पारिस्थितिक पद्धति (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरूमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।