देनहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(देन्हारीबाट अनुप्रेषित)

देनहरी वा देहारी नेपालका थारु जातीले अन्न भण्डारण गर्न प्रयोग गर्ने परम्परागत माटोको भाँडो हो । यो माटो, पराल र चामलको भुसी प्रयोग गरी बनाइन्छ र गोल वा आयताकारको हुने गर्दछ। यो प्रायः महिलाहरूले बनाउछन् र धान, गहुँ, चामल, मकै, दाल, मटर र तोरीको दाना जस्ता अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। [१]

यो भाँडा धार्मिक चाडपर्व र सांस्कृतिक गतिविधिको अभिन्न अङ्ग पनि हो। छोरीको विवाहमा पठाहा देनहरी नामक विशेष देनहारी फुटाएर त्यसमा राखिएको अन्न दिने चलन छ । [१]

देनहरीमा भण्डारण गरिएको अन्नमा किरा लाग्दैन र कुहिदैन भन्ने विश्वास गरिन्छ । थारु समुदायमा अशुभ हुने भएकाले देनहरीलाई कहिल्यै खाली राखिँदैन । [१][२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Sen, Sandeep (२०२०-१२-१३), "Denhari, the indigenous craft of Tharus, on verge of disappearance", The Himalayan Times, अन्तिम पहुँच २०२३-०७-१७ 
  2. "Earthenware still preferred in Tharu community", GorakhaPatra, अन्तिम पहुँच २०२३-०७-१७