सामग्रीमा जानुहोस्

नागेश्वरप्रसाद सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नागेश्वर प्रसाद सिंहबाट अनुप्रेषित)

नागेश्वरप्रसाद सिंह (वि.सं. १९८३ - २०६७)[] नेपाली राजनीतिज्ञ तथा नेपाल सरकारका मन्त्री थिए।[][] उनको जन्म सप्तरीको तत्कालीन कोइलाडी गाउँमा भएको थियो।[]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

उनी वि.सं. २०१५ सालको आम निर्वाचनमा सप्तरी मध्य निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।[] उनी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए।[] उनी तुल्सी गिरीको मन्त्रीमण्डलमा १ पटक सहायक मन्त्री र २ पटक मन्त्री पद सम्हालेका थिए। पहिलोपटक सिंह २०१७ पुस १३मा गठित डा. गिरीको मन्त्रीमण्डलमा अर्थ सहायक मन्त्री बने। २०१९ असार १८मा बनेको गिरीको मन्त्रीमण्डलमा स्वास्थ्य, बिजुली र नहर मन्त्री रहे। २०२० चैत २७मा तेस्रोपटक गिरी मन्त्रीमण्डलमा निर्माण, सञ्चार तथा यातायात मन्त्री थिए। पूर्व-पश्चिम राजमार्ग बनाउने योजनाले तराई नभेट्टाएको भन्दै राजा महेन्द्रसँग विमति राखेर राजीनामा दिएका थिए।

निधन र परिवार

[सम्पादन गर्नुहोस्]

उनको निधन २०६७ साउन २ गते सोमबार दिउँसो राजविराज ४ स्थित उनकै निवासमा भयो। उनी ८५ वर्षका थिए। डा. सिंहका दुई छोरा छन्। जेठा गोविन्द सिंह राजनीतिमा आवद्ध छन् भने कान्छा डा. शंकर सिंह चिकित्सक हुन्।

राजनीति सँगसँगै सिंह सामाजिक संघसंस्थामा समेत निकै नै सक्रिय थिए। उनी नेपाल रेडक्रस सोसाईटीका संस्थापक समेत थिए। उनी नेपाल मेडिकल एशोसिएशन तथा क्षयरोग निवारण संस्थाका पनि संस्थापक हुन्। लाईन्स क्लब सप्तरीका संस्थापकसमेत रहेका डा. सिंह लाईन्स क्लबका डिस्ट्रीक गभर्नर ३२५ थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. पोखरेल, मनोहर कुमार, "‘नागोबाबु’को सम्झना", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२२ 
  2. झा, अवधेश कुमार, "मन्त्रीमय सप्तरी", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२२ 
  3. सेन ओली, सूर्यबहादुर, "०४५ सालको नाकाबन्दीमा मधेसमा के–के भयो ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२२ 
  4. बस्नेत बसन्त, अवधेश कुमार झा, "नेता जन्माउने सप्तरी किन पछाडि ?", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२२ 
  5. "प्रतिनिधि सभाका निर्वाचित उम्मेदवारको नामावली", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-११-२४ 
  6. यादव, मिथिलेश, "प्रजातान्त्रिक आन्दोलनका अथक सिपाही", नागरिक न्युज अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२२