नेपाल प्रेस युनियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल प्रेस युनियन नेपालका प्रजातन्त्रवादी पत्रकारहरूको साझा सङ्गठन हो ।

इतिहास‍[सम्पादन गर्नुहोस्]

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।

स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो सङ्गठन यतिखेर व्यवसायिक तथा पेशागत रूपमा स्थापित हुँदै आएको छ । यसको उत्पत्ती नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरूको संरक्षणको केन्द्र हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरूको हकहित संरक्षण ट्रेड युनियनवाद भित्र अन्तरनिहीत छ । नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

युनियनको स्थापनाकालमा जम्मा १७ जना सदस्यहरु थिए । जसमा जयप्रकाश प्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरूमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए ।

त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । उक्त कार्य समितिमा उपाध्यक्ष राजेश्वर नेपाली, महासचिव भरत भुर्तेल, सचिव हरि लम्साल, कोषाध्यक्ष कुलचन्द्र वाग्ले, सदस्यहरूमा कन्यैयालाल केशरी, हर्ष सुब्बा, झपेन्द्र गैरे, माधव घिमिरे, माधव नेपाल, कृष्ण धारावासी र बिष्णुप्रसाद भुषाल निर्वाचित भएका थिए । तेस्रो महाधिवेशन पर्सा जिल्लाको वीरगञ्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भइ तारा बराललाई अध्यक्षमा चुनेको थियो । जुन कार्य समितिको उपाध्यक्षमा हरि लम्साल, महासचिवमा कुलचन्द्र वाग्ले, सचिवमा बेद प्रसाद खरेल, कोषाध्यक्षमा गेजा शर्मा वाग्ले, सदस्यहरूमा झपेन्द्र गैरे, मुरारी कुमार शर्मा, मनोज शाह, हिकमान विरही, शिवप्रसाद भट्टराई, गगांधर पराजुली, राजेन्द्रसिंह राठौर, बसन्त प्रकाश उपाध्याय र शंकर खरेल रहेका थिए ।

नेपाल पे्रस युनियनको चौथो महाधिवेशन दाङ जिल्लाको घोराहीमा २०५५ साल माघ २४ र २५ गते भएको थियो । उक्त महाधिवेशनमा निर्वाचन प्रक्रियाका क्रममा केही विवाद खडा भएपछि त्यसले उग्र रुप लिइ निर्वाचन स्थगन गरिएको थियो । पछि उक्त निर्वाचन २०५६ साल साउन ७ गते सुनसरीको इटहरीमा सम्पन्न भई कुलचन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भएका थिए । सो कार्यसमितिको उपाध्यक्षमा मुरारीकुमार शर्मा, महासचिवमा तरुण पौडेल, सचिवमा झपेन्द्र गैरे कोषाध्यक्ष सूर्य नेपाल निर्वाचित भएका थिए । साथै सो कार्यसमितिमा विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा सञ्जय सन्तोषी राई, मध्यमाञ्चलमा रविकिरण कोइराला, पश्चिमाञ्चलमा हेमराज बराल र मध्यपश्चिममा राजेन्द्र सिंह राठौरलाई समन्वयका लागि संयोजकको जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी युनियनको पाँचौं महाधिवेशन सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न भइ मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदार सुवेदी, उपाध्यक्षहरूमा मनमोहन स्वाँर, गोविन्द कोइराला, गङ्गाधर पराजुली, बेनीबहादुर कार्की र यम बराल, महासचिवमा समिरजङ्ग शाह, कोषाध्यक्षमा दामोदर प्रसाद दवाडी, सचिवमा चिन्तामणि दाहाल र सदस्यहरूमा सङ्केत कोइराला, रश्मी उपाध्याय, केशव सिग्देल, अनिल कुमार कर्ण, विजयसन्तोषी राई, राधा चालिसे, भारती उपाध्याय, किरण पोखरेल, जुनारबाबु बस्नेत, शितल कोइराला, उद्धब हमाल र सन्ध्या रेग्मी रहेका थिए ।

