सामग्रीमा जानुहोस्

निपा भाइरस संक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निपा भाइरस संक्रमण
Nipah virus infection
हेनिपा भाइरस को संरचना
विशिष्टतासंक्रामक रोगहरू
लक्षणहरूयी सब मध्ये कुनै पनि होइन, ज्वरो, रुघाखोकी, टाउको दुखाइ, भ्रमित
जटिलतामस्तिष्क सुनिनु, सीज्योर्स
देखापर्ने समय१ देखि १५ दिनसम्मको जोखिम पश्चात
कारकनिपा भाइरस (प्रत्यक्ष सम्पर्कबाट सर्ने)
पहिचानलक्षण देखिएको खण्डमा, प्रयोगशाला परिक्षण पश्चात पुष्टि हुने गर्दछ
सुरक्षाचमेरो र बिरामी सुँगुरको सम्पर्कमा आउनुबाट बच्नु, कच्चा रक्सी नखाने
उपचारसहायक हेरचाह
बारम्बारता~७०० मानव मामिला (१९९८ देखि मे २०१८) (कुल जोडेर, अनुमानित ५८२ मानव मामिला रहेको अक्टोबर २०१३ सम्म)
मृत्यु~५० देखि ७५% सम्म मृत्युको सम्भावना रहेको

निपा भाइरस को संक्रमण निपा भाइरसको कारण हुने एक भाइरल संक्रमण हो।[]संक्रमणका लक्षण ज्वरो, रुघाखोकी, टाउको दुखाइ, श्वास फेर्न समस्या अनि भ्रमको स्थितिबाट फरक हुने गर्दछ।[]यो एक वा दुई दिनमा कोमामा जाने खराब स्थितिसम्म बनाउन सक्दछ। जटिलताहरुमध्येमा भन्नुपर्दा मस्तिष्कको सुनिनु (फुल्नु) समावेश हुने गर्दछ र संक्रमण पश्चात घात (ह्यामरेज) हुने गर्दछ।


निपा भाइरस संक्रमणका लक्षणहरू सामान्य रुघाखोकीजस्तै हल्काबाट सुरु भएर गम्भीरसम्म हुन सक्छन्। संक्रमणपछि प्रायः ४–१४ दिन (कहिलेकाहीँ ४५ दिनसम्म) मा लक्षण देखिन सक्छ। प्रारम्भिक लक्षणहरू ज्वरो टाउको दुखाइ मांसपेशी दुखाइ थकान वाकवाकी लाग्ने / बान्ता घाँटी दुख्ने गम्भीर लक्षणहरू खोकी र सास फेर्न गाह्रो हुनु छाती दुख्ने चक्कर लाग्ने झन्झट, भ्रम (confusion) बेहोस हुने दिमाग सुन्निने (Encephalitis) दौरा (seizure) अति गम्भीर अवस्थामा कोमा मृत्यु समेत हुन सक्छ

निपा भाइरस निकै घातक हुन सक्छ, मृत्यु दर उच्च (करिब 40–75%) रिपोर्ट गरिएको छ।

कहिले तुरुन्त अस्पताल जाने? उच्च ज्वरोसँगै मानसिक अवस्था बिग्रनु सास फेर्न गाह्रो हुनु बेहोस हुने वा दौरा पर्नु

केरलमा यसको प्रकोप

[सम्पादन गर्नुहोस्]

लोकप्रिय संस्कृति

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. "WHO Nipah Virus (NiV) Infection", www.who.int, मूलबाट १८ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१८
  2. "Signs and Symptoms Nipah Virus (NiV)", CDC (en-usमा), अन्तिम पहुँच २४ मे २०१८

बाह्य कडीहरु

[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]