ग्वांसी-समैजी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ग्वाँसी-समैजी

नेपालको सुदूरपशिममा पर्ने कैलाली र कन्चनपुरको भौगोलिक क्षेत्रमा रहेका प्राचीन चार देवता कार्तिकेय (मोहन्याल) ,बैजनाथ ,सिद्धनाथ र ग्वाशी समैजी मध्येका ग्वाशी मसैजी एक हुन् |ग्वाँसी समैजी [१] को मुलस्थान वर्तमान कैलाली र कंचनपुर जिल्लाको कृष्णपुर गाउँ विकास समितिको उत्तर मालुबेला र कैलाली जिल्ला गोदावरी गाविस वार्ड नम्बर ९, कुमीझाल वड्डी मछेलीमा रहेको छ । मछेलीको वारी र पारी गरी दुई थान छन् । अत्रिगोत्रका ओझा र भारद्वाज गोत्रका भट्टगरी दुई थरी ब्राह्मणबाट समैजी पूजिन्छन् । भट्ट ब्राह्णका पूर्खाले ओझालाई दिएको भन्ने मान्यता छ । मछेलीगाडको पश्चिमा ओझा र पूर्वको स्थानमा भट्ट पूजारी छन । मछेलीको मूल स्थान नायलको तालमा छ । त्यही स्थानमा समैजीको खुट्टा खापरेले भाँचेको हो भन्ने किवदन्ती पनि छ । लाटाले खापरेलाई मारेको स्थान पनि त्यही नायलको तालमा हो ।

ग्वंशी समैजीको देवताको थान

समैजी पुजिने समयहरु

  • (क) भाद्रशुक्ल ऋषिपंचमी (गौरापर्व)को समयको दशमी सम्म ,
  • (ख) विजया दशैको घटस्थापनादेखि दशमी सम्म,
  • (ग) कार्तिक शुक्ल सप्तमी देखि दशमी सम्म पूजिन्छन । डाडा गन्तगर्दा एकादशीमा पूजिन्छ । सुद्द चोखो वस्तुवाट पुजिन्छन ।
  • कश्यप गोत्रका, धर्म राज भट्टका अनुसार ः

