पलेंटी श्रृंखला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालयले काठमाडौंमा सन् २००५ जनवरीदेखि सांगीतिक कार्यक्रम पलेंटी श्रृंखला आयोजना गर्दै आएको छ । यो कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार सञ्चालन हुन्छ । कार्यक्रममा प्रत्येक महिना फरक-फरक कलाकारलाई प्रस्तुत गरिन्छ । यस कार्यक्रममा मुलुक भित्र र बाहिरका नेपाली आधुनिक गीत-सङ्गीतका अग्रज नेपाली कलाकारलाई श्रोतासामु प्रस्तुत गरिंदै आएको छ । अहिलेसम्म डेजी बराइली, भीम विराग, शान्ति ठटाल, मञ्जुल, कुमार सुब्बा, कर्म योञ्जन, फत्तेमान आदि आइसक्नुभएको छ ।