
(७७.४)
२५.३
(७७.५)
२५.४
(७७.७)
२५.४
(७७.७)
२५.३
(७७.५)
२५.३
(७७.५)
न्यूनतम रेकर्ड °से (°फे) २१.५
(७०.७)
२२.५
(७२.५)
२२.५
(७२.५)
२२.५
(७२.५)
२१.०
(६९.८)
२१.०
(६९.८)
२१.०
(६९.८)
२१.५
(७०.७)
२२.५
(७२.५)
२२.०
(७१.६)
२२.५
(७२.५)
२२.०
(७१.६)
२१.०
(६९.८)
औसत वर्षा मिमी (इन्च) २७१
(१०.७)
२१८
(८.६)
२०४
(८.०)
१८४
(७.२)
१५८
(६.२)
१५५
(६.१)
१६८
(६.६)
१३८
(५.४)
१२०
(४.७)
११०
(४.३)
११५
(४.५)
२१२
(८.३)
२,०५२
(८०.८)
दैनिक औसत वर्षा (≥ ०.३ mm) १५ १२ १४ १५ १५ १४ १६ १८ १५ ११ १० १७ १७२
औसत सापेक्ष आर्द्रता (%) ८१ ८० ८१ ८२ ८१ ८१ ८० ७९ ७७ ७७ ७९ ८१ ८०
मासिक सौर्यप्रकाश घण्टा औसत २२०.१ १९२.१ २०७.७ २०१.० २२९.४ २१९.० २२९.४ २५७.३ २४३.० २६०.४ २४०.० १८९.१ २,६८८.५
दैनिक सौर्यप्रकाश घण्टा औसत ७.१ ६.८ ६.७ ६.७ ७.४ ७.३ ७.४ ८.३ ८.१ ८.४ ८.० ६.१ ७.४
स्रोत: Deutscher Wetterdienst[९]

प्रशासन[सम्पादन गर्नुहोस्]

हाल तारावामा तीन प्रशासकीय उपविभागहरू; बेटिओमा रहेको बेटिओ सहर परिषद्, तिनाइनानो सहर परिषद् र युटाज तारावा सहर परिषद्। दक्षिण तारावा किरिबाती गणतन्त्रको राजधानी सहर हो। यस सहरमा राष्ट्रिय सभाको अम्बोमा र राज्य सभा बैरिकीमा रहेको छ।[१०] सरकारका विभिन्न मन्त्रालयका कार्यालयहरू बेटिओमा दक्षिण पश्चिम देखि दक्षिण तारावा सम्म छन्। उत्तर तारावाका बस्तीमा मारेनुनुका र ट्याबेरियो सामेल छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Kiribati government website", Government of Kiribati, मूलबाट २६ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०१० मिति
  2. "CIA"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१० मिति
  3. "European Union – list of countries in the world" 
  4. Country files at earth-info.nga.mil वेब्याक मेसिन अभिलेखिकरण १२ अगस्ट २००५ मिति
  5. "Kiribati Census Report 2010 Volume 1", National Statistics Office, Ministry of Finance and Economic Development, Government of Kiribati, मूलबाट ३० सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०१३ मिति
  6. "दोस्रो विश्वयुद्ध (तारावामा युद्ध)", हिष्ट्रि डटकम, २१ अगष्ट २०१८। 
  7. "North Tarawa Island Report 2012", Government of Kiribati [dead link]
  8. "South Tarawa Island Report 2012", Government of Kiribati [dead link]
  9. "Klimatafel von Tarawa, Int. Flugh. Bonriki / Kiribati (Gilbert-Inseln)", Baseline climate means (1961–1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, मूलबाट २९ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१९ 
  10. Dr Temakei Tebano & others (मार्च २००८), "Island/atoll climate change profiles – Tarawaieta (North Tawara)", Office of Te Beretitent – Republic of Kiribati Island Report Series (for KAP II (Phase 2), मूलबाट ६ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]