युनियनको छैठौं महाधिवेशन कास्कीको पोखरामा २०६४ साल भदौ २८ र २९ गते सम्पन्न भयो र त्यस अधिबेशनले समिरजङ्ग शाहलाई अध्यक्षमा निर्वाचित गरेकोथिए । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दामोदरप्रसाद दवाडी, उपाध्यक्षहरूमा राधा चालिसे, भिष्मराज ओझा, युवराज श्रेष्ठ, सतिष चापागाईं, महेन्द्र श्रेष्ठ, नवराज लम्साल र शेखर रेग्मी, महासचिवमा विन्दुकान्त घिमिरे, सचिवमा शिव लम्साल, कोषाध्यक्षमा जुनारबाबु बस्नेत र सदस्यहरूमा सन्तोष न्यौपाने, प्रदीप चापागाईं, उत्तम हमाल, दामोदर भण्डारी, सन्तोष सुवेदी, अनिता विन्दु, शान्ता पौडेल, राजेश झा, हिरालाल विश्वकर्मा, मोहन वान्तवा, होम लम्साल, प्रकाशचन्द्र परियार, अजय बम, दीपेन्द्र चौहान, श्रीमति विष्णु शर्मा र लोकराज ढकाल रहेका थिए । यही कार्यकालमा सम्पन्न नेपाली कांग्रेस पार्टीको १२ औँ महाधिवेशनदेखि युनियनलाई शुभेच्छुक संस्थाको नाताले ५ जना महाधिबेशन प्रतिनिधिको अधिकार प्रदान गरिएको थियो ।

त्यसैगरी युनियनको सातौँ महाधिवेशन २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो र सो महाधिबेशनले निर्बिरोधरूपमा किरण पोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन ग¥यो । सो समितिमा बरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, प्रथम उपाध्यक्ष गङ्गाधर पराजुली, द्धित्तिय उपाध्यक्ष हेमन्त काफ्ले, महिला उपाध्यक्ष अनिता बिन्दु, महासचिव शिव लम्साल, उपमहासचिवद्धय बिजय संतोषी राई र बाला अधिकारी, सचिवद्धय सन्तोष न्यौपाने र भुवन भट्ट, कोषाध्यक्ष ईश्वरी ओझा, संयोजकहरु भिष्मराज ओझा, युवराज श्रेष्ठ, रमेश पौडेल, होम लम्साल, दीपक आचार्य, शेखर रेग्मी, सदस्यहरु अजय बम, बिमल ज्ञवाली, चन्द्रशेखर अधिकारी, पवन आचार्य, भूमि चापागाई, सुमन मिश्र, देबेन्द्र बर्मा, अजयबाबु शिवाकोटी, जनार्दन घिमिरे, मान बहादुर न्यौपाने, सलोजा दाहाल, सीता अधिकारी, रञ्जना पौडेल, जय प्रकाश गुप्ता, अनिल तिवारी, के.बी.राना, उमा थापामगर, प्रेम चुनारा, टेक बहादुर सार्की, सरोज अधिकारी, इकवाल अहमद, टि. एन. जोशी, र अञ्चल संयोजकहरु सुरेश जोशी, मुकुन्द भण्डारी, कटक शाही, कलेन्द्र सेजवाल, सुदिप गौतम, रामराज पोखरेल, दिपक गौतम, मिलन दनाई, लिलाराज खनाल, शिव देवकोटा, राममणी दाहाल, श्रीनारायण शाह, भत्तिविलास पोखरेल, लिलाबल्लभ घिमिरे, र कृष्ण हुमागाई रहेका छन् ।

