सामग्रीमा जानुहोस्

पिसाको ढल्किएको स्तम्भ

निर्देशाङ्कहरू: ४३°४३′२३″उ १०°२३′४७.१०″पू / 43.72306°N 10.3964167°E / 43.72306; 10.3964167
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिसाको ढल्केको कीर्तिस्तम्भ
प्राथमिक विवरण
स्थान:इटाली
निर्देशाङ्क४३°४३′२३″उ १०°२३′४७.१०″पू / 43.72306°N 10.3964167°E / 43.72306; 10.3964167
सम्बन्धनरोमन क्याथोलिक
जिल्लाटसकानी
प्रदेशपिसा
देशइटाली
सांस्कृतिक वा संगठनात्मक स्थितिखुला
वेबसाइटwww.opapisa.it
वास्तुकला विवरण
वास्तुकलाबोनानो पिसानो
शिलान्यास११७३
निर्माण सम्पन्न१३७२
विशेष विवरण
उचाइ (अधिकतम)५५.८६ मिटर (१८३.३ फिट)
निर्माण सामग्रीचुनढुङ्गा तथा ढुङ्गा

पिसाको ढल्किएको स्तम्भ (इटालेली:तोर्रे दी पिसा) इटालीको पिसामा अवस्थित तथा विश्वका सात आश्चर्यहरूको सूचीमा पर्न सफल एक स्तम्भ हो। इटलीमा पिसाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो धरहरा लगातार एकातिर ढल्किदै गएको छ। यसको लगातारको झुकावले नै यसलाई विश्वभर प्रसिद्ध बनाएको छ। तर त्यहि कारणले यो स्तम्भ ढल्ने खतरा पनि बढ्दै गएको छ।

पछिल्लो दस वर्षदेखि यस स्तम्भलाई स्थायित्व दिने उद्देश्यले एउटा विशेष परियोजना आयोजना गरिएको छ। यस परियोजनाको अन्तर्गत ढल्किएको स्तम्भलाई सिधा गर्ने हेतुले यसको उत्तरतर्फ रहेको जमीनबाट ७० टन माटो खनियो। जब यो काम पूरा भयो त्यसपछि यो स्तम्भ लगातार सिधा हुँदै गएको देखिन्छ। सात वर्षपछि अब यो टावर ४८ सेन्टिमिटर सीधा भएको छ। इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रूपले स्थिर रहेको छ। वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरूलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो। कामदारहरूले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो। पछि टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो। जसबाट यो थाहा पाइयो को अब यो स्तम्भ ढल्किन रोकिएको छ। यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय वर्षसम्म यो टावर स्थिर नै रहन्छ।

विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसाआउने गर्छन। केहि वर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो। पुन ११ वर्षसम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो। यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० वर्ष लागेको थियो।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]