दलाई लामा
| |
निवास | धर्मशाला, भारत |
---|---|
गठन | १३९१ |
वेबसाइट | dalailama |
दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत: गेलुक (पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रूपमा श्रद्धा गरिन्छ ।
दलाइ लामा छनोट विधि
[सम्पादन गर्नुहोस्]विशेषत दलाई लामा छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो । कहिले काहिँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारे केहि जानकारी छाडेर जाने गर्दछन तर केहि अवस्थामा भने तिब्बतको पवित्र ल्हामो तालबाट आउने पवित्र तथ्य , महान गेलुक धर्माधिकारीको सपनामा देखिने तथ्यहरु वा गेलुग सम्प्रदाय वा दलाई लामाकी ईष्ट देवी पाल्देन ल्हामोबाट दिइने तथ्यबाट पनि भावी दलाई लामाको चयन गरिन्छ । वर्तमान १४ दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो । यसरी चयन गरिएको सानो बालक दलाई लामा हो, होईन अझ प्रस्ट पार्न उनलाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनी सँग सम्बन्धित वस्तुहरु रोज्न लगाईन्छ । यदि उनले सहि वस्तु रोजेको खण्डमा मात्र उनी सहि दलाई लामा हुन भन्ने यकिन गरी उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दिक्षित गरिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्][[चित्|thumb|left|200px|आठौ दलाई लामा]]
दलाई लामा परम्परा
[सम्पादन गर्नुहोस्]प्रथम दलाई लामा ( गेदुन-ड्रुप ) दलाई लामा परम्परा महा-गुरु जे-शोङखापाको शिक्षामा आधारित टासिलुन्पो मठका प्रथम मठाधिस परम-पावन गेदुन-ड्रूपबाट शुरु भएको इतिहास पाईन्छ । उनको जन्म ई.सं १३९१ मा तिब्बतको साब्टोड मा भएको थियो । उनी महा-गुरु जे-शोङखापाका चौथो शिष्य थिए । उनले महा-गुरु जे-शोङखापा द्वारा प्रतिपादित कादम विचार धारालाई वादका रूपमा व्यापक प्रचार प्रशार गरे र कादम सम्प्रदायको विकासमा अतुलनिय योगदान गरे । उनैले पछि टासिलुन्पो विहार बनाए र त्यसलाई कादम सप्रदायको प्रमुख शिक्षा केन्द्रको रूपमा विकाश गरे । उनले ८४ वर्षको उमेरमा तिब्बतको नार्थाङमा परिनिर्वाण प्राप्त गरे। उनको अस्तु-धातु युक्त चैत्य यधपी नार्थाङ विहारमा दर्शन गर्न सकिन्छ ।
दोस्रो दलाई लामा (गेदुन ग्यात्सो) पहिलो दलाई लामा परम-पावन गेदुन ड्रूपको परिनिर्वाण पश्चात गेदुन ग्यात्सोलाई दोस्रो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १४७५ मा तिब्बतको सांगमा भएको थियो ।उनले आफ्नो शासनकालमा गेलुक सम्प्रदायलाई अझ विशाल र प्रशिद्ध बनाए । उनले भिक्षुहरूलाई शिल र विनयको विकाशका लागि उच्च जोड दिन्थे । उनले ई.स १५४७ मा परिनिर्वाण प्राप्त गरे ।
तेस्रो दलाई लामा (सोनाम ग्यात्सो ) दोस्रो दलाई लामाको परिनिर्वाण पश्चात सोनाम ग्यात्सोलाई तेस्रो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म, उनका पुर्वज गेदुन ग्यात्सोले भविष्यवाणी गरे अनुरुप ई.स १५४३ मा तिब्बतको ल्हासा शहर नजिक भएको थियो । उनलाई तात्कालिन मंगोलियाका नरेश अल्तान खांले धर्म श्रवणको लागि आग्रह गरे पश्चात,उनले सन १५७७ मा मंगोलियाको भ्रमण गरी नरेशलाई बौद्ध धर्मको ज्ञान गराए , उनीबाट प्रेरित भएर मंगोलियन नरेशले बौद्ध धर्मलाई राष्ट्रिय धर्मको रूपमा अंगाले र सोनाम ग्यात्सोलाई समुन्द्र जस्तो विशाल हृदय भएका गुरु अर्थात दलाई लामाको उपाधी दिए जसलाई उनका पछिल्ला दुई अवतारका लागि पनि ग्रहण गरियो । उनले ई.स १५८८ मा परिनिर्वाण प्राप्त गरे ।
चौथो दलाई लामा ( योन्तान ग्यात्सो ) तेस्रो दलाई लामाको परिनिर्वाण पश्चात योन्तान ग्यात्सोलाई चौथो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १५८९ मा मंगोलियन शाही घरानामा भएको थियो । उनी पहिलो गैहृ तिब्बती दलाई लामा हुन । उनले ई.स १६१६ मा परिनिर्वाण प्राप्त गरे ।
पाचौ दलाई लामा (लोब्सांग ग्यात्सो ) चौथो दलाई लामाको परिनिर्वाण पश्चात लोब्सांग ग्यात्सोलाई पाचौँ दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १६१७ भएको थियो । उनले विभीन्न भू-खण्डमा टुक्रिएको तिब्बतको एकिकरण गरी एकिकृत तिब्बतका प्रथम प्रशासकिय तथा धार्मिक नेताका रूपमा तिब्बतमा शासन गरे । उनले तिब्बती सरकार र दलाई लामाको प्रधान निवासका रूपमा पोताला दरबारको निर्माण गराए। उनले तिब्बतमा शिक्षा तथा स्वास्थको क्षेत्रमा उल्लेखनिय कार्य गरेका कारण स्थानिय तिब्बतीहरूले उनलाई महान पाचौँका रपमा पनि सम्बोधन गर्दछन । उनले ई.स १६८२ मा परिनिर्वाण प्राप्त गरे ।
दलाई लामाहरूको सुची
[सम्पादन गर्नुहोस्]अहिलेसम्म १४ वटा दलाई लामाहरू भएका छन्।
-
पहिलो दलाई लामा, गेन्देन Drub १३९१-१४७४
-
दोस्रो दलाई लामा, गेन्देन ग्यास्तो १४७५-१५४१
-
चौथो दलाई लामा, योन्तेन ग्यास्तो, १५८९-१६१६
-
पाँचौं दलाई लामा, लोजाङ ग्यास्तो १६१७-१६८२
-
छैठौं दलाई लामा, त्साङयाङ ग्यास्तो १६८३-१७०६
-
सातौँ दलाई लामा,केलजाङ ग्यास्तो, १७०८-१७५७.
