पाँडे (कुलेटा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँडे (कुलेटा) नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो। यिनीहरू भारद्वाज गोत्रका हुन् ।[१]

भारद्वाज गोत्रका पाण्डेहरू प्यूठान जिल्लाको दम्तीमा पनि बसोबास गर्दै आइरहेका छन । उनिहरू दोलख जिल्लाबाट आएका हुन । अहिले प्यूठानबाट केही दाङ देउखुरी गंगापरस्पुर र केही नेपालगन्ज बसाइ सरी आएका छन भने । रुकुम जिल्लाको साँखमा पनि भारद्वाज गोत्रका पाण्डे हरू बसोबास गर्दै आइरहेका छन ।

हिन्दु धर्मावलम्बीहरूले मनाउने सबै चाडपर्वहरू(दशैं, तिहार, हरीतालिका (तीज), माघेसक्रान्ती, होली, शिवरात्री, चेैते दशैं, साउने सक्रान्ती, जनैपूर्णिमा आदि)भारद्वोज गोत्रका पाण्डेहरूले मनाउदै आइरहेका छन । कुलपूजा (देवाली) प्रत्येक 2 वर्षमा मंसिर महिनाको सप्तमी तिथिमा बोकाको बलि चढाएर मनाउने गर्छन ।

  1. http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1