पाक-पारङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाक-पारङ्ग
एक पाक-पाराङ्ग सामुन्द्री खाना सजाउँदै । ।
पेशा
पेशाको किसिम
पेश व्यवसाय
क्रियाकलाप क्षेत्र
पाक कला, अातिथ्य
विवरण
शैक्षिक आवश्यकता
प्रशिक्षुता
सम्बन्धित कार्य
रापक

पाक-पारङ्ग एक पेशेवर पाक कर्मी र पेशाकर्मी हो जो खाना तयारी को अधिकांश पक्षमा निपुर्ण हुन्छ, अक्सर एक खाना विशेष मा केन्द्रित। "पाक-पारङ्ग" उपाधि पाक र पारङ्त दुइ शब्दको संयुक्त रूप हो । जस्को अर्थ पाक कलामा पारङ्गत वा निपुर्ण भन्ने हुन्छ । पाक-पारङ्गहरू कुनै सीकाइ संस्थाबाट औपचारिक प्रशिक्षण प्राप्त गरेका, साथै अनुभवी पाक-पारङ्ग बाट प्रशिक्षित पनि हुँन्छन। पाक कला लाइ ६४ कला मध्ये एक मानिन्छ र यस कलामा निपुर्ण नै पाक-पारङ्ग कहलाउँछन । सन्तोष शाह एक नेपाली पेशेवर पाक-पारङ्ग हुन ।

उपाधी वा पदहरु[सम्पादन गर्नुहोस्]

पाकशाला र भोजनालयको अाकार, समाविष्ट परिकारको किसीम अनि संचालन जटीलताको अाधारमा पाक-कर्मीका बिभिन्न उपाधी वा पदहरू श्रजना गरिएका हुन्छन । जति ठुलो संस्था र धेरै परीकार भएको भान्सा हुँन्छ त्यती नै धेरै सोपानमा पाक-कर्मीका जिम्मेवारीहरु विभाजन गरिन्छ, जस मध्ये नीम्न मुख्य पदहरू अधिकांस स्तरीय भोजनालयको भान्सामा अाकार अनुसार सबै वा केही पाउँन सकिन्छ ।

पाक -पारङ्ग

मुख्य पाक कर्मी जस्ले भान्साको सम्पुर्ण पाक क्रिया र संचालन प्रकृया माथी नियन्त्रण गर्न सक्दछ । सामान्यतया एक भान्सामा एक कार्यकारी पाकपारङ्ग हुने भएतापनि व्यवसायको अायतन बृहत अनि धेरै खेप पकाउँनुपर्ने भान्सा भएमा पालो दिने अन्य पनि हुँन सक्छन ।

उप पाक -पारङ्ग

विभिन्न पाक विभाग र पाक-पारङ्ग को विचमा रहेर समन्वयी भुमीका निभाउँने र पाक-पारङ्ग को अनुपस्थितीमा रिक्त ठाउँ भर्ने । व्यवसायको अाकार र ग्राहक क्षमता हेरी एक वा धेरै उप पाकपारङ्ग हुने गर्दछन ।

पाक -विभागी

कुनै निश्चित पाक प्रक्रीया वीशेष जस्तै भुटन,तारन,रापन,मासु,तरकारी अादी वा खाना वीशेष जस्तैः सामुन्द्री खाना,रोटी,अन्न,मीष्ठान्न,इटालीयन खाना,नेपाली खाना,चिनिँया खाना अादि मध्ये एक विभागमा जानकार वा निपुर्ण नै पाक विभागी हो, जो जिम्मेवारी पाएको पाक विभागको मुख्य हुन्छ र ठुलो अाकारको भान्सामा उसका माताहात पनि सहयोगी पाककर्मी हुन्छन ।

पाक -प्रवेशी

भर्खर प्रशीक्षण सकेको वा नव प्रवेशी पाककर्मी जो वरिष्ठ पाककर्मीको माताहात र रेखदेखमा काम गर्दछ ।

एक पाककर्मी अाफ्नो पेशागत पोशाकमा ।