सामग्रीमा जानुहोस्

तुर्सा हेमरम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजको समयमा मानव भलाईका निम्ति लोकतन्त्र, स्वतन्त्र, मानव अधिकार, न्याय मताधिकार जस्ता कुराहरू स्थापित छन्‌ । विज्ञान र प्रविधिको विकाशले जीवनलाई सहज तुल्याएको छ। मानवले निरन्तर उन्नत सभ्यताको विकास गर्दै आएको छ । मानव कल्याणकारी यी सबैक्रा चानचुने तबरबाट प्राप्त भएका होइनन्‌ । हाम्रा अग्रजहरूको चिन्तन, प्रयत्न, संघर्ष, त्याग र बलिदानबाट हाम्रै आजको यस अवस्थामा आइपुगेका हौं । त्यसकारण मानव कल्याणका लागि समर्पित चिन्तकहरू र योद्धाहरू हाम्रा लागि सदैव प्रेरणादायी र स्मरणीय हुन्छन्‌ । यस्तै मुलुकमा प्रजञातन्त्र प्राप्त र स्वतन्त्रताका निम्ति आफ्नो जीवनभर राणाकालदेखि पञ्चायती व्यवस्था र राजतन्त्रको विरोधमा लगाईने व्यक्ति हुन्‌ तुर्सा हेमरम । तुर्सा हेमरमको जन्मथलो भारतको झारखण्ड राज्यको रलडीडाँगा गाउँमा वि.सं. १९८० साल तिर भएको थियो । यिनका बुबा आमा यिनी सानै छँदा रोजगारको क्रममा नेपाल आउँदा झापा शिवगञ्ज बजारको उत्तरमा पर्ने लालझोडा गाउँमा आई अरुको घरमा जनमजदुरी गरी बसेका थिए । रोजगारीका क्रममा २,४ वर्ष नेपाल बसी यिनका बुबाआमा फेरि आफ्नो गाउँ झारखण्ड फर्किने विचार गरे । तर छोरा तुर्सा भने बुबाआमासँग फिर्ने कुरामा सहमति भएनन्‌। आमा बुबासँग बसेकै घरमा गाई चराउँछु भनी बसे।


[] यिनी सानाबालखा छँदादेखि चञ्चल स्वभावका थिए । गाई चराउँदा,गोठाला गर्दा साथिहरूका साथिसङ्गीमा उनी मुरली र बाँसुरी बजाउनमा माहिर भए । उमेरले बढ्दै जाँदा उनले सन्थाली वाद्यवादन मादल, दमाहा, ढोलक आदि बजाउन पनि सिके। जातिय चाडपर्व, मेला बजारमा जातिय नाचगानमा सामेल हुन्थे । हुने विरुवाको चिल्लो पात भने झैं तुर्सा खेती काममा पति जाँगरिला र फूर्तिला देखिन्थे । बाबुआमाले छाडेको घरमा बस्दैजाँदा उनी उमेरले किशोरावस्था पार गरी जवान भएका तुर्सा जिउडालमा राम्रो र कामधाममा फुर्तिलादेखि गाउँकै एक धनाढ्य परिवार सतु मुर्मूर तुखीका छोरी रानी मुर्मू (रानी हेमरम) सँग जोडी बाँधिदिने कुरा चल्यो । आफू बसेकै घरमूली अभिभावक भई तुर्सा र रानीको बिहे बन्धन जोडियो । सर्तचाहिँ घरज्वाइँ राख्ने भन्नेमा भयो। विवाहको पाँच वर्ष पश्चात यी जोडीपारीलाई ससुरालीको तर्फबाट घरद्वार बनाइ दिई २२ विधा जग्गासमेत दिएर अलग गरिदिए । पछिबाट यी दुई जोरीपारीले हाल आवादि गरेर ३० विघा जग्गा पनि थपेका थिए भनी उनका कान्छा छोरा लखिराम भन्छन्‌। तुर्सा र रानीका दुई छोरा र तिन छोरी रहेको बताइन्छ । यी क्रमश: छोरामा बलराम र लखिराम छोरीमा मुखी हेमरम, राधी मुनी र कान्छी छोरी जोवा हेमरम हुन्‌ । जोवा हाल नेपाल सरकारको जागिर भन्सारमा काम गर्छिन्‌ ।