ग्वाँसी भनेको भगवतीको रुप हो । भने समैजी भनेको शम्भूजी शंकर मानवरुपमा हुन् । यी देवता कश्यप गोत्रका दियाकोटी वोहरा र कश्यप गोत्रकै वगिस्ता भट्ट ब्राह्मणसँग कुमाऊँ गढवालको जोगेश्वर र वागेश्वरबाट आएकाहुन् । ग्वाँसी समैजी देवता वोहरा र भट्टको डोकोमा आएपछि वोहरा र भट्टको बास कुम्भीभ्mयाल (वड्डी मछेली)मा भएछ । यहाँ बासभएको राती सपनाहुँदा तिमिहरुको डोकोमा आएको ढुङ्गारुपी पत्तथर म शालीग्रामरुपी ग्वाँसी समैजी देवता हुँ । म अव यही कुम्भी भ्mयाल (वड्डी मछेली)मा बस्छु तिमिहरुले मलाई यही पूजा गर्नु भनेर राती सपनामा भनेको कारण वोहरा र भट्टका पूर्खाले पनि सल्लाह गरी अव हामी पनि यतै बसौ भनेर वोहराहरु मौरी (वुडेतोला देखि पश्चिम) र वगिस्ता भट्ट कुँणी(सहजपुरदेखि तल) बसेकाहुँन । ग्वाँसी समैजीको कार्तिक शुक्लपक्ष दशमीमा जाँत भएर ढृङ्गयानी,मस्से,जोरायलको दियाकोट, दोकोटमा पूजिन्छ । भाद्रशुक्ल पक्षको दशमीमा मौरीमा पूजिन्छ । मालिकाको घाँट भाद्रशुक्लपक्ष पुर्णिमा(जनैपुणर््िामा) को दिन समैजीले आप्mना टाउकोमा राख्छ । माघ शुक्लपक्ष दशमीमा कुम्भीभ्mयाल मछेलीमा ग्वाँसी समैजी पुजिन्छ । कुम्भीभ्mयालमा ग्वाँसी समैजी पुजिने समयमा वगिस्ता भट्टका पूर्वजले समैजीलाई भनेछन् त अवतार हुन्छस तर ग्वाँसी अवतार हुँदैन् ग्वाँसीको पनि अवतार हुनु पर्यो भनेपछि त्यसो हुँदैन् भनेर समैजीले भनेछन तर वगिस्ता भट्ट ब्राह्मणले मानेनन् जिद्दी गरे यसबाट दिग्दार भएका समैजीले हे वैना –वहिनी भनेर पुकार गर्दा त्यहाँ बाघ आयो र ठूलो ढुङ्गामा उभिएर खोस्र्यो पुजारीले बाघलाई टिका लगाउँन सकेनन् । त्यो बाघले पूजारीलाई आप्mनो पिठ्यूमा राखेर गायव भएछ । त्यसपछि पूजारीका अन्य सन्तानले हाम्रो पुजारी गायव गर्ने भनेर यी देवतालाई नपूज्ने निर्णय गरेपछि वुँडरका ओझा ब्राह्मण वगिस्ता भट्टका भान्जा खलक भएकाले तिनलाई पूज्न दिएकाहुन् । समैजी भित्र वेताल, पासो, भगवती सहितका देवता हुन्छन् । ढुङ्गयानीमा कश्यप गोत्रका साउँदहरु मस्सेमा क्षेत्री भण्डारी,दोमा छेडाल र अलडे सिह, वैतडी पुर्चडीका बम र क्षेत्री भण्डारीहरु, वोगटानको घाङल गाविस अन्तरगतको जमनचौकामा वोगटानी मल्ल पनि समैजी पूज्ने गर्दछन् । बझाङ्गमा मालको समैजी भनिन्छ । मौरीरुप धारण गरेर मुसलमानको राजा नवावलाई मार्न पनि समैजीले सघाएको वताईन्छ ।

  • समैजीका पूजारीहरुका अनुसार ः
    ग्वंशी समैजीको देवताको थान र भारद्वाज गोत्रीय भट्ट गुरु जी / पुजारी

डडेल्धुरा जिल्ला अमरगढी नगरपालीका थिलाडीका भारद्वाज गोत्रका विश्वराज भट्ट ब्राह्मण ग्वाँसी समैजीलाई कुलदेवता मान्दछन् । यी समैजीदेवताका पूजारी पनि हुन । वर्तमान ग्वाँसी समैजीका पुजारी विश्वराज भट्टका अनुसार साकाहरी भोजन गर्ने यी भट्टका पूर्खा, दक्षिण भारतबाट आएका र कुमाउ गडवालको पाली गाउँ भएर डडेल्धुराको पाली गाउँमा बसेका हुन् । कुमाऊको पाली गाउँको नामबाट डडेल्धुराको पालीगाउँको नाम राखिएको हो । यी भारद्वाज गोत्रिय भट्टहरु विषु भट्टको शन्तानका हुन भन्ने किवदन्ती पनि छ । यी भट्टहरु डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीका थिलाडी, कैलाली जिल्लाको मालाखेती ,धनगडी र महेन्द्रनगरमा पनि बसोबास गर्दछन् । कुमाउबाट आएको समैजी हुन भने ग्वाँसी गयाँबाट ल्याएका कारण ग्वाँसी भनिए । यही ब्राह्मण खान्दानले चारधाम तीर्थगर्दा समैजी पाएको भन्ने छ । समैजी देवतालाई छोड्दै आउदा पनि समैजीको शिलाले छोडेन भन्ने छ । ग्वाँसी, समैजी, कैलपाल, महादेव र उग्रतारा देवीका पूजारी रहेका यी ब्राह्मणका जजमान शौनक गोत्रका रावल (मल्ल), भण्डारी, वोहारा, ऐर सहितका पाण्डेय, भट्ट पनि जजमान छन् । ओझासँग पनि ईष्टमित्र भएको नाताले सम्बन्ध छ । समैजी देवता भगेश्वरसँग छ । देवी दुर्गा उग्रतारासँग समैजी देवता छ । महादेव समैजी, बाह्रगढ समैजी । समैजी देवतासँग विष्ट, वोहरा, मलासी साउद, बम(पुर्चुडीको), भण्डारीहरु छन् । गोदावरीको चाँपमा रहेका वोहराहरु पनि समैजी देवतासँग सम्बन्धितछन् । मलासी साउद समैजीको भित्रको कारिन्दा हो । कोटकेनी रावल मल्लका पुरोहित यिनै भट्ट ब्राह्मणहरु छन ् ।

