थेससको जहाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तत्त्वज्ञानमा थेससको जहाज एक विचार हो जसले सबै भागहरू परिवर्तन गरिएको वस्तु मौलिक रूपमा सोही वस्तु हो कि हैन भन्ने प्रश्न खडा गर्दछ। यो पश्चिमी दर्शनमा प्राचीन समयदेखि अवलोकन गरिएको एक प्रश्न हो। हेराक्लिटस र प्लेटो जस्ता दार्शनिकले यसबारे छलफल गरेका थिए।

विचार[सम्पादन गर्नुहोस्]

यो विचारमा एक महान युद्धमा थेससले चलाएको प्रख्यात जहाजलाई एउटा सङ्ग्रहालयमा राखिएको थियो भन्ने कुरा मानिएको छ। वर्षौं बित्दै जाँदा काठका केही भागहरू सड्न थाले र ति भागहरूलाई मर्मत गर्न नयाँ भागहरू प्रयोग गरियो। एक शताब्दी वा सो भन्दा पछि, प्रत्येक भाग साटियो। 'पुनर्स्थापित' जहाज अझै पनि पुरानै जहाज हो कि हैन भन्ने प्रश्न यो विचारको मुख्य चुनैती हो।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Cohen, S. Marc (२००४), "Identity, Persistence, and the Ship of Theseus", faculty.washington.edu, अन्तिम पहुँच २०१९-०३-१५