तुर्सा समय बित्दा जाँदा उमेर पनि पाको हुँदै जाँदा केवल युवाहरू र घर परिवार ता गृहस्थीमा मात्र सीमित रहेनन्‌ । गाउँ घरका भद्र भलाद्मी, दुलाबडाहरूसँग पनि सङ्गत बढाउँदै लगे । गाउँ घरको बैठक छलफल आदिमा बस्ने, बुढापाकाका कुरा सुन्ने साथै छलफलहरूमा निर्णय दिन पनि पछि पर्दैनथे। यसरी यिनी गाउँमा मात्र सीमित रहेनन्‌। वल्ला गाउँ पल्लागाँउका बैठक हुलरफलमा पनि सहभागी भई आफ्नो बिचारलाई प्रस्तुत गरी समाजका लागि चित्त बुझदो निर्णय दिन कषक्षम व्यक्तित्वको रूपमा परिचित हुन थाले ।

समय बित्दै जाँदाको अवस्थामा यिनी केवल आफ्ना जातिय समाजमा मात्र सिमित रहेनन | झन्व समुदायले बोलाएको भेला आमसभाहरूमा पनि सामेल हन थाले । चेतनशील वर्गहरूको श्यसताकाको जर्जर एकतन्त्रिय राणा शासनको विरोध गर्दै गोप्य मिटिङ बैठकहरू लुकीछिपी हने गर्थ्यो। तुर्सा पनि त्यो समुहसँग जोडिन पुगे । भाषा पनि सिक्दै मए । यसैक्रममा उनको खि. के. शयाई शत बानु), फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, विश्वनाथ घिमिरे, बुद्धिमान राजबंशी, डढिल्ती सिटौला, छकनाथ पोखरेल आदि व्यक्तिहरूसँग सम्पर्क बढ्दै गयो । उनी नेपाली कांग्रेसमा समाहित भए । त्यसताका झापा जिल्लामा सन्थाल जातिको बाहुल्र'ता थियो । यो जाति जता लाग्यो उसैको बहुमत हुने समय थियो । सामान्य परिवारमा हुर्केका तुर्सा जातीय बाहुल्यताका आधारमा नेतामा परिणत भए । रानो मौरीको पछि अरु मौरी लागे झैँ सन्थालका रानो तुर्सा हुन पुगे । उनी जहाँ जान्थे बोलाउँये सन्थालहरूको मेला नै लाग्थ्यो ।

बि.सं. २००७ सालतिर झापामा उनको वि.पि. कोइरालासँग प्रथम भेट भयो । त्यही बेलादेखि उनी आफुलाई सच्चा नेपाली काँग्रेस भएको घोषणा गरे । सोही समयदेखि उनी राजबंशी र “सन्थाल गाउँ गाउँ गई नेपाली कांग्रेसको सि.के प्रसाई आदिका साथमा गाउँ घरमा गई अब हामी सबै प्रजातन्त्रको लागि आन्दोलन गर्नुपर्छ । नेपालमा पनि प्रजातन्त्र ल्याएर देश विकसको कार्य थाल्नुपर्छ भन्दै विचारहरू बाँड्न थाले । तुर्साले सरेका घार्टीको कार्यको केन्द्रमा राम्रो चर्चा मयो। थसैले त उनी 'बार्टीको काठमाडौँ र वीरगञ्जको महाधिवेशनमा झापा जिल्लाको प्रतिनिधि गरेको पाइन्छ।

बि.सं. २०१५ सालको आम निर्वाचनमा नायक नै थिए भनिन्छ। उनी बिना कार्यक्रम नै असफल हुन जान्थ्यो फत्तेबहादुर बुढाथोकी २०१५ सालको आम निर्वाचनमा सांसदका उम्मेवार बनेका थिए । प्रचार प्रसारमा राजवंशी र सन्धाली भाषा बढी बोल्नु पर्थ्यो । आम सभामा तुर्साले सन्थाली भाषामा धारावाही रूपमा भाषण गरेका हुन्थे भन्ने सुनिन्छ। उनको भाषणमा देश विकास र शोषणको अन्त्य गर्नुपर्छ भन्ने हुन्थ्यो । साथै सडक, विद्यालय, अस्पताल, खानेपानी, विद्युतको गाउँ गाउँमा व्यवस्था हुनुपर्छ । ठाउँठाउँमा बिमानस्थल (एयरपोर्ट) को व्यवस्था हुनुपर्छ भन्नु हन्थ्यो।

