सामग्रीमा जानुहोस्

पिङ्क (गायिका)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिङ्क
Pink
सन् २०२४ मा पिङ्क
जन्मएलेसिया बेथ मूर
(1979-09-08) ८ सेप्टेम्बर १९७९ (उमेर ४६)
डोयलेस्टाउन, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
पेशा
  • गायिका
  • गीतकार
कार्यकाल१९९५–वर्तमान
जीवनसाथी
(
वि २००६)
सन्तान
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
लेबल
वेबसाइटpinkspage.com
हस्ताक्षर

एलेसिया बेथ मुर-हार्ट (जन्म ८ सेप्टेम्बर १९७९), जो व्यावसायिक रूपमा पिङ्क (P!NK को रूपमा शैलीकृत) नामले चिनिन्छिन्, एक अमेरिकी गायिका र गीतकार हुन्। उनी आफ्नो एक्रोब्याटिक मञ्च प्रस्तुति र सक्रियताका लागि परिचित छिन्।

१५ वर्षको उमेरमा, पिङ्कले 'च्वाइस' नामक छोटो अवधिको बालिका साङ्गीतिक समूह गठन गरेकी थिइन्, जसले सन् १९९५ मा लाफेस रेकर्ड्ससँग सम्झौता गरेको थियो। यद्यपि, कुनै ठुलो सार्वजनिक प्रस्तुति बिना नै यो समूह विघटन हुन पुगेको थियो।[] उनको पहिलो एकल एल्बम, कान्ट टेक मी होम (सन् २०००), व्यावसायिक रूपमा सफल भएको थियो र अमेरिकाको रेकर्डिङ उद्योग सङ्घद्वारा डबल प्लेटिनम प्रमाणीकरण प्राप्त गरेको थियो। यस एल्बमका गीतहरू "देयर यु गो" र "मोस्ट गर्ल्स" अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष १० मा पर्न सफल भएका थिए। पिङ्कले सन् २००१ मा मुलिन रुज! चलचित्रको साउन्डट्र्याकको लागि "लेडी मार्मलेड" नामक सहकार्यपूर्ण गीतबाट थप चर्चा कमाएकी थिइन्, जसले अमेरिका सहित १३ वटा देशका चार्टहरूमा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो जसले उनलाई पहिलो ग्रामी अवार्ड समेत दिलाएको थियो। उनले आफ्नो दोस्रो एल्बम मिसअन्डरस्टुड (सन् २००१) बाट पप रक विधामा पाइला चालेकी थिइन्, जसका विश्वभर १ करोड ३० लाख भन्दा बढी प्रतिलिपिहरू बिक्री भएका थिए।

पिङ्कको तेस्रो एल्बम ट्राइ दिस (सन् २००३) ले दोस्रो एल्बमको तुलनामा कम बिक्री गरे पनि यसले उनलाई 'उत्कृष्ट महिला रक स्वर'का लागि ग्रामी अवार्ड दिलाएको थियो। उनका चौथो र पाँचौँ स्टुडियो एल्बमहरू, आई एम नट डेड (सन् २००६) र फनहाउस सन् (२००८) ले व्यावसायिक पुनरागमन गरेका थिए र "हु न्यु", "यु + योर ह्यान्ड" र "सो ह्वाट" जस्ता चर्चित गीतहरू दिएका थिए। उनले आफ्नो छैटौँ एल्बम द ट्रुथ अबाउट लभ (सन् २०१२) बाट "रेज योर ग्लास" र "जस्ट गिभ मी अ रिजन" जस्ता अमेरिकाका नम्बर १ गीतहरू दिएकी थिइन्। सन् २०१४ मा उनले डलास ग्रीनसँग मिलेर 'यु+मी' नामक लोक सङ्गीत समूह बनाएकी थिइन्। उनका पछिल्ला एल्बमहरू ब्युटिफुल ट्रमा (सन् २०१७) र हर्ट्स टुबी ह्युमन (सन् २०१९) पनि बिलबोर्ड २०० चार्टको पहिलो स्थानमा पुगेका थिए। उनको नवौँ र पछिल्लो स्टुडियो एल्बम ट्रस्टफल (सन् २०२३) चार्टको दोस्रो स्थानमा पुगेको थियो।

पिङ्कले विश्वभर १३ करोड ५० लाख भन्दा बढी रेकर्डहरू बिक्री गरिसकेकी छिन्,[] जसले उनलाई विश्वको सबैभन्दा धेरै बिक्री हुने साङ्गीतिक कलाकारहरू मध्ये एक बनाएको छ। पिङ्क २१औँ शताब्दीमा बेलायतमा सबैभन्दा बढी सुनिने एकल महिला कलाकार हुन्। बिलबोर्डले उनलाई सन् २००० को दशकको उत्कृष्ट 'पप गायिका' घोषणा गरेको थियो। उनका सम्मानहरूमा तीनवटा ग्रामी अवार्ड, दुईवटा ब्रिट पुरस्कार, एउटा डे-टाइम एमी पुरस्कारर सातवटा एमटीभी भिडियो म्युजिक पुरस्कारहरू समावेश छन्। सन् २०२६ मा, पिङ्कलाई रक एन्ड रोल हल अफ फेमका लागि मनोनयन गरिएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Shocking Pink", The Guardian, नोभेम्बर ८, २००३।
  2. "P!nk to Receive the Legend of Live Award at the 2019 Billboard Live Music Summit", बिलबोर्ड, सेप्टेम्बर १८, २०१९।
  3. Chris William (फेब्रुअरी २५, २०२५), "Rock & Roll Hall of Fame’s 17 Nominees for 2026 Include Shakira, Lauryn Hill, Pink, Jeff Buckley, Phil Collins, New Edition and Wu-Tang Clan", Variety

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]