-
आठौँ दलाई लामा, जाम्फेल ग्यास्तो १७५८-१८०४
-
नवौँ दलाई लामा, लुङतोक ग्यास्तो १८०६-१८१५
Name | Lifespan | Reign | Tibetan/Wylie | PRC transcription | Other English spelling(s) | |
---|---|---|---|---|---|---|
1. | Gendun Drup | 1391–1474 | ?[१] | དྒེ་འདུན་འགྲུབ་ dge ‘dun ‘grub |
Gêdün Chub | Gedun Drub, Gedün Drup, Gendun Drup |
२. | Gendun Gyatso | १४७५–१५४१ | ?[१] | དགེ་འདུན་རྒྱ་མཚོ་ dge ‘dun rgya mtsho |
Gêdün Gyaco | Gedün Gyatso, Gendün Gyatso |
३. | Sonam Gyatso | १५४३–१५८८ | १५७८–१५८८ | བསོད་ནམས་རྒྱ་མཚོ་ bsod nams rgya mtsho |
Soinam Gyaco | Sönam Gyatso |
४. | Yonten Gyatso | १५८९–१६१६ | ? | ཡོན་ཏན་རྒྱ་མཚོ་ yon tan rgya mtsho |
Yoindain Gyaco | Yontan Gyatso |
५. | Lobsang Gyatso | १६१७–१६८२ | १६४२–१६८२ | བློ་བཟང་རྒྱ་མཚོ་ blo bzang rgya mtsho |
Lobsang Gyaco | Lobzang Gyatso, Lopsang Gyatso |
६. | Tsangyang Gyatso | १६८३–१७०६ | ?–१७०६ | ཚང་དབྱངས་རྒྱ་མཚོ་ tshang dbyangs rgya mtsho |
Cangyang Gyaco | |
७. | Kelzang Gyatso | १७०८–१७५७ | १७५१–१७५७ | བསྐལ་བཟང་རྒྱ་མཚོ་ bskal bzang rgya mtsho |
Gaisang Gyaco | Kelsang Gyatso, Kalsang Gyatso |
८. | Jamphel Gyatso | १७५८–१८०४ | १७८६–१८०४ | བྱམས་སྤེལ་རྒྱ་མཚོ་ byams spel rgya mtsho |
Qambê Gyaco | Jampel Gyatso, Jampal Gyatso |
९. | Lungtok Gyatso | १८०६–१८१५ | (१८०८–१८१५)[१] | ལུང་རྟོགས་རྒྱ་མཚོ་ lung rtogs rgya mtsho |
Lungdog Gyaco | Lungtog Gyatso |
१०. | Tsultrim Gyatso | १८१६–१८३७ | ? | ཚུལ་ཁྲིམ་རྒྱ་མཚོ་ tshul khrim rgya mtsho |
Cüchim Gyaco | Tshültrim Gyatso |
११. | Khendrup Gyatso | १८३८–१८५६ | १८४४–१८५६ | མཁས་གྲུབ་རྒྱ་མཚོ་ mkhas grub rgya mtsho |
Kaichub Gyaco | Kedrub Gyatso |
१२. | Trinley Gyatso | १८५७–१८७५ | ? | འཕྲིན་ལས་རྒྱ་མཚོ་ ‘phrin las rgya mtsho |
Chinlai Gyaco | Trinle Gyatso |
१३. | Thubten Gyatso | १८७६–१९३३ | ? | ཐུབ་བསྟན་རྒྱ་མཚོ་ thub bstan rgya mtsho |
Tubdain Gyaco | Thubtan Gyatso, Thupten Gyatso |
१४. | Tenzin Gyatso | १९३५–present | १९५०–present (currently in exile) |
བསྟན་འཛིན་རྒྱ་མཚོ་ bstan ‘dzin rgya mtsho |
Dainzin Gyaco |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]नोट
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- Yá Hánzhāng 牙含章: The Biographies of the Dalai Lamas (Dálài Lǎmá chuán 达赖喇嘛传; Beijing, Foreign Languages Press १९९३); ISBN ७-११९-०१२६७-३.