निधि राजदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निधि राजदान
Nidhi Razdan
४ मार्च २०१६ मा एउटा कार्यक्रममा
जन्म (1978-04-11) ११ अप्रिल १९७८ (उमेर ४५)[१]
नयाँ दिल्ली, भारत
पेशापत्रकार, एनडीटिभी
जीवनसाथीनीलेश मिश्रा
(विवाह २००५; सम्बन्ध-विच्छेद २००७)
मातापितामहाराज कृष्ण राजदान, प्रमुख सम्पादक, पीटीआइ

निधि राजदान एक भारतीय पत्रकार र टेलिभिजन व्यक्तित्व हुन । उनी एनडीटिभी २४*७ को शो लेफ्ट, राईट र सेन्टरको प्राथमिक एङ्कर हुन्। यो कार्यक्रम साधारणतया हरेक दिन बेलुकी नयाँ दिल्ली को एउटा स्टूडियोबाट प्रत्यक्ष प्रसारित हुने गर्दछ जो कि समाचारहरु र त्यहिँ जोडिएको बहसको चर्चा गर्दछन्। १९९९बाट आफ्नो करियरको शुरुवात गरेकी निधि राजदान आफ्नो करियरमा अनेकौँ समाचार कार्यक्रमहरूको कभर गरेकी छन्, अनेकौँ श्रङ्खलाहरूको मेजबानी गरेकी छन्, र अनेकौँ पटक समाचार दृश्यबाट प्रत्यक्ष रिपोर्टिङ्ग गरेकी छन्। एनडीटिभी २४x७ एउटा अङ्ग्रेजी भाषाको टेलिभिजन नेटवर्क हो जो भारतमा समाचार र वर्तमान मामलाहरूलाई साथै आउँदछन्, जो की नयाँ दिल्ली टेलिभिजन लिमिटेडको स्वामित्वमा छन्।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

निधि राजदान, महाराज कृष्ण राजदानको छोरी हुन्, जो कि समाचार एजेन्सीको भूतपुर्व मुख्य सम्पादक(प्रेस ट्रस्ट अफ इन्डिया)[३] हुन्। वहाँ बडगाम, कश्मीरबाट हुनुहुन्छ।[४] उनले एपीजे स्कूल, शेख साराई, नयाँ दिल्लीबाट पढाई गरेकी छन्। उनले लेडी श्रीराम कलेज फोर विमेन[५] बाट स्नातकको उपाधि प्राप्त गरी पछि भारतीय सञ्चार संस्थान, दिल्ली[६] (१९९८-१९९९) मा रेडियो र टिभी पत्रकारितामा स्नातकोत्तर डिप्लोमा गरिन। २००५ मा निधि राजदान ले नीलेश मिश्रासँग विवाह गरिन।[७] २००७ मा नीलेश मिश्रासँग उनको सम्बन्ध-विच्छेद भयो।

करियर[सम्पादन गर्नुहोस्]

राजदान एनडीटिभीमा १९९९ मा शामिल भईन र त्यहिँबाट वहाँ एक समाचार पत्रकार भईन ।[८] उनले एनडीटिभीको निम्नलिखित कार्यक्रमहरूको मेजबानी गर्छिन-

  1. एनडीटिभी प्राइम टिभी न्यूज[८]
  2. लेफ्ट, राईट, एण्ड सेन्टर[८]
  3. इन्डिया देसिडे @९ (टक शो)[८]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. २०११ मा टीचर्स एसोसिएशन पुरस्कार(टीएए)[९]
  2. रामनाथ गोएङ्का पुरस्कार
  3. पत्रकारितामा उत्कृष्टताका लागि जम्मू र कश्मीर राज्य सरकारद्वारा पुरस्कार[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जन्मदिन" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-०४ 
  2. Rohit Manchanda (25 November 2011). "TV journalist Nidhi Razdan speaks about her life and success". The Weekend Leader. Retrieved 19 August 2013.
  3. http://www.societymag.co.in/article/features/saluting-the-kashmiri-spirit/994[dead link]
  4. Left, Right and Centre: 'Nitish Kumar Should Head The Congress': Ramachandra Guha. NDTV. 12 July 2017. 18 minutes in. Retrieved 17 July 2017.
  5. LSR Journalism Prospectus 2012, see page "Some of Our Alumni"
  6. Post-Graduate Diploma Course in Radio & TV Journalism, Indian Institute of Mass Communication. Jump up ^
  7. "Actual romance blooms in small towns: Neelesh Misra". IndiaGlitz.com. Nov 29, 2005. Retrieved Nov 26, 2014.
  8. ८.० ८.१ ८.२ ८.३ "Nidhi Razdan in EMMRC and MERC". EMMRC University of Kashmir. Retrieved 19 August 2013.
  9. "Ronnie Screwvala & Nidhi Razdan among Teacher's Achievement Awards winners; 11th edition of awards were given away at ITC Maurya, New Delhi." Best Media Info 14 February 2012. General OneFile. Gale Document Number: GALE|A308550308
  10. Vijay Kumar (25 January 2010). "J&K Government announces 28 State Awards 2010 for bravery, literature, arts, Journalism, crafts". Scoop News. Archived from the original on 5 August 2014.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]