नवदुर्गा जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवदुर्गा जात्रा ललितपुर जिल्लाको थेचो र सुनाकोठी क्षेत्रमा प्रत्येक १२ वर्षमा मनाइने चाड हो। जात्राको क्रममा पाटन दरबार को मूलचोकमा देवताको मुखौटा लगाएका नर्तकहरूले अनुष्ठान नृत्य गर्छन्। [१]

दशैंको सातौं दिन (फुलपाती) सुनकोठीको बालकुमारी मन्दिरमा जात्रा आरम्भ गर्न तान्त्रिक अनुष्ठान गरिन्छ । मध्यरातसम्म पूजा गरेर पशु बलि दिइन्छ। [२] यो जात्रामा २८ वटा पर्वहरू हुन्छ र वर्षभरि नै मनाइन्छ। देह भाव भनिने मुख्य पर्व जात्राको मुख्य आकर्षण हो। त्यसबेला भैरवको पहिरन लगाएका भक्तजनले खाना खुवाउँछन्। ११ प्रकारका देवी-देवताको पहिरन लगाएर नर्तकहरूले सात प्रकारका नृत्य अनुष्ठान गर्छन्। नृत्य अवधिमा विवाह, मृत्यु संस्कार र ब्रतबन्धका भोज निषेध गरिएको हुन्छ। लिच्छवि कालमा नृत्य प्रथा थपिएको थियो । [१]

जात्राको व्यवस्थापन नवदुर्गा गुठीले गर्छ । ठेचो र सुनाकोठीका सबै घरपरिवार जात्रामा सहभागी हुन्छन् । [१]

भक्तपुरमा पनि यही नामको पर्व मनाइन्छ । भक्तपुरका विभिन्न स्थानमा १३ वटा नर्तकहरूले मुखौटा लगाएर नवदुर्गा नृत्य प्रस्तुत गर्छन् । यी देवताहरू भैरव, महाकाली, बाराही, ब्रह्मयानी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेत भैरव र नन्दी-भृंगी हुन्। यो जात्रा राजा भुवन मल्लले भोकमरीबाट बच्न र समृद्धि बढाउन सुरु गरेका हुन् । [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "The great lengths Thecho residents go to make 12-year Navadurga Jatra grand", अन्तिम पहुँच २०२३-०७-१७ 
  2. "Nawa Durga Bhawani jatra begins at Thecho", २०२३-०७-१७, अन्तिम पहुँच २०२३-०७-१७ 
  3. "Bhaktapur’s Navadurga Naach: How a life cycle ends to be reborn after 2 months - OnlineKhabar English News", २०२१-०७-०६, अन्तिम पहुँच २०२३-०७-१७