नेपाल वातावरण पत्रकार समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल वातावरण पत्रकार समुह
नेपाल वातावरण पत्रकार समुह
नेपाल वातावरण पत्रकार समुह भवन
सामान्य विवरण
ठेगानाभनिमण्डल
सहरलालितपुर
राष्ट्रनेपाल
उद्घाटन मितिसन् १९८६[१]
NEFEJ -01

नेपाल वातावरण पत्रकार समूहनेपालमा वातावरणसम्बन्धी जनचेतना जगाउन योगदान दिँदै आएको संस्था हो। यस समुहको स्थापना सन् १९८६ जून ५ मा भएको हो। यस संस्थाले वातावरणसम्बन्धी विभिन्न कार्यक्रमको साथै रेडियो, टेलिभिजनका कार्यक्रमको निर्माण गर्नुका साथै वातावरणसम्बन्धी भित्ते पत्रिका पनि प्रकाशन गर्दै आएको छ। नेवापसले वातावरण र दिगो विकास सम्बन्धी मासिक पत्रिकाको नेपाली अंक हाका-हाकी र अङ्ग्रेजी अंक फेस टु फेस(Face to Face) प्रकाशन गर्दै आएछ को। राजधानीमा चलेको एफएम रेडियो 'रेडियो सगरमाथा' पनि यसै संस्थाले चलाएको हो।[१] ‌‌

इतिहास[सम्पादन गर्नुहोस्]

महत्त्वपुर्ण कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

आँखीझ्याल[सम्पादन गर्नुहोस्]

आँखीझ्याल नेपाल वातावरण पत्रकार समुहद्वारा निर्मित भिडियो पत्रिका हो। विभिन्न टेलिभिजन च्यानलको माध्यमबाट प्रसारण हुने यो भिडियो पत्रिकाले वातावरण, दिगो विकास र आमजनताका सरोकारका विषयहरूलाई उजागर गर्दछ। [२]

किड्स न्यूज नेपाल[सम्पादन गर्नुहोस्]

किड्स न्युज नेपाल ८ देखि १६ वर्ष उमेर समुहका केटाकेटी र नवयुवालाई लक्षित गरिएको अभियान हो। यस अन्तर्गत समसामहिक विषयवस्तुमा आधारित समाचार,म्यागेजिन, नयाँ पुस्ता नामक साप्ताहिक टेलिभिजन र रेडियो कार्यक्रम तथा अनलाईन न्युज पोर्टल (www.nayapusta.org) सञ्चालित छन्। यो केटाकेटी र नवयुवाका लागि समसायिक विषयमा आफ्ना विचार र दृष्टिकोणहरु व्यक्त गर्ने तथा आफ्ना अधिकारमा पहुँच स्थापित गर्ने साझा मञ्च हो ।

नयाँ पुस्ता[सम्पादन गर्नुहोस्]