तुर्सा हेमरम केवल आफू मात्र नेता भएनन्‌ । सन्थाल समुदाम्रका धेरैजना मित्रहरूलाई संगठन र पार्टीको कार्यमा समाहित गराएका थिए । त्यसैले त धेरै सन्थाल समुदायका व्यक्तिले जेलनेल खटेको इतिहास साक्षी छ । भैया टुडु प्रजातन्त्र प्राप्तिका लागि सन्थालका प्रथम सहिद हुन्‌ । उनी अनारमनीको विराटपोखरमा बसोबास गर्थे । यिनलाई तत्कालीन पञ्चायती शासकले कारागारमा राखी कडा नसिंहत दिई मारेको भनिन्छ । साथमा जेल जाने अरु साथिहरू यस प्रकारका छन्‌ । सुरेश बास्केको भनाइ अनुसार राजाराम मुर्मू (सुरुङ्गा) चर्खा टुडु (सुरुङ्गा) सुरेश बास्के (घैलाडुब्बा) मुन्सी मुर्मू (भरत बाबु कामत) बाबुलाम दुडू (चकचकी) राशिकलाल मुर्मु (राजगढ, भागुडुब्बा) अन्य साथीहरू (कार्यकर्ता) बुद्धिलाल मर्डी (हल्दिबारी) जेठा मुर्मू (गुवालडुब्बा) फत्ते बेस तोपगाछी आदि भए रहेको बताउँछन्‌।

तुर्सा राजनीति बित्तमा शर्माजीले चिनिनु हुन्छ । उनलाई शर्माजी भनेर सि.के प्रसाईंले न्वारान गरेको भनेर स्वयं आफैँ भन्नु हुन्थ्यो । तुर्सा भरतबाबु आदिले मुलुकमा प्रजातन्त्र ल्याउनु पर्छ भनी गाउँगाउँमा बिगुल फुक्ने बेला समाज अर्कै थियो । त्यसताका समाजमा छुवाछुत, जातपात भैदभावको निकै विकराल अवस्था थियो । त्यस्तो अवस्थामा तुर्साजीलाई भरत बाबुले पनि साथमा नराखी हुँदैनथ्यो । त्यस्तो समयमा बाहुन, क्षेत्री, राजवंशी, मैथिल समाजको घर चौकामा उनलाई लिएर जान भरत बाबुलाई एउटा ठुलो समस्याको रूपमा थियो । अर्कोक्रा त्यसताकाका शासक प्रशासक पुलिसले चाडो पत्ता नलगाउन भन्ने सोचाइले उनको उपनाम शर्माजी राखेका थिए । यो समयानुसारको घतलाग्दो र सुहाउँदो तामाकरण थियो ।

२०१७ सालमा राजा महेन्द्रबाट राजनीतिक दलका कार्यकर्ता र नेताहरूलाई गिरफ्तार गर्ने आहवान गरियो । त्यस अवस्थामा धेरै नेता कार्यकर्ताहरू प्रवास गए । त्यसबेला तुर्साजी भारतको नक्सलबाडी, गलगलिया क्षेत्रमा सन्थाल गाउँमा बसोबास गर्थे । १०/११ वर्षको प्रवास बसाईक्रममा पञ्चायती शासकका दलाल र प्रशासक मिलेर उनलाई खानपिनमा ललाइ फकाइ नेपात भित्र्याइएको उनी स्वयं बताउँथे । उनी भन्ने गर्थे जब मलाई मेची नदी छेउ ल्याइयो । दलालहरूले मलाई गाडीमा कोचेर मेची टपाइयो । मेची टपाएपछि म माथि लाठी र बन्दुकको कुन्दा, पुलिसको बुट बर्सिन थाल्यो । बन्दुकको कुन्दा, पुलिसको बुट, लाठी त सामान्य थियो । सियोले नङ औदमा घोच्ने गरिन्थ्यो । फिला, जिउ र पैतालामा रोलले (पुलिसको) पिद्दा सुम्ला मात्र होइन चोटै चोट जिउमा भएको थियो । दिनमा त केही सामान्य हुन्थ्यो। रातमा भने खसी खाई आएका पुलिसले आँखै नहेरी बुटले तात्तैलात्तले हान्ने गर्थ्यो । मलाई ती क्रा सम्झी ल्याउँदा जिउ कटकटी खाने गर्छ भनी बताउनु हुन्थ्यो तुर्साजी । तर पनि मैले पार्टीलाई छाड्ने कुरा गरिनँ । देशमा प्रजातन्त्र आउँछ र ल्याएरै छाड्छौ भन्ने ठूलो आशको पर्खाइमा बसेका थिए । नभन्दै ७ वर्ष ९ महिनाको कारागार बसाइपछि बाहिरबाट जनता र विद्यार्थीको आन्दोलन चर्कियो । जसको फलस्वरूप राजा वीरेन्द्रबाट जनमत सङ्ग्रहको घोषणा भयो र राजतन्त्र र पञ्चायती शासनको विरुद्धमा लाग्ने सम्पूर्ण राजबन्दीहरूलाई कारागार मुक्त गस्यो। म पनि कारागार मुक्त भएँ।

