तोरन्लक पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तोरन्लक पर्व थकाली समुदायको एक महान पर्व हो । हिउँद यामपछि वसन्त ऋतुको आगमनसँगै यो पर्व सुरु हुने गर्दछ । देश विदेशमा छरिएका थकाली युवायुवती पर्व मान्न यस बेला जन्मथलो फर्कने गर्दछन् ।

परम्परा[सम्पादन गर्नुहोस्]

पर्वले थकाली समुदायलाई जोड़न महत्वपूर्ण योगदान पुयाएको छ । तारो हान्ने, कौडा खेल्ने, पितृ चढाउने, नाँचगान गर्न, मीठो खाने र राम्रो लगाउने थकालीको तोरन्ल पर्वको मुख्य विशेषता हो । मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म र पोखरा, काठमाडौं, वुटवल, भैरहवा लगायतका ररस्थानमा बसोबास गरेका थकाली समुदायले तोरन्ल पर्व धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार हर्षोल्लासका साथ मनाउने चलन छ ।

पितृ पुजा[सम्पादन गर्नुहोस्]

तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मीठा मीठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् । पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्य रातमा उठेर पितृको नाममा प्रसाद चढाउने चलन रहेको छ ।यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी हुने र पितृको उहार हुने विश्वास गरिन्छ ।

सांस्कृतिक खेलहरू र चलन[सम्पादन गर्नुहोस्]

तोरन्ल पूर्णिमाको अघिल्लो दिनमा तारा थाप्ने काली भाषामा (धसा चुह) गरिन्छ । तारा थाप्दा थकाली परम्परा अनुसार पूजाआजा गरिन्छ ।यसरी पूजा गर्दा तारो खेल्दा कुनै अनिष्ट नहोस् भन्ने कामना गरिएको हो । धसाको प्रारम्भिक पूजा गरेपछि मात्र तारो हान्ने खेल सुरुआत गरिन्छ । महिलाले भने कौडा खेलेर रमाइलो गर्ने चलन छ । मुस्ताङको जोमसोममा तोरन्लर्क अवसरमा सोमबारदेखि आर्चरी अर्थात तारा हान्ने खेल सुरु भएको छ । तारा खेल सञ्चालन हुनुपूर्व गाउँ मुखिया निवासमा जोमसोमका स्थानीय थकाली समुदायका मानिस भेला भएका थिए ।

त्यहाँबाट बाजा बजाउँदै र थकाली गीत गाएर तारो हान्ने धसालाई तारो हान्ने स्थानमा पुन्याएर गाडिएको छ । तर, जोमसोममा थकालीकै पर्व भएता पनि अन्य समुदायसमेत यो सांस्कृतिक पर्वका सहभागी हुने गरेका छन् ।

गाउँका अगुवा मुखियाको साथमा तारा धसोलाई बाजागाजा राखिएको तारा घसोसहित तारा स्थलमा पुयाइएको थियो जोमसोममा तारो खेलको गाउँ मुखियाले धसो पूजाआजा तथा गर्ने चलन छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]