दोलखा भीमसेन चुडामणि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुडामणिको शाब्दिक अर्थ हुन्छ -शिरको मणि अथवा मुकुट |दोलखा भीमसेन मूर्तिको पछाडि पूर्वतर्फ रहेको रहेको काठको स्तम्भलाई नै चुडामणि भन्ने गरिन्छ|

परिचय[सम्पादन गर्नुहोस्]

दोलखा भीमसेन (भीमेश्वर भीमसेन) मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। वलीपूजाको बेला महादेवशिव चडामणिमा गएर बस्नहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भने जनधारणा छ। भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

भीमेश्वर भण्डारमा पाइएको अभिलेखअनुसार भीमसेन मूर्तिको पछाडि पूर्वतर्फ रहेको चुडामणि -(काठको स्तम्भ) कान्तिपरका राजा प्रताप मल्लको पालामा नेपाल सम्वत् ७७४ (वि.सं. १७११)मा त्यस बेलाका स्थानीय मुख्तियारहरू, प्रधान भींख्वार भारो, शिवराम भारो तथा पञ्च प्रधानहरू मिली भिमसेनको निमित्त चुल्का लिङ्गो स्थापना गरिएको र यस काठ स्तम्भ १६ हात अग्लो र ५ हात जमीनमा गाडिएको हुनुपर्ने भन्नेछ। चुडामणिको लागि उपयुक्त रुख छानिएपछि रुख काट्न साइत हेर्नुपर्ने, रुख काट्नुभन्दा अघिल्लो साँझ पजा गरी रातभर दियो बाल्नुपर्ने र साइतअनुसार काट्ने बेलामा वली पूजा गर्नुपर्ने उल्लेख छ। शुरु स्थापनाको अभिलेख यसप्रकार छ ः-"ओम आज वाराहकल्प वैवस्वतमन्वन्तर, कलियगमा, भरतखण्ड, जम्वदीपमा, हिमालको फेदमा श्री नेपालमा श्री ३ पशुपतिको नजीकै वासकी क्षत्र, वागमती र सनकोशीको पूर्वपट्टी तामाकोशीको पश्चिमपट्टी श्री ३ भीमसेन स्थान श्री दोलखा पतनमा कल्याणहोस्, सम्वत् ७७४ वि.सं १७११ चैत्र कृष्ण अष्टमी उत्तराषाढ नक्षत्र, शिव शुत्रवार गर्नुपर्ने मुहुर्त परेको बेला मेष राशिमा सर्य, मकरराशिमा चन्द्रमा गएमा यस दिन श्री कविन्द्र जय प्रताप मल्ल देव प्रभु ठाकरको विजय राज्यमा पं्रधान भीख्वार मारो, शिवराम भारो र दोलखाका पञ्च प्रधानहरू मिली श्री ३ भिमसेनको निमित्त चुलका लिङ्गो स्थापना गरियो। यो चुलका लिङ्गोकोलक्षण तल गाडिएको ५ हात माथि देखिने १६ हात, यति प्रकारको हुनपर्छ। रुख तानेर ल्याउँदा वास रहेको ठाउँमा वली दिनुपर्छ। चुलका स्थापना गर्ने दिन यज्ञ गर्नुपर्छ। भोलिपल्ट मेष पूजा गर्नुपर्छ। देव सबैलाई पूजा गर्नुपर्छ। मेष पूजा १ जोर यस पुण्यको फलले दानपतिलाई वेदले बताएको फल प्राप्ति होस् सन्तान वृद्धि होस्।"

