देवेन्द्रप्रसाद पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवेन्द्रप्रसाद पटेल नेपालका राजनितिक नेता हुन्। संविधान सभा निर्वाचनमा रौतहट ६ मा तत्कालीन माओवादीका सभासद् देवेन्द्रप्रसाद पटेलले नेकपा एमालेका माधव नेपाललाई पराजित गरेका थिएर माओवादीको विवादास्पद भातृ सङ्गठन यङ कम्युनिस्ट लिगका केन्द्रीय सदस्य पटेलको जन्म २०२८ साल मङ्सिर २२ गते रमौली बैरिया -७ बैराजपुरमा भएको हो। आमा फुलमादेवी र रामअवतारका छोरा पटेल सामान्य किसानमा परिवारमा हुर्किएका हुन्।

सदरमुकाम गौरदेखि ३० किलोमिटर उत्तरमा रहेको गाउँमा जन्मिएका पटेलले २०५४ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका थिए। पटेलले २०५८ सालदेखि माओवादीको सैन्य संरचना जनमुक्ति सेनामा रहेर काम गरेर सेक्सन कमाण्डरदेखि कम्पनी कमाण्डरसम्म भए। पार्टी भित्र भुषण उपनामले चिनिने पटेल विसं २०७४ को निर्वाचनमा धनलाल ठोकरसँग पराजित भए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]