परशुराम पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परशुराम पौडेल नेपाली शास्त्रीय संगीतकार हुन्। उनी तबलावादक हुन्। काठमाडौंको कपन गा बि समा किसान परिवारमा जन्मिएका पौडेलले तबला बिषयमा बनारस हिन्दू युनिवर्सिटीबाट सन २००७मा स्नातकोत्तर गरेका हुन। तबलाका ज्ञाता स्व.अतुल गौतमबाट बि. स. २०४९ देखी तबला तालिम लिएका पौडेलले नेपाल र भारतमा आफ्नो तबला प्रतिभा मार्फत प्रसिद्दी कमाएका छन। पौडेलले ललितकला कलेजमा तबला बिशयका उपप्रध्यापकका रूपमा कार्यरत उनीले आफ्ना गुरु अतुल गौतमको निधन पश्चात बनारसका प. छोटेलाल मिश्र र प्रविन उद्दबसँग पनि तबलाको तालिम लिए। नेपाली शास्त्रीय संगीतको जगेर्ना उत्थान र विकासका लागि चिन्तन्सिल पौडेल हाल अतुल स्‍मृति संगीत गुरुकुल , कपन संगीत सरोवर तथा आफ्नै संगीत समुह " सम्पदा ( द हेरिटेज ) ब्यान्डमा आबद्द छन। हाल उनि संगीत बिषयमा विद्यावारिधिका बिद्यार्थी पनि हुन /

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]