सीमित पत्रकारहरु सदस्य भइ प्रारम्भ भएको युनियनको इतिहास जतिसुकै पीडादायी भए पनि आज गर्व गर्न लायक भइसकेको छ । विगतमा अनेकौँ उतारचढावहरु भोग्दै वर्तमान समयसम्म आइपुगेको युनियनमा सातौँ महाधिवेशन इटहरीसम्म आइपुग्दा झण्डै ७ हजार पत्रकार सदस्य यस संस्थासँग आबद्ध भइसकेका छन् । हाल काठमाण्डौको नयाँ बानेश्वर थापागाउँमा केन्द्रीय कार्यालय रहेको युनियनका मुलुकभर मुस्ताङ र हुम्ला जिल्ला बाहेक सम्पूर्ण जिल्लामा जिल्ला शाखाहरु र कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी ७५ शाखा तथा उपशाखा रहेका छन् । यसबाहेक युनियनका हालसम्म ५ वटा प्रतिष्ठान शाखा र भारतमा अन्तर्राष्ट्रिय शाखा समेत रहेको छ । झण्डै ७ हजार साधारण सदस्य रहेको युनियनमा सातौँ महाधिवेशन इटहरीमा १७६४ केन्द्रीय पार्षदहरु रहेका थिए ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

विशेषगरी प्रजातन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तीका लागि सङ्घर्ष गर्दैआएको छ । पत्रकारिता व्यवसाय प्रजातन्त्रमामात्र फस्टाउने सास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र प्रजातन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवीहरु पत्रकारहरु आबद्ध रहने कुरा युनियनको विधानमा उल्लेख छ । युनियनको आदर्श, मूल्य, मान्यता र उद्देश्यलाई सिरोधार्य गर्नेहरु नै यसको सदस्य रहने प्रावधान राखिएको छ । युनियन मात्रै यस्तो एउटा श्रमजीवी पत्रकारहरूको संस्था हो जसले श्रम विभागबाट मान्यता पाएको छ । स्थापनाकालदेखि युनियनको विधान २०४८ स्थापना गरी उद्देश्यहरु निर्धारण गरिएका छन् ।

नेपालका सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूको हक, हित र सम्मानको रक्षा गरी उनीहरूको सर्वाङ्गीण विकासमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै, श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षालाई सुनिश्चित गर्न आमप्रजातन्त्रवादी पत्रकारहरूलाई एकताबद्ध र संगठित गर्दै उनीहरूको ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले प्रेस स्वतन्त्रताका आधारभूत मूल्य, मान्यतालाई अक्षुण राख्दै विश्व पत्रकारितामा आएका नयाँ आयाम र तौरतरिकामा वैचारिक ऐक्यबद्धताका साथ स्वायत्त र सशक्त प्रजातान्त्रिक संस्थाको रूपमा विकसित गर्ने युनियनको उद्देश्य रहेको छ । उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशि हुदैं स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालना गर्ने, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल रहनु युनियनको उद्देश्य हो । त्यस्तै श्रमजीवी पत्रकारहरूको उचित श्रम, अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने तथा राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति सक्रिय रहने युनियनको उद्देश्य रहेको छ ।

सङ्गठनात्मक ढाँचा[सम्पादन गर्नुहोस्]

नेपाल प्रेस युनियनको विधान २०४८ बमोजिम युनियनको सङ्गठनात्मक ढाँचा तोकिएको छ । कार्याधिकारका दृष्टिमा युनियनको साधारण सभा सबैभन्दा माथिल्लो र बढी शक्तिशाली निकाय हो । त्यसैको मुनि रहेर केन्द्रिय समितिले आफ्नो कार्य गर्ने गर्दछ । यसै क्रम अनुसार केन्द्रिय समितिको मुनि रहेर क्षेत्रिय समिति, जिल्ला समिति, उपसमिति र प्रतिष्ठानहरूले आफ्नो कार्य गर्दछन् । शक्तिको बाँडफाँड पनि सोही अनुसार निर्धारण गरिएको छ ।

