पाटन संग्राहलय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:पाटन संग्राहलय.jpg
पाटन संग्राहलय

पाटन संग्राहलय पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय हो। विसं २०१९मा राष्ट्रिय धातुकला सङ्ग्रहालयका रूपमा स्थापित सङ्ग्रहालय हाल पाटन सङ्ग्रहालयका रूपमा छ। उक्त सङ्ग्रहालय २०५४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

यस सङ्ग्रहालयमा झन्डै एक हजार ५०० थान कलात्मक वस्तु छन्। तीमध्ये करिब २०० पुरातात्विक वस्तु स्थायी प्रदर्शनमा राखिएका छन्। मुख्यतः ती वस्तुहरू हिन्दू धर्म र बौद्धधर्मसँग सम्बन्धित देवीदेवताहरू छन्।

सङ्ग्रहालयभित्र आठ ग्यालरी छन्, जसको नामकरण अङ्ग्रेजी अक्षर ए, बी, सी, डी, इ, एफ, जी, एच गरिएको छ।