पटुका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पटुका स्त्री वा पुरुष दुवैले कम्मरपेटमा टमक्क कसेर बाँध्ने लामो वस्त्र हो । पटुकाको कपडा पाँच मिटर जति लामो हुन्छ । गाउँमा काम गर्ने सबैजसोले पटुका बाँध्छन् । खुकुरी भिर्नेले पटुका बाँध्नैपर्ने हुन्छ । हाम्रा पुर्खाले कम्मरमा पटुका बाँधेर खुकुरी भिर्थे।

स्वास्थ्यका लागि पटुका लाभदायक हुन्छ । पटुका बाँधेर काम गर्दा कम्मर दुख्दैन । आजकल शहरी क्षेत्रका मानिस भने पटुकाको सट्टा कम्मरमा पेटी बाँध्ने गर्छन् । पटुकालाई कम्मरबन्दी पनि भनिन्छ । साना पटुकालाई पटुकी भनिन्छ ।



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]