सामग्रीमा जानुहोस्

शान्ति ठटाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शान्ति ठटाल
जन्मशान्ति ठटाल
१९३८
दार्जिलिङ, भारत
नागरिकताभारतीय
पेशासंगीतकार, गायिका,कलाकर्मी
जीवनसाथीअविवाहित

शान्ति ठटाल प्रसिद्ध गायिका र नेपाली फिल्मकी पहिलो महिला संगीतकार हुन्।[] उनले २०० भन्दा बढी गीतहरूमा संगित दिएकी छिन्।[] उनी सिक्किमको सांस्कृतिक विभागको निर्देशकबाट निवृत्त भएकी हुन्। उनी सिक्किममा बसेर नृत्यनाटिका र गीतिनाटिकाहरूमा व्यस्त हुन्थिन्।[]

जन्म र शिक्षा

[सम्पादन गर्नुहोस्]

उनको जन्म सन् १९३८ मा दार्जिलिङमा मनु सिंह ठटाल र चन्द्रमाया ठटालको कोखबाट भएको हो। उनले शुरुमा शिब प्रशाद सिंह र भानु घोशसँग संगित सिकिन्। []. उनले दार्जिलिङसेन्ट टेरेसा स्कुलमा शिक्षा सुरु गरेर कोलकाताबाट संगितमा स्नातक गरिन्।[]

संगितयात्रा

[सम्पादन गर्नुहोस्]

दार्जिलिङमा भिआइपी मान्छेको सवारी हुँदा सभा-समारोहमा स्वागत गीत गाउने चलन हुन्थ्यो र उनले १८ वर्षको उमेरतिर नै धेरैजसो अवसर पाउँथिन्। स्वागत गीतहरूबाट आफ्नो गायनलाई प्रमाणित गरेपछि उनको दायरा नाटकहरूका पार्श्व गायन हुँदै फराकिलो भएको हो। सन् १९५७ मा कोलकाताको रविन्द्र भारती विश्वविद्यालयको एकेडेमी अफ डान्स, ड्रामा, म्युजिक एन्ड फाइन आर्ट्समा कण्ठ संगीत विषयमा तीन वर्षे प्रशिक्षण लिइन्। सन् १९५६ तिर कोलकाताको हिन्दुस्तान रेकर्ड्समा उनका चारवटा नेपाली गीत रेकर्ड भएको थियो। दार्जिलिङ फर्केर संगित, कला र नाटकको हिमालय कला मन्दिरमा काम गरिन् र अम्बर गुरुङसित संगित पनि सिकिन्।[] उनले केन्द्रीय बिद्यालयमा पनि पढाइन्।

कोलकातामा सिकेर आएपछि उनले दार्जिलिङमा अनौठो अवसर पाइन्, ईश्वरवल्लभले लेखेको ४० मिनेट लामो काव्यसंगीत 'एउटा निलो सूर्यास्त।' उनको संगीत रहेको प्रस्तुतिले सन् १९७५ मा दार्जिलिङ र त्यसको एक वर्षपछि सिक्किममा निकै प्रशंसा बटुल्यो। त्यही 'प्रस्तुति'बाट प्रभावित भई प्रताप सुब्बाले ठटाललाई फिल्मको काम दिएका रहेछन्। प्रताप सुब्बाले 'परालको आगो'पछि 'बाँच्न चाहनेहरू'मा पनि ठटाललाई संगीतको जिम्मा दिएका थिए। []

उनको पहिलो काठमाडौँ आगमन सन् १९६५ मा भएको थियो। तत्कालीन राजा महेन्द्रको जन्मदिनमा गाउन अरूणा लामा, शरण प्रधान र अर्का एकजना आयोजक भन्ने म्युजिसियन गरी चारजना आएका थिए। राजाको निम्तोपत्र लिएर जाने चाहिँ त्योबेलाका लोकप्रिय कलाकार पुष्प नेपाली थिए।[] नेपालभारतका विभिन्न शहरमा उनले कार्यक्रम गरेकी छिन्। नेपालय नामक संस्थाले पलेंटी कार्यक्रममा ३ पटक उनलाई ल्याएको छ।

उनी अवाविहित हुन् र हाल दार्जिलिङ्गमा सेवानिवृत्त जीवन बिताइरहेकी छिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Of Non-Nepalese Born Music Artistes", Gorkha Patra, अन्तिम पहुँच १६ मार्च २०१२  = Archive.today अभिलेखिकरण १ अगस्ट २०१२ मिति
  2. "Shanti Thatal", Fursad.com, अन्तिम पहुँच १६ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०११ मिति
  3. ३.० ३.१ "Shanti Thatal", nepa~laya, अन्तिम पहुँच १६ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २००६ मिति
  4. ४.० ४.१ "Shanti Thatal's Encore At Paleti Series", Fursad.com, अन्तिम पहुँच १६ मार्च २०१२  = Archive.today अभिलेखिकरण ३० जुलाई २०१२ मिति
  5. कागझोडादेखि कालिकास्थान
  6. जोवनको फूल बचाएरै राखेकी छु : शान्ति ठटाल-अनलाइन खबर

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]