तारासुन्दरी (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारासुन्दरी
जन्मतारासुन्दरी
१८७८[१]
बङ्गाल राज्य, बेलायती भारत
मृत्यु१९ अप्रिल १९४८[२]
पश्चिम बङ्गाल, भारत
पेशाअभिनेत्री
चिनारीको कारणअभिनेत्री, लेखक

तारासुन्दरी (सन् १८७८ - १९ अप्रिल १९४८) एक बङ्गाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री थिइन्। उनी दुर्गेशनन्दिनी, हरिश्चन्द्र, रिजिया जस्ता चलचित्रमा अभिनय गरेका कारण चिनिन्छिन्।[३] तात्कालिक समयमा तारासुन्दरी र अपरेश चन्द्र बङ्गाली चलचित्र क्षेत्रका तथा मञ्च कार्यक्रममा एक सफल तथा लोकप्रिय जोडी थिए।[४]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

तारासुन्दरी सन् १८७८ मा भारत स्थित कलकत्तामा एक गरीब परिवारमा जन्मिएकी थिइन्। उनको एक ज‍ठी दिदी थिइन्।[५] वरिष्ठ तथा लोकप्रिय बङ्गाली चलचित्रकी अभिनेत्री विनोदिनी दासी उनको छिमेकी थिइन्। सन् १८८४ मा विनोदनीको सहयोगमा उनले कलकत्ता स्थित स्टार थियटर नामक एक संस्थामा काम गर्ने मौका पाएकी थिइन्।[६]

अभिनय कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् १८८४ मा विनोदनीको सहयोगमा तारासुन्दरीले कलकत्ता स्थित स्टार थिएटर नामक एक संस्थामा काम गर्ने मौका पाएकी थिइन्। उक्त संस्थामा उनले अमृतालाल मित्रा द्वरा अभिनयमा प्रशिक्षण लिएकी थिइन् भने शुरूवात चरणमा उनको नृत्य प्रशिक्षक काशीनाथ चट‍पाद्याय थिए। उनले ११ वर्षको उमेरमा उनले गिरिश चन्द्र घोस द्वरा निर्देशित मञ्च कार्यक्रममा एक कन्याको भूमिका निर्वाह गरेकी थिइन्। उनले उक्त भूमिका निर्वाह गर्ने क्रममा रामतरन सिन्यात मार्फत सङ्गीतमा पनि प्रशिक्षण लिएकी थिइन्। सन् १८९४ मा चन्द्रशङ्कर द्वरा निर्देशति नाटक मार्फत उनी प्रख्यात भएकी थिइन्। स्टार थिएटरमा ३ नाटकहरू खेलेपछि उनले उक्त संस्था छाडेकी थिइन्। तात्कालिक समयमा गिरिश धोसको रेखदेखमा मिनर्भल थिएटरको पनि स्थापना हुने भएको थियो। त्यस संस्थामा काम तथा अभिनेत्रीको भूमिका निर्वाह गरेकी तिनकोरीले पछि उक्त संस्था छाडेपछि उनलाई उक्त संस्थामा आवद्ध हुन गिरिश धोसले आव्हान गरेका थिए भने केही प्रत्यक्ष मञ्च कार्यक्रममा उनले करमती बाईको भूमिका निर्वाह गरेकी थिइन्। छोटो समयमै उनले उक्त संस्था द्वरा सञ्चालन गरिएको नाटकमा उत्कृष्ट प्रदर्शन गरृको कारण उनलाई दर्शकहरूले तारिफ गरेका थिए। उक्त संस्थाका केही नाटक खेलेपछि उनीले केही समयका लागि उक्त संस्था छाडेकी थिइन्।

नाटक मञ्चन कार्यक्रमहरूबाट लामो अवकाश लिएपछि उनी पुनः नाटक क्षेत्रमा फर्किएकी थिइन् भने उनले अम्रेन्द्रनाथको रेखदेख तथा नियन्त्रणमा रहेको एक संस्था भारतीय नाटकीय क्लबमा आवद्ध भएकी थिइन्। उनले तात्कालिक समयमा सिटी थिएटरमा पनि उनले केही मञ्च कार्यक्रमहरूमा अभिनय गरेकी थिइन्। अम्रेन्द्रनाथले क्लासिक थिएटरको स्थापना गरेपछि तारासुन्दरीले अम्रेन्द्रनाथसँग सहकार्य गर्दै उक्त संस्थामा आवद्ध भएकी थिइन्। उक्त संस्थामा उनले आफ्नो अभिनय कार्यकालकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी थिइन्।

क्लासिक थिएटर छाडेपछि उनी पुनः स्टार थिएटरमा आवद्ध भएकी थिइन्। उनी अभिनय गरेको तथा केही स्मरणीय नाटकहरू; हरिशरणमा साहिबा, बसन्तशिना, मायाबसन आदि हुन्। उनले पछि खुलेका नाटक संस्थाहरू; अरोरा थिएटर, मिनरेभाल, कोहिनुर थिएटर आदिमा पनि काम गरेकी थिइन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Ramaswamy, Vijaya (१ जनवरी २००३), Re-searching Indian women (अङ्ग्रेजीमा), Manohar, पृ: 347, आइएसबिएन 9788173044960 
  2. Kolkata Puroshree, Kolkata: Kolkata Municipal Corporation, २०१०-०४-२०, पृ: ६। 
  3. Sengupta, Subodh Chandra (मे १९७६), Samsad Bangali Choritabhidhan (1st संस्करण), Kolkata: Sahitya Samsad, पृ: १९०। 
  4. Lahari, Sukriti (२०१५-०७-२५), "বিনোদিনীর পরে", ABP, Anandabazar Patrika, अन्तिम पहुँच १८ मार्च २०१९ 
  5. Vidyabhushan, Upendranath (१९२०-०२-१३), Binodini O Tarasundari, Kolkata: Shishir Publishing House। 
  6. Murshid, Golam (२००५), "সুকুমারী থেকে সুচিত্রা", Mazharul Islam, অন্যদিন ঈদ সংখ্যা ২০০৫, पृ: 106।