पहिलोपोस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पहिलोपोस्ट बिजमान्डु प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्। यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो। यसका संस्थापक सम्पादक उमेश श्रेष्ठ हुन्।[१]

२०८० साउन १ गतेदेखि पहिलोपोस्टको प्रकाशन स्थगन भएको छ। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो।[२]

पछिल्लो समय चर्चामा रहेका बिजमाण्डु र पहिलोपोस्टमा उद्यमी चन्द्र ढकालले अप्रत्यक्ष लगानी गरेको काठमाडौंबाट छापिने दृष्टि साप्ताहिकले दाबी गरेको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]