नेपाली शब्दसागर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली शब्दसागर कोशकार वसन्तकुमार शर्म्मा 'नेपाल' ले तयार पार्नुभएको नेपाली शब्दकोश हो । काठमाडौंको चाबहिलस्थित भाभा पुस्तक भण्डारले बजारमा ल्याएको यो शब्दकोश हालसम्मकै सबभन्दा ठूलो शब्दकोश हो । यसमा नामवाचक (पुरुष, स्त्री, नपुंसक) ९५ हजार शब्द, विशेषण शब्द २६ हजार, क्रिया शब्द १४ हजार, क्रियायोगी तथा क्रियाविशेषण शब्द ५ हजार, भाववाचक शब्द ४ हजार, अनुकरणात्मक शब्द ४ हजार, अव्यय शब्द ३ हजार, वाक्पद्धति ५ सयका साथमा संयोजक, सर्वनाम, विस्मयबोधक, निपात, उपर्सग, प्रत्यय, परसर्ग, पूर्वसर्ग आदि समावेश छन् । यसको कम्प्याक्ट डिस्क (सिडी) पनि निर्माण भएको छ।

बाह्य सूत्र[सम्पादन गर्ने]