पुस्तकालय पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्ष्मीप्रसाद देवकोटालगायतले तत्कालीन ४६ जना साहित्यकारहरूले वि.सं.१९८७ मा पुस्तकालय खोल्ने विचारले भीम शमशेर जङ्ग बहादुर राणाको नाममा बिन्ती पत्र लेखेका थिए । तिनै ४६ जनामध्ये रामचन्द्र अधिकारीले पोल लगाएकोले देवकोटालगायत अन्यले प्रतिव्यक्ति १००–१०० रुपैया जरिवाना तिर्नुपरेको थियो । यही घटनालाई नेपालको इतिहासमा पुस्तकालय पर्वको नामले चिनिन्छ । यो घटनापछि नेपाली साहित्यकार तथा जनताहरुसमेत त्रसित भएको थियो । वास्तवमा भाषामाथिको यो प्रतिबन्ध घृणित कार्य थियो ।