यसपछि वि.स. १७७३, १८२६, १८९३ र २००९ सालमा समेत ५ वटा चुडामणि स्थापना गरी सकिएको देखिन्छ। २००९ सालको बाहेक अघिल्लो सालहरूमा राखिएको चूडामणिको अभिलेखमा स्थापना गर्नेहरूको नाम बाहेक अन्य व्यहोरा उल्लेखित अभिलेखको व्यहोरा अनुसारको छ। उल्लेखित चूडामणिहरूको स्थापना कालअनुसार क्रमशः ६२, ५३, ६७, ११६ र ५७ वर्ष टिकेको देखिन आउँछ। वि.सं. १८२६ पछि २००९मा मात्र स्थापना गरिएको फेरिएको देखिन्छ। यसबाट यो चूडामणि ११६ वर्ष टिकेको देखिनआउँछ। यस अवधिमा राख्नु नपरेको हो या राखेको अभिलेख नमेटिएको हो यकिन गर्न सकिने आधार भेटिएको छैन।

हालको अवस्था[सम्पादन गर्नुहोस्]

हालको पाँचौ चूडामणि पनि जीर्ण भइसकेको छ। कुनैपनि बेला ढली भाँचिन सक्ने सम्भावना प्रवल छ। चूडामणि ढले भाँचेपछि अर्को स्थापना नभएसम्म साधारण पूजा बाहेक अन्य वलि पूजा गर्न नहुने भन्ने परम्परादेखिको मान्यता रहिआएको छ।

अचानक चूडामणि ढले, भाँच्चिएमा पूजा गर्न नहुने भई बाहिरबाट आउने दर्शनार्थीहरूलाई अप्ठ्यारो, दुःख नहोस् र छिट्टै अर्को स्थापना गर्नका लागि चूडामणि लिङ्गो तयार गरिसकिएको छ।साइत जुरेअनुसार २००६ माघ २७ गते साँझमा किर्नेटारको वनमा सालको छानिएको रुखमा पूजा गरी रातभर दियो बालियो र माघ २८ गते बिहान ८ः३०को साइत अनुसार वली पूजा गरी रुख ढालियो। रुख पूजा गर्न जानेमा गुठीयार र तान्त्रिकहरू हुन्छन् |चूडामणि ल्याउँदा बास बस्नु परेमा बास बसेको ठाउँमा वली पूजा गर्नपर्ने र ठाउँमा पुगेपछि पनि स्थापना नगरिएसम्म दैनिक पूजा गर्नुपर्ने चलन छ र पूजा भइरहेको पनि छ। हाल स्थापना गर्ने सम्बन्धमा केही विवाद भइरहेको छ। एकथरीको भनाइअनुसार साविक नढलेसम्म फेर्नु हुँदैन भन्ने र अर्कोथरीका भनाइअनुसार कहिले ढल्छ कहिले ढल्छ। ढलेपछि अर्को राख्न समय लाग्न गई बाहिरबाट आउने दर्शनार्थीहरूलाई दुःख हुने भएकोले थोत्रो भइसकेको चुडामणिलाई उखाली नयाँ राख्नपर्छ भन्ने भनाइ रहेको छ। यो विवाद हालसम्म टुङ्गनि सकेको छैन।

२००९ सालमा साविक चूडामणि ढलेपछि अर्को स्थापना गर्न झण्डै एक महिना लागेको थियो। त्यसबेला तामाकोशी पारीको अँधेरी वनबाट ल्याएको थियो। त्यसबेला घिसाएर बोकेर ल्याउनु पर्ने भएकोले ल्याउननै ३/४ दिन लागेको थियो। साविक चूडामणिको ठूटो झिक्ननै ३/४ दिन लाग्थ्यो। ३ दिनमा पनि झिक्न नसकिएपछि ४ औँ दिनमा बज्राचार्य गभाजुले चूडामणि राखिएको ठाउँमा पर्दाले घेरी ४ घण्टासम्मभित्र बसी पूजा जप गरेपछि बल्ल ठटा झिक्न सकिएको र सोही दिन २००९ आषाढ ९ गते नयाँ स्थापना गरिएको त्यसबेलाका प्रत्यक्षदर्शी वृद्धहरू बताउँछन्।

  • [१] भीमसेनको चूडामणि ,यज्ञकमार प्रधान

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]