नयाँ पुस्ता ८ देखि १६ वर्ष उमेर समुहका बालबालिकाहरूलाई लक्षित गरी तयार गरिएको रेडियो र टेलिभिजन कार्यक्रम हो। नेपालका अधिकाशं शिक्षालयहरूमा पाठ्यपुस्तक मात्र पढाइन्छ । सूचना र ज्ञान हाँसिल गर्न यी क्रियाकलापहरु पर्याप्त हुदैनन् । यसका लागि खुल्ला विद्यालय, दूरशिक्षा, सामुदायिक सञ्चार तथा सूचना प्रविधिको सुविधा प्रयोग गरी परम्परागत शैक्षिक प्रतिष्ठानहरूलाई सहयोग र भरथेग गर्नु नयाँपुस्ताको लक्ष्य हो।नयाँ पुस्ताले केटाकेटी र नवयुवालाई ताज घटना, वरिपरिका गतिविधि, विचार र विश्लेषणहरु उनीहरूकै दृष्टिकोण, सहभागिता र उनीहरूले वुझ्ने भाषामा दिन्छ। आठ–नौ वर्षदेखि १५–१६ वर्ष उमेर समूहका वाल-बालिकाका लागि साहित्य, कला, सञ्चारजस्ता क्षेत्रमा नयाँ पुस्ताले आवश्यक सामग्री उत्पादन गर्दछ। नयाँपुस्ता नेपालमा वालबालिकाहरूका लागि आवश्यक सामग्री अत्यन्त न्यून छन, यस नयाँपुस्ता कार्यक्रमले वाल-वालिका र नवयुवालाई भरपर्दो सन्दर्भ सामग्रीको अभाव पुरा गरेको छ। बालबालिका भोलीका कर्णधार हुन्, आफ्नो घर देखि समाज, देश हुदै विश्वलाई सञ्चालन गर्ने व्यक्ति तिनै हुन्। यस्ता भावी कर्णदारहरूलाई सुचनाको पहुँच पुर्याउने प्रयास नयाँ पुस्ता कार्यक्रमले गरेको छ। बाल-बालिका प्रति हाम्रो समाजले समान व्यवहार गर्न नसकेको अवस्थमा बालबालिकाले हार्दिक र निर्धक्क वातावरमा जीवन विकास र सिकाइका चरणहरु पार गर्न पाउनु पर्छ साथै नवयुवाका लागि समानता भनेको आदर र गरिमा हो र उनीहरू यस कुराका लागि हकदार समेत हुन भन्ने सन्देश अभिभावक समक्ष पुर्याउनु पनि नयाँपुस्ता कार्यक्रमको उपलब्धि हो। नयाँ पुस्ता कार्यक्रम राजधानीमा मात्र केन्द्रित नभइ पुर्व मेची देखी पश्चिम महाकाली सम्मका विभिन्न टेलिभिजन र एफ एम रेडियोहरूबाट प्रसारण हुने गरेको छ। अहिलेसम्म नयाा पुस्ता १३ वटा टेलिभिजन र ५९ वटा रेडियो तथा अनलाईनमा हेर्न, सुन्न र पढ्न पाइने भएको छ। हाल नयाँपुस्ताले यी विषयहरूलाई उिल्म फेस्टिभलका रूपमा देशका विभिन्न ठाँउमा प्रदर्शन गर्ने तयारी गरेको छ।[३]

नेवापसको प्रकाशन[सम्पादन गर्नुहोस्]

  • वातावरण र पत्रकारिता
  • कोशी टप्पु वन्यजन्तु आरक्षण तथा स्थानिय जनता वीचको अन्तर सम्वन्ध
  • वातवरण र विकास: अन्तसम्वन्ध र अन्तर विरोध
  • पानीका कुराहरू
  • हाम्रो पृथ्वी
  • वन र वातावरण: अन्तरसम्वन्ध र अन्तरनिर्भरता
  • नेपालमा पारदर्शिता र भ्रष्टचार
  • साइटिस: नेपालको प्रतिबद्धता
  • सञ्चार माध्यममा वन्यजन्तु निगरानी
  • कन्चन्जङ्गा संरक्षण र ताप्लेजुङ्गको विकास
  • चुरेको वन विनाश र वातावरणीय समस्या
  • तरकारी खेतीमा रसायनिक मल तथा विषादिको प्रयोग
  • सामुदायिक वन सफलताको कथा
  • आम सञ्चारको आँखामा माओवादी शिविर: केहि विधागत विश्लेषण
  • नेपालमा सामुदायिक रेडियो: इतिवृत्तान्त
  • वातावरण मुद्दा
  • कहिल्यै ननासिने शत्रु नेपालमा पप्सको खतरा
  • आँखीझ्याल:टेलिभिजनमा वातावरण पत्रकारिताको एक झलक
  • दिगो विकास
  • वातावरणीय न्याय: हाका हाकीमा प्रकाशित आलेखहरूको सँगालो
  • Millennium Development Goals
  • Great one –Horned Rhinoceros Trans location annual


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Nepal Forum of Environmental Journalists : Two Decades of Conservation Commitment
  2. टेलिभिजनमा वातावरण पत्रकारिता वर्ष/ मोहन मैनाली/ २०६१
  3. http://blast.com.np/newsdetail-8424-5.html[dead link]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]