नयाँ सिद्धनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कञ्चनपुर जिल्ला महेन्द्रनगर बजार नजिक रहेका सिद्धनाथ देवता ब्रह्मदेव मण्डि नजिक रहेका खल्ला भन्ने स्थानबाट शिला ल्याएर स्थापना गरेका देवता हुँन् ।

सिद्धनाथ बाबाको काल्पनिक मुर्ति महेन्द्रनगर

कञ्चनपुर जिल्ला भीमदत्तनगरपालीका वार्ड नम्बर ४ बजार नजिक भगतपुरमा स्थापित सिद्धनाथलाई ब्रह्मदेव खल्लाबाट ल्याएर स्थापना गरेका कारण नयाँ सिद्धनाथ देवता पनि भन्ने गरिन्छ । २०१८ सालमा राजा महेन्द्रबाट उहाँ स्थापित सिद्धनाथको मन्दिर सिलन्यास गरेपछि यी सिद्धनाथको महत्त्व वढ्दै गयो । २०५० साल यता भारतबाट आउने भक्तजनहरूको ठूलो भिड लाग्न थालेपछि यहाँका सिद्धनाथ चर्चामा आएका हुँन् । फागुन पूर्णिमा देखि वैशाख पूर्णिमा सम्म एक महिना सिद्धनाथ मन्दिरमा भक्तजनहरूको घुईचो लाग्ने गर्दछ । पूर्णा गिरिमाताको दर्शन गर्नेहरूले सिद्धनाथको दर्शन गरेपछि मात्र दर्शन गरेको पुरा हुने भन्ने मान्यताका कारण नेपाल भन्दा छिमेकी देश भारतबाट यहाँ आउने भक्तजनहरूको संख्या ज्यादा हुन्छ । २०१८ साल देखि यहाँका पूजारी डम्मरदेव उप्रेती रहदै आएका छन् ।

सिद्धनाथ मन्दिर महेन्द्रनगर कंचनपुर नेपाल

प्राचीन सिद्धनाथ रहेको ब्रह्मदेव खल्ला भन्ने स्थानमा उपमन्यू गोत्रीय उप्रेती ब्रह्मणका ३ भाइहरू

  • जेठा धर्मदेव उप्रेती,
  • माईला टिकादत्त उप्रेती र
  • कान्छा प्रजापति उप्रेती पालो पालो गरेर पुजा लगाउने गर्दथे । । प्राचीन सिद्धनाथ रहेको ब्रहमदेव खल्लाबाट सिद्धनाथको सिला लगरे महेन्द्रनगर बजार नजिक पिपलको रुखमूनि सिला स्थापना गर्ने कान्छा प्रजापति उप्रेतीका सन्तानहरु अहिले महेन्द्रनगरबजारमा रहेका सिद्धनाथका पुजारी छन् । [१]

कैलाली कञ्चनपुर क्षेत्रमा रहेका प्राचीन देवताहरुका पूजारी वैदिक उपाध्याय ब्राहमण(बामन)का वंशजहरु अतित देखि अहिले सम्म रहदै आएकाछन् । जस अनुसार यहाँका चर्चित देवता

  • क) सिद्धनाथका पूजारी उपमन्यू गोत्रीय उप्रेती छन् ।
  • ख) बैजनाथका पूजारी कश्यप गोत्रीय चटौत छन् ।
  • ग) ग्वांसी-समैजीका पूजारी भारद्वाज गोत्रीय भट्ट छन् भने
  • घ) कार्तिकेय (मोहन्याल) देवताका पूजारी कौडिन्य गोत्रीय जोशी उपाध्याय ब्राहमण(बामन) छन् ।
    सिद्धनाथ मन्दिर वरपर घाँटहरु / महेन्द्रनगर कंचनपुर नेपाल
  • यी चारवटै देवताका पुजारी हुने उपाध्याय ब्राहमण(बामन)हरु शाकाहारी हुन्छन । माँसआहार गर्नेहरु यहाँका देवताको पुजारीको अधिकार पाउदैनन् । प्राचीन कार्तिकेयपुरीका राजाका दरवारसँग सम्बन्धीत यी ब्राह्मणको इतिहास कत्युरी राज्यसँग जोडिएको छ । जानकारहरुका अनुसार ब्रह्मदेव मण्डि नजिक खल्ला भन्ने स्थानमा रहेका सिद्धनाथको दर्शन गर्न त्यतिबेला महाकालीनदी पार गरेर आउने तिर्थयात्रीहरु डुङ्गा पल्टिएर मर्न थालेपछि त्यहाँबाट महेन्द्रनगर आउनेहरु पढ्दै गए र आज खल्ला भन्ने स्थानमा न्यून भक्तजनहरु जान्छन भने महेन्द्रनगरमा रहेका सिद्धनाथको दशैनगर्ने भक्तजनहरु अत्यधिक रहने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. स्थलगत अध्यन खोज सोधबाट प्राप्त जानकारी