त्यसैगरी कार्य समितिको संरचना हेर्ने हो भने स्थापना कालको शुरुमा केन्द्रिय समितिमा ९ जना संस्थापक सदस्य रहेका थिए । शुरुको तदर्थ समितिमा संयोजक बाहेकका अरु सबै जना सदस्यहरु रहेका थिए । नेपाल प्रेस युनियनको विधान २०४८ लाई पहिलो विधान अधिवेशन २०५२ बिराटनगरले संशोधन गरी अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूको कार्यविभाजन गरेको थियो । त्यसैगरी सदस्यता शुल्क, पार्षद बन्नका लागि योग्यता लगायतका विषयमा पनि पहिलो विधान अधिवेशन २०५२ बिराटनगरले व्यवस्था गरेको थियो । त्यसैगरी नेपाल प्रेस युनियनको विधान २०४८ दोस्रो संशोधन २०६० ले पदाधिकारी तथा सदस्यहरु, पार्षदको योग्यता, शुल्क आदिका बारेमा थप व्यवस्था गरी परिमार्जन गरेको थियो । संशोधित यस विधानले सदस्यता शुल्क रु. २५० लाग्ने, साधारण सदस्यता प्रत्येक तीन वर्षमा नविकरण गराउनुपर्ने प्रावधान राखेको थियो र नविकरणका लागि भने रु.१२५ को व्यवस्था गरिएको थियो । यही संशोधित विधानबाट युनियनको कार्यकाल दुई वर्ष अवधीलाई बढाएर तीन वर्ष कायम गरिएको थियो ।

त्यसैगरी यसमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, पूर्वाञ्चल उपाध्यक्ष, मध्यमाञ्चल उपाध्यक्ष, पश्चिमाञ्चल उपाध्यक्ष, मध्यपश्चिमाञ्चल उपाध्यक्ष, सुदूरपश्चिमाञ्चल उपाध्यक्ष र काठमाडौँ उपत्यका उपाध्यक्ष ६ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष गरी ११ जना पदाधिकारी र सदस्यहरूको व्यवस्था गरेको थियो । यस अघिको क्षेत्रिय संयोजकको पदलाई खारेज गरी उपाध्यक्षको व्यवस्था गरेको थियो साथै क्षेत्रिय उपाध्यक्षहरूलाई सम्बन्धित क्षेत्रका मतदाताले मात्र मतदान गर्ने व्यवस्था गरिएको थियो । शाखा, उपशाखा तथा प्रतिष्ठानको संरचना हेर्दा पनि विधानले निश्चित संरचनाको व्यवस्था गरेको छ । कम्तिमा ११ जना युनियनका सदस्य भएका नेपालका कुनै पनि जिल्ला, प्रतिष्ठान तथा संस्थामा केन्द्रिय समितिको स्वीकृतिमा शाखा गठन गर्न सकिने र निश्चित संख्या बराबर निश्चित समिति रहने प्रावधान राखिको थियो ।

त्यसपछि युनियनको विधान २०४८लाई २०६४ को पोखराको छैठो महाधिवेशनले तेस्रो पटक संशोधन गरी पूर्ण रूपमा समावेशी बनाउदै आरक्षणको समेत प्रावधान गरेको थियो । मुलुकमा गणतन्त्र स्थापनासँगै आएको परिवर्तनलाई आत्मसाथ गर्दै युनियनले पनि आफ्नो विधानमा महिला उपाध्यक्ष, मनोनित सदस्यहरूमा महिला, आदिबासी, जनजाति, मधेशी र दलितको कोटा समेत निर्धारण गरेको थियो । अझ महिलालाई प्रोत्साहन गर्न लागि साधारण सदस्य ३ जना बराबर १ जना महिला पार्षद हुने प्रावधान राखिएको थियो । जबकि पुरुषका हकमा भने ५ जना बराबर १ जना पार्षद हुने प्रावधान छ । यही कार्यकालदेखि युनियनको मातृ पार्टी नेपाली कांग्रेसले पार्टीको महाधिवेशनमा भाग लिने गरी युनियनलाई ५ जना महाधिवेशन प्रतिनिधि प्रदान गरेको हो । नेपाली कांग्रेसले गरेको यो व्यवस्थाले शुभेच्छुक संस्थाका रूपमा रहेको युनियनलाई पार्टीसँग अझ बढी नजिक ल्याईदिएको छ ।

