पिनास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बायाँ तर्फको म्याक्सिलर साइनोसाइटिस
मस्तिष्कको एमआरआईमा पिनास
चित्रमा पिनासको संक्रमण

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो।

नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ।

साइनोसाइटिस भनेको साइनस(:en:Sinus|Sinus) हरूको इन्फ्लामेसन हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूहुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरू चार प्रकारका हुन्छन्। फ्रन्टल साइनस(निधारमा), म्याक्जिलरी साइनस(दुवैतिर गालाको भित्र), इथमोइडल साइनस(आँखाहरूको बीचमा), स्फेनोइडलसाइनस( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरूलाईसमग्रमा पारानेजल साइनसेस पनि भनिन्छ।

पिनासले जाडो मौसममा धेरै दुःख दिन्छ। रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन्

लक्षण[सम्पादन गर्ने]

पिनासका कारण बढदो उमेरका मानिसहरूमा विभिन्न लक्षणहरू देखिन्छन्।

  • बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनुऽ ज्वरो आउनु आदि।
  • वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ।
  • नाक बन्द भइरहने,
  • टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
  • सुँघ्ने शक्तिमा कमि आउने
  • साइनास को क्षेत्रमा पीडा हुने.
  • आधाकपाल दुख्ने/
  • नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने
  • माथिल्ला दाँतहरू दुख्ने ।
  • आँखाको परेला सुन्निने ।
  • नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

सावधानी र उपचार[सम्पादन गर्ने]

  • आराम गर्ने ।
  • चिसोबाट जोगिने, चिसो नपिउने ।
  • प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस आदि) सेवन गर्ने ।
  • बिहान-बेलुका भिक्स वा सन्चो हालेर तातोपानीको बाफ लिने ।
  • चिकित्सकको सल्लाहमा रुघाको औषधि सेवन गर्ने ।

आफ्नो वातावरण सफा राख्ने र पिनास वा एलर्जीको कारकबाट बच्नेको कोशिश गर्नु पर्दछ। त्यति गर्दा पनि २-३ दिनमा कुनै सुधार नआए चिकित्सकसँग परामर्श लिने । उपलब्ध भएसम्म नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

आयुर्वेदिक उपचार[सम्पादन गर्ने]

आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।

पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।

पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ [१]। लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ [२]

पिनासको शल्यक्रिया[सम्पादन गर्ने]

पिनासको शल्यक्रिया :

  • १. एन्ट्रल ल्याभेज : म्याक्सिलरी साइनस (गालाभित्र) संक्रमण भएको अवस्थामा नाकभित्रबाट मोटो बाक्लो सुइले छेडेर उक्त पिनास सफा गर्न सकिन्छ ।
  • २. एफइएसएस शल्यक्रिया : इन्डोस्कोपको प्रयोगद्वारा नाक र पिएनएसको शल्यक्रिया गर्ने विधिलाई एफइएसएस भनिन्छ । यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनु पर्दैन र नाक तथा पिएनएसभित्रका भागहरूलाई स्क्रिनमा हेर्दै शल्यक्रिया गरिन्छ ।
  • ३. टि्रफिनेसन वा फ्रन्टल साइनस : फ्रन्टल साइनस (निधारमा) संक्रमण एन्टिबायोटिक्सबाट सुधार नभए वा त्यसकारण आँखा वरिपरि संक्रमण विकास भए, निधारको हाड छेडेर प्वाल बनाई पिनास सफा गर्न सकिन्छ ।
  • ४. फंगल साइनसाइटिसमा पहिले शल्यक्रिया गरी संक्रमित भागहरू फालिन्छ र औषधि प्रयोग गरिन्छ ।

पिनासबाट हुन सक्ने जटिलता[सम्पादन गर्ने]

नाक र पिएनएसमा सीमित : पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

आँखा वरिपरि : पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ ।

मस्तिष्कमा असर : फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।

पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

कसरी जोगिने ?[सम्पादन गर्ने]

-    प्रशस्त मात्रामा पानी पिउने ।

-    चिसोबाट जागिने ।

-    तातोपानीको बाफ लिने ।

-    धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

-    साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

-    एलर्जीको उपचार गराउने ।

-    नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named newschautari
  2. युवामञ्च

बाहिरी सूत्र[सम्पादन गर्ने]