  • रैका राजवंशका डोटीमा चर्चित राजा नागी मल्लले देवताको परिक्षण गर्ने देवताहरुको शक्ति जाँच गर्ने र शक्ति नभएका देवताको भँराणको सम्पति खोसेर लाने गर्दथे । यसैक्रममा समैजी देवताको शक्ति परिक्षण गर्न र सम्पति लान आउदैछन् भन्ने सूनेर समैजीको ७ किलो सून माटामुनि खाता हालेर लुकाएको र नागी मल्ल आउदा समैजीसँग विवाद भएर समैजी अजयमेहरकोट छोडेर तल गाढको क्षेत्रमा गएर बसे त्यहाँ नागी मल्लले तल गएर बसेका कारण रिसले समैजीका् थानमा आगो हालेर जलाएछन् । विषु सक्रान्तीका दिन नागी मल्लले समैजीको थानमारहेको दुध हाल्ने शिलामा विष हालेका हुन भन्ने किवदन्ती पनि छ ।
  • अत्रि गोत्रका ओझा ब्राह्मणका अनुसार ः

समैजीका सम्बन्धमा समैजीका पूजारी खान्दानका जोरायल सरस्वतीनगर गाविस २ ओझगाउँ हाल अत्तरियामा बसोबास गर्ने वर्ष ७३ का श्रीधर ओझाका अनुसार ओझाहरुका कुलदेवता समैजी, गणपति, भूमे, कफलकट्टी (सिद्धवावा), हुन् । ओझाहरु दक्षिणभारत गुजरातको द्वारकामठबाट कुमाऊँहुँदै डडेल्धुराको जिलोडाबाट वुँडर र जोरायल आएकाहुन् । समैजीका पूजारी मानिने भारद्वाज गोत्रका भट्ट र अत्रि गोत्रका ओझा ब्राह्मण साडु भाइ थिए । यी दुवै साडुभाइ गयाँ तीर्थ गएका थिए । त्यहाँबाट फर्कदा ग्वाँसीसमैजी यी दुवै साडुभाइको झोलामा पालो पालो गर्दै कहिलो एकका झोलामा कहीले अर्काको झोलामा गरेर आएका हुन् । समैजीको मुल स्थान वड्डीमछेलीको पश्चिमको थान हो । त्यहाँ ग्वाँसी र समैजी साथ साथै बसेकाछन् । त्यस स्थानबाट ग्वाँसीसमैजीको शिला उठाउँन सकेनन् । यसपछि ग्वाँसी समैजीको पूजाआजा भट्ट र ओझाले मिलेर गर्ने गरेका हुँन् । मूल तिथि माघशुक्ल पंचमीमा ग्वाँसी र सोही पक्षको दशमीमा समैजी पुजिन्छन् । यी देवता भित्र मसानी, दूर्गा भगवती, सिद्धवावाको पनि धुपवत्ती पूजा हुँने गर्दछ । यी देवता बाह्माला (मालास) बाह्कोला (लेक) भित्र विभिन्न स्थानमा अहिलेपनि पुजिने गर्दछन् । समैजी भनेका शिव हुन् । ग्वाँसी भनेकी पार्वती तथा गौरी हुन् । जहाँ ग्वाँसी त्यहाँ समैजी जहाँ समैजी त्यहाँ ग्वाँसी भएर रहने गर्दछन् । समैजीका धामी, भराँडेहरु वोहरा थरका क्षेत्रीहरु छन् । ग्वाँसी सम्बन्धमा भन्ने गरिन्छ । ग्वारा (गौरी÷पार्वती) र शिवको एकीकृतरुप ग्वाँसी हो । यसलाई समैजी पनि भन्ने गरिन्छ । समैजी देवता र नागी मल्लका सम्बन्धमा रहेको किवदन्ती अनुसार के भनाई छ भने नागी मल्लले सबै देवताको परिक्षण लिने र शक्ति नभएका देवताको सम्पती लुट्न थाले समैजी देवताको पनि परिक्षण लिन काँसाका थालमा पोखल हालेर पिड्काका तल ओखडका दाना राखेर अमयमेहरुकोटको भीरमा नाँच्न लगाए पछि समैजी काँप्दै त्यो धामी नचाउँने स्थानमा बस्दा समैजीको शिक्तले ओखडका दाना पिचीए र तेल निक्ल्यो । बसेको पिड्का त्यही स्थानमा जोडियो अव क्षत्रे तोई के चाहीयो अव कोट मेरो हो । भनेपछि समैजी अजेमेहरुकोट नजिक बसे र नागी मल्ल त्यस स्थानबाट अन्यत्र भागेका हुन । चड्डी वड्ढी धाजा पताका समैजीको माटोमा बस्नेहरु समैजीलाई चढाउँने गर्दछन् । आज अजयमेहरुको समैजी त्यहाँका भारद्वाज गोत्रका विष्टहरु मान्ने गर्दछन् ।

