दोहोरो लेखा प्रणाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वितीय कारोबारको अभिलेख राख्दा एउटै कारोबारलाई एउटा खाताको डेबिट पक्ष (Debit Side) र अर्को खाताको क्रेडिट पक्ष (Credit Side) गरी दुई स्थानमा अभिलेख राख्ने व्यवस्थालाई दोहोरो लेखा प्रणाली (अङ्ग्रेजी: Double-entry bookkeeping system) भनिन्छ। दोहोरो लेखा प्रणालीमा गरेको कुनै पनि प्रविष्टिले कम्तिमा २ खाताहरूमा प्रभाव पार्दछ। दुई खाताहरू मध्ये एक सम्पत्तिको अंश हुनु आवश्यक छ र अर्को दायित्व अन्तर्गत हुन्छ। तसर्थ प्रभाव ठ्याक्कै बराबर र विपरित हुन्छ। लेनदेन प्रविष्टिहरू कायम राख्नको लागि एक व्यवस्थित ढाँचा भएको दोहोरो लेखा प्रणाली विश्वका सबै देशहरूमा प्रचलित छ ।[१] यो एउटा त्रुटि खोज उपकरण हो जसले आर्थिक कारोबारमा त्रुटि तथा छलकपट हुन दिँदैन र भइहालेमा सजिलै पत्ता लगाउन सकिन्छ ।

इतिहास[सम्पादन गर्ने]

दोहोरो लेखा प्रणालीको उत्पत्ति १३ औं शताब्दीको सुरुतिर रेनेसान इटालीका व्यापारीहरूको समयमा सुरुवात भएको बुझिन्छ।[२] आर्थिक कारोबारका दुई पक्ष एउटा प्राप्त गर्ने र अर्को भुक्तानी गर्ने दुवैलाई प्रभाव पर्नेगरी अभिलेख राख्ने यस पद्धतिलाई इटालीका ल्युका पेसिओलीले सन् १४९४ मा प्रतिपादन गर्नुभएको हो ।[३] तसर्थ पेसिओलीलाई दोहोरो लेखा प्रणालीका पिता मानिन्छ ।[४]

फाइदाहरु[सम्पादन गर्ने]

  • यसले बहीखातावालाहरूलाई त्रुटिहरू पहिचान गर्न र छिटो त्रुटिहरू ठीक गर्न मद्दत गर्दछ।
  • व्यापारको अंकगणित सटीकता निश्चित गर्न सकिन्छ।
  • नाफा र नोक्सान पहिचान गर्न सजिलो हुन्छ किनकी आय र खर्च लेनदेन स्पष्ट रूपमा देखिन्छ ।
  • व्यापारको वित्तीय स्थिति निर्धारण गर्न सकिन्छ ।

बेफाइदाहरु[सम्पादन गर्ने]

  • यसलाई रेकर्ड गर्न धेरै समय खपत हुन्छ ।
  • यो प्रणाली लेखाकारको व्यक्तिगत निर्णयमा निर्भर जुन पक्षपातपूर्ण हुन सक्छ।
  • यो प्रणाली साना व्यवसायिक संगठनहरूको लागि उपयुक्त छैन जहाँ वित्तीय लेनदेन र संसाधनहरूको संख्या कम हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]