धाप बाँध
| धाप बाँध | |
|---|---|
धाप बाँध निर्माण स्थल | |
| स्थान | बागमती प्रदेश, नेपाल |
| निर्देशाङ्क | २७°४८′२१″N ८५°२७′१३″E / 27.805765°N 85.4534783°E |
| निर्माण आरम्भ | सन् २०१५ |
| उदघाटन मिति | सन् २०२१ (निर्धारित) |
| बाँध र पानी बाहिरिने मार्ग | |
| उचाइ | २४ मिटर |
| लम्बाइ | १७५ मिटर |
| जलाशय | |
| कुल क्षमता | ८,५०,००० मी३ |
| जलग्रह क्षेत्र | ०.३ किमी२[१] |
धाप बाँध नेपालको बागमती प्रदेशमा अवस्थित एक कङ्क्रिट फेस्ड रकफिल बाँध हो।[२] यो बाँध २४ मिटर अग्लो र १७५ मिटर चौडा छ। यो बाँध पूर्ण रूपले भरिएको बेला यसले ८,५०,००० घनमिटर पानी भण्डारण गर्न सक्छ। यो बाँध नेपाल सरकार अन्तर्गत बागमती नदी बेसिन सुधार परियोजनाको स्वामित्वमा छ।[३] [४]
बाँधको मुख्य उद्देश्य बागमती नदीमा पानीको गुणस्तर सुधार र उच्च पानीको बहावलाई सुरक्षा प्रदान गर्नु हो। सुख्खा मौसममा बागमती नदीमा पानीको बहावलाई निरन्तरता दिनको लागि समेत यस बाँधद्वारा नियन्त्रण गरिनेछ। सुख्खा मौसममा ०.४ मिटर/सेकेन्ड प्रवाह र चाडपर्वको मौसममा आवश्यकता अनुसार थप प्रवाह गर्न प्रस्ताव गरिएको छ। यसले मनसुनमा बाढी नियन्त्रण गर्न पनि मद्दत गर्नेछ।[५]
यो आयोजना एसियाली विकास बैंकको लगानीमा निर्माण भएको हो। यो बाँध निर्माणको काम मुख्य सिभिल ठेकेदार ग्वाङ्जाओ, लामा र रमन निर्माणले संयुक्त रूपमा गरिरहेका छन्। ठेक्का कबोल भए अनुसार यो बाँधको निर्माण कार्य सन् २०२१ अक्टोबरमा पुरा गर्नुपर्ने थियो तर सन् २०२२ सम्म यसको निर्माण कार्य पूर्ण भएको छैन।[६]
अर्को १०० मिटर अग्लो बाँध, नागमती बाँधलाई अर्को चरणमा धाप बाँधसँग मिलाएर निर्माण गर्ने योजना छ।[७]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ सिंह, जया लक्ष्मी; सुबेदी, नारायण प्रसाद (२०२०), "Hydrological analysis of the catchment area of Dhap Dam", Bulletin of Nepal Hydrogeological Association 5।
- ↑ "धापमा संकलन भयो वाग्मतीमा बगाउने पानी, कात्तिकदेखि बगाउने तयारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१२।
- ↑ भट्ट, सुवास, "सिंहदरबारदेखि स्थानीय तहसम्म दाताका तीन खर्ब ७२ अर्बका आयोजना, दाताको एक लाख सहयोग पनि सकारिन्छ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१२।[स्थायी मृत कडी]
- ↑ "Dhap Dam- Bagmati Improvement Project", धाप बाँध, अन्तिम पहुँच २०२२-०८-२९।
- ↑ मौसम, "Dam to increase water flow in Bagmati River mooted", द हिमालयन टाइम्स, अन्तिम पहुँच २०२२-०८-२९।
- ↑ "Engineers bet on a miracle to bring Nepal’s holy river back to life", Mongabay Environmental News, २०२२-०८-२९, अन्तिम पहुँच २०२२-०८-२९।
- ↑ "Nagmati Dam | Bagmati Improvement Project", अन्तिम पहुँच २०२२-०८-२९।