तुर्सा एक देशभक्त र सच्चा प्रजातन्त्रवादी थिए । उनी कारागारबाट मुक्त पश्चात पनि उनी पञ्चायती दलाल र प्रशासनको डर, धम्की र लोभ लाल्चामा कहिल्यै परेनन्‌ । प्रतिवन्धित अवस्थामा राजाका प्रशासक मेची अञ्चलाधिसबाट छिरिडि तेन्जिङ लामाबाट तुसा तिमी पार्टी त्याग र राजालाई समर्थन गरी एउटा स्थायी मञ्जुरनामामा हस्ताक्षर गर । तिमीलाई काठमाडौंमा तिन तलाका रातो घर बनाइदिने र पञ्चायतको रोजी एक पद दिने भन्दा पनि म पार्टीबाट कहिल्यै राजिनामा दिन्नँ। म जीवनको अन्तिम प्रणसम्म प्रजातन्त्रको लागि लड्छु । देशमा प्रजातन्त्र आएर छोड्छ ल्याएरै छाड्छ भनि अञ्चलाधिश छिरिङका सामुन्ने जवाफ दिए।

तुर्खाजी जनमत सरहको समय निर्दल बहुदलताका दिलो ज्यान लाएर बहुदलको क्वार्यक्रमहरूमा भाषण गर्द सर्वसाधारणमा प्रजतन्त्रको मर्म बुझाउँदै हिँडे । त्यसमा बहुदल पक्षले वराजित हुनुपन्यो । नभन्दै समय पार हुन केही दिन त लाग्छ तर हुने कुरा भएरै छाड्छ। समय बित्दै गयो । २०४६ साल आउन समय लागेन । २०४६ आउँदाका साथमा मुलुकमा प्रजातन्त्र आयो । तुर्पाजी र उनका सहयात्रीहरूको सपना साकार भयो । प्रजातन्त्र घोषणा पशचात वीरता जेसिसले झापाका सबै पार्टीहरू तथा संघ संस्थाको रोहवरमा झापाको उत्कृष्ट नागरिक भनेर उन्को ऐतिहासिक सम्मान गत्यो । धेरै संघ संस्थाले व्यक्तिले फूलमाला र उपहारहरूले सम्मान गरे। यो उनलाई प्रजातन्त्र प्राप्त पश्चातको ठूलो सम्मान थियो ।

पचास बाउन्न विधाका मालिक तुर्सा प्रजातन्त्रको लडाईं लड्दा आफ्ना साहरा श्री सम्पत्ति, गाई, गोरु, राँगा, भैसी जग्गा त्यागे । सरकारले हडपेको जग्गा जमिन फिर्ता भएन । उनलाई तत्काल जीविकोपार्जनका लागि पार्टीले रु. ५ लाख व्यवस्थ गरेको थियो । जसमार्फत बस्तका लागि सानो तीन कोढो भवन, दुईविधा दश कठठा जग्गा र १ हल गोरु खरिद गरिएको थियो । तिन कोठे सानो घरमा हाल उनका ठूला छोरा बलरामकी श्रीमती र कान्छा छोराका परिवार बसेका छन्‌।

