तुलबहादुर पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलबहादुर पुन

भिसी
२००७ मा तुलबहादुर पुन
जन्मविसं २१ फागुन १९६९[१]
म्याग्दी, नेपाल
मृत्युविसं २०६८ बैशाख ७
बेगखोला, म्याग्दी, नेपाल
निष्ठानेपाल
सेवा/शाखाभारतीय सेना
एकाइ३ नं बटालियन, ६ नं गोर्खा राईफल्स
पुरस्कारहरू


तुलबहादुर पुन(१९२३-२०११) भिक्टोरिया क्रस विजेता नेपाली हुन्। सन् १९४०मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत्यु भएको थियो । उनी मुटुको समस्याबाट पीडित थिए। बेलायत स्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन ६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती दुई छोरा र आठ छोरी छन्।

स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामा आएका पुनलाई गोरखा भूपू सैनिक सङ्घ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए। अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोरखाहरूको न्यायिक आन्दोलनमा पनि सक्रिय थिए। [२]

भिक्टोरिया क्रस[सम्पादन गर्नुहोस्]

तुलबहादुर पुनले बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए । उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो ।[१]

मृत्यु[सम्पादन गर्नुहोस्]

पुनको २०६८ बैशाख ७ गते बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा ९२ वर्षको उमेरमा मृत्यु भएको हो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "भिसी विजेता तुलबहादुर पुन रहेनन्", कान्तिपुर दैनिक, २०६८, अन्तिम पहुँच २०६८ वैशाख ८ 
  2. नागरिक न्यूज

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]