सामग्रीमा जानुहोस्

देनहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Tharu Women with their Bhakari(Dehari in Tharu)
थारु महिला आफुले बनाएको देहरीका साथ)

देनहरी वा देहारी नेपालका थारु जातीले अन्न भण्डारण गर्न प्रयोग गर्ने परम्परागत माटोको भाँडो हो । यो माटो, पराल र चामलको भुसी प्रयोग गरी बनाइन्छ र गोल वा आयताकारको हुने गर्दछ। यो प्रायः महिलाहरूले बनाउछन् र धान, गहुँ, चामल, मकै, दाल, मटर र तोरीको दाना जस्ता अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। []

यो भाँडा धार्मिक चाडपर्व र सांस्कृतिक गतिविधिको अभिन्न अङ्ग पनि हो। छोरीको विवाहमा पठाहा देनहरी नामक विशेष देनहारी फुटाएर त्यसमा राखिएको अन्न दिने चलन छ । []

देनहरीमा भण्डारण गरिएको अन्नमा किरा लाग्दैन र कुहिदैन भन्ने विश्वास गरिन्छ । थारु समुदायमा अशुभ हुने भएकाले देनहरीलाई कहिल्यै खाली राखिँदैन । [][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ Sen, Sandeep (२०२०-१२-१३), "Denhari, the indigenous craft of Tharus, on verge of disappearance", The Himalayan Times, अन्तिम पहुँच २०२३-०७-१७ 
  2. "Earthenware still preferred in Tharu community", GorakhaPatra, अन्तिम पहुँच २०२३-०७-१७  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-१७ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]