युनियनको विधान २०४८ लाई २०६७ को ईटहरीको सातौँ महाधिवेशनले चौथो पटक संशोधन गरी व्यापक परिवर्तन गरेको थियो । जसको संरचना अनुसार केन्द्रमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्धित्तिय उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव २, कोषाध्यक्ष १, क्षेत्रिय संयोजक ६, अञ्चल संयोजक १४, र बाँकी सदस्यहरु गरी ५३ जना निर्वाचित हुने र ८ जना सदस्य मनोनित गरी ६१ जनाको समिति रहने व्यवस्था गरिएको छ ।

नेपाल प्रेस युनियनले आफ्नो स्थापनाकालदेखि युनियनको सातौँ महाधिवेशनसम्म आइपुग्दा सांगठनिक संरचना सबल बनाउँदै सशक्तिकरणतर्फ उन्मुख देखिन्छ । पोखराको छैठौं महाधिवेशनले युनियनको संरचनामा व्यापक परिवर्तन ल्याई समावेशी कार्यसमितिको व्यवस्था गरेको थियो । इटहरीको सातौँ महाधिवेशनले त्यसलाई पनि व्यापक बनाई ६१ जनाको कार्यसमिति बनाएको छ ।

नेपाल प्रेस युनियनले २०७१ भाद्र २१ र २२ मा सम्पन्न आफ्नो आठौ महाधिवेशनमा नयाँ समिति चयन गरेको छ ।

योगदान[सम्पादन गर्नुहोस्]

लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि युनियन र यसमा आबद्ध सञ्चारकर्मीहरूले ०६२/६३ ताका गरेको आन्दोलन अविष्मरणीय छ । श्रमजीवी पत्रकार ऐन २०५१ निर्माण, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका स्वतन्त्र प्रेस सम्बन्धि हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ र यस अन्तर्गत स्थापना गरिएको सूचना आयोग स्थापनामा नेपाल प्रेस युनियनको भूमिका उल्लेखनीय रह्यो । युनियनले संशोधित श्रमजीवी पत्रकार ऐन र सूचनाको हकसम्बन्धी ऐन पूर्ण रूपमा लागू गर्न आजका मितिसम्म पनि दबाब दिइरहेको छ । लोककल्याणकारी विज्ञापनको रकममा बृद्धि र मोफसलका पत्रपत्रिकालाई दिनुपर्ने थप सुविधाका सन्दर्भमा पनि युनियन लड्दै आएको छ । २०४६ साल पछि सञ्चार क्षेत्रका लागि उर्वर रहेको नेपालको राजनीतिक परिवेशमा युनियनको स्थापना मात्र भएन हजारौं युवाहरूलाई व्यवसायिक सञ्चारकर्मी बनाउने कार्य पनि युनियन मार्फत भएको देखिन्छ । साथै नेपालको सञ्चार क्षेत्रलाई ग्रमिण भेगसम्म पुर्याउने कार्यमा पनि युनियनको योगदान अविष्मरणीय छ ।

युनियनले पाँचौं महाधिवेशन पश्चात मुलुकभर थालेको एक गाविस एक पत्रकारको राष्ट्रिय अभियानले नेपालको सञ्चार क्षेत्रलाई अग्रगमनतर्फ लगेको सर्वविदितै छ । यसबाहेक युनियनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारसम्बन्धी मिसनहरूसँग छलफल राष्ट्रिय भेला, महाधिवेशन र विभिन्न तालिमहरु गरी नेपालको सञ्चारजगतमा योगदान दिएको छ ।

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]

  • पाँचौं महाधिवेशन सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न भइ मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदार सुवेदी, उपाध्यक्षहरूमा  सुदुरपश्चिम मनमोहन स्वाँर, मध्यपश्चिम गोविन्द कोइराला,  बाग्मती विन्दुकान्त घिमिरे , पश्चिम गङ्गाधर पराजुली,   मध्यमाञ्चल बेनीबहादुर  र पूर्वान्चल कार्की र यम प्रधान थिए।,