 नेपालमा २०४६ सालमा प्रजातन्त्र प्राप्तपछि २०४८ सालतिर भारतमा अन्तर्राष्ट्रिय सन्थाल परिषद्‌ एक सस्थाले प्रथम सम्मेलनको आयोजना गरेको थियो । त्यस सम्मेलनमा नेपालका एक प्रजातन्त्रका सेनानी सम्झी उनलाई अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो । त्यस सम्मेलनमा नेपालबाट उनको नेतृत्वमा तीन सदस्य प्रतिनिधि गएको थियो । जसमा तुर्सा हेमरम, जयराम मुर्मू (हल्दिबारी) र सुन्दर बेस्रा थिए । त्यस सम्मेलनमा पुग्दा (झारखण्ड टाटानगर) उहाँको भव्य स्वागत भयो । कार्यक्रम तीन दिवसीय थियो । प्रथम दिनका प्रमुख अतिथि भारतका तत्काल क्याविनेट मन्त्री सीताराम यचुरी थिए। दोस्रो दिवसीय कार्यक्रमका प्रमुख अतिथि तुर्साजीबाट भएको थियो भने तेस्रो कार्यक्रममा प्रमुख अतिथिमा विहारका मुख्य मन्त्री लालुप्रसाद यादवले गरेका थिए । त्यस मञ्चमा तुर्साजीले नेपाली सन्थालको शैक्षिक, राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको बारेमा कुरा राख्नु भएको थियो । (समस्या र समाधानका लागि) समय बित्दै गयो। उमेर ढल्दै गयो । उमेर छँदा तत्कालीन शासकले दिएको नसिंहतको चोटको ज्यानमा असर पर्न थाल्यो । तुर्सा प्रजातन्त्रका सेनानी श्वास प्रश्वास, छाती, पेट आदिको रोगले बुढो शरीर थला पर्न थाल्यो । प्रजातन्त्रका सेनानी हस्पिटलको शरणमा आश्रय लिन थाले । पहिलो चरणको मेची अञ्चल अस्पतालमा पार्टीले भर्ना गन्यो । १४१५ दिनको इलाज पश्चात त्यहाँ विशेक नभएपछि उनलाई देउ कुमार थेवेको साथमा वि.पी. मेमोरियल अस्पताल धरानमा लगियो । त्यहाँको २३ दिनको उपचारपछि उहाँ सदाका लागि यस धराधामबाट विदा हुनु भयो। त्यो दिन थियो। वि.सं. २०५४ साल पुष २० गते । उहाँको भौतिक शरिर नरहे पनि उहाँ सदाको लागि अमर हुनुहुन्छ । उहाँको सम्झनामा कन्काई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठान छ। जसको परिसरभित्र अर्घकदको शालिक स्थापित नेता हुनुहुन्छ । उहाँ प्रजातन्त्र र स्वतन्त्रताका निम्ति लडाइ लड्ने देशका एक सच्चा इमान्दारी सिपाही हुनु भयो। उहाँको नाम सदाको लागि इतिहासमा रहिरहने छ। 

मुलुकमा प्रजातन्त्र त आयो । तर प्रजातन्त्रको लागि लड्ने हाम्रा नेताहरूको सोच र विचार अनुसारको परिवर्तन भने आउन बाँकी छ। प्रजातन्त्र र बहुलवाद मुलुकमा आएको बत्तीस तेत्तीस वर्ष बित्दा पनि तिनै सुकिलामुकिला, ढाँगी, चाकडीबाजका लागि मात्र आएको छ । निवस्छरो, निमुखा, सिधा सोझा शिक्षामा पहुँच नभएका लक्षित र सिमान्तवर्गका लागि प्रजातन्त्र आउन बाँकी छ। विभिन्न जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, धर्म अल्पसंख्यक, लोपोन्मुख, लक्षित र सिमान्तकृत समुदायको हकहितको कार्य भएकै छैन । तुर्साजी जुन समुदायको लागि प्रजातान्त्रिक लडाई लड्नुभयो त्यस समुदायका मानिसहरू विस्थापित र पलायनका अवस्थामा छन्‌ । प्रजातन्त्रको 'प' पनि पाउन कठिन भएको छ । उनीहरूको निःशुल्क शिक्षा, राष्ट्रसेवक, राजनीतिमा अवसर र मौका, आर्थिक समुन्ततका लागि व्यवस्था, आवासको व्यवस्था हराउँदै गएको रितिरिवाज संसकारको संरक्षण हुन सकेकै छैन । यस्ता कार्यतर्फ राजनेताहरूको सोच विचार आएमा मात्र मुलुकमा सच्चा प्रजातन्त्र आएको भान हुन्छ । तब मात्र राजनीतिक बीचमा परिवर्तन, पुस्तान्तरण र हस्तान्तरणको कुराले सार्थकता पाउन सक्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

सम्पादक सुन्दर बेस्रा १. गोपाल कमार बस्नेत आफ्नै सेरोफेरो २. सुरेश वास्के कारगारमा सँगैबसेका ३. लखिराम हेमरम आफ्नैकान्छा छोरा

  1.   লেখা "तुर्सा हेमरम अब सम्झनामा पुस्तकबाट सुन्दर बेस्रा" উপেক্ষা করা হয়েছে (सहायता); |title= रितो (सहायता)