  • ग्वाँसी समैजी देवता चार पटक पूज्ने गरिन्छ ।
  • कार्तिक शुक्ल दशमी,
  • माघ शुक्ल दशमी,
  • वैशाख शुक्ल दशमी र
  • असोज शुक्ल दशमी यी चार तीथिमा ग्वाँसी समैजी पुज्ने गरिन्छ ।

मस्से, मौरी,चाप र ढूड्डयानी गरी चार स्थानको समैजीको भँराड आएर बड्डीमछेलीमा ग्वाँसी समैजी पूजिन्छन् । मस्सेमा समैजीका धामी भराँडे खत्रीहरुछन् । मौरी र चाँपमा वोहराहरु धामी र भराँडे छन् भने ढूड्डयानीमा साउनहरु धामी भराँडेछन् । यी स्थानका पूजारी ओझा थरका ब्राह्मण छन भने भलादमीको टिका मस्सेका शाहीलाई लगाईन्छ । समैजीका पूजारी मानिने ओझाहरुबाट डोटी रैका शाहीहरुका कुलदेवता तेडी निमाउने पूज्न समैजीले दिदैन् । त्यसकारण गड्सेराबाट तेडी निमाउने पूज्ने कश्यप गोत्रका जोशीहरु जान्छन् ।

  • समैजीको ठाउँ अनुसार धेरै नामहरुले समैजीलाई सम्बोधन गर्ने गरिन्छ ।
  • मछेलीमा ग्वाँसी समैजी,
  • गोलादेउ समैजी,
  • खाईगाड समैजी(सदाफल खाने),
  • कोलाको समैजी,
  • दोको समैजी,
  • कोट समैजी अजयमेहरु,
  • जिउलाड पखानसमैजी (डडेल्धुरा),
  • भेटासमैजी(जोरायल),
  • जमनचौकाको समैजी(घाङल) .... आदि ।

समैजीका धामी र भराँडे मुख्यरुपमा वोहरा जातिमा हुन्छन् । ग्वाँसी समैजीका धामी र भँराडे ढुङ्गेनीका साउदहरु पनि छन् । त्यस्तै छेडाल जातिका क्षेत्रीहरु पनि समैजीका धामी भँराडेछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थलगत अध्यन अनुसन्धान जनविश्वास, मान्यता र वास्तविकता