पोर्टल:समाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

पोर्टल समाज

प्रमुख लेख


परिचय

प्रभुनारायण गंगादेवी कुल खलक भनेर यहाँ वि. सं. १८२६ सालतिर भादगाउँ (भक्तपुर राज्य)को बनेपादेखि साविक ४००० पर्वत (मलेबम) राज्य, गल्कोट जिल्ला, बलेवा क्षेत्रको तल्लो पुर्वि समथर भु-भाग चौर र हालको बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका वडा नं. १४ नारायणस्थान उपल्लो हटिया मुलथलो बनाइ बसेका मुलपुरुष भिमसेन नेवारको सन्तानहरुलाई चिनिन्छ । त्यतिवेला संपुर्ण नारायणस्थानमा कुनै घर थिएनन । मात्र गाइगोठहरु थिए । औलोको डरले कोहि तल बस्दैनथे । त्यसैले हालको नारायणस्थानका मुलवासी नेवारहरु नै हुन भन्नेमा दुई मत छैन । वि.सं. १८२६ सालतिर राजा किर्तिबम मल्लको पाउमा रु १०१/- चढाई सेवा गरेवापत राजाबाट चौरमा घरघडेरी सहित २० मुरि रैकर माटो भिमसेन नेवारलाई प्राप्त भयो । यसरी भक्तपुर बनेपाका भिमसेन नेवारका सन्तान ४००० पर्वत राज्य, गलकोट जिल्ला, वलेवा क्षेत्रका स्थायी बासिन्दा बन्न पुगे । मल्लकालमा भक्तपुरलाई भादगाउँ भनिन्थ्यो । यसलाई ख्वपदेशका रुपमा पनि चिनिन्थ्यो । मल्लकालमा भादगाउँ झण्डै ३ शताब्दीसम्म काठमाडौं, ललितपुर र भादगाउँको एकछत्र राजधानीका रुपमा रह्यो । पछि राजा ले आफ्ना ३ भाई छोरालाई क्रमशः कान्तिपुर, ललितपुर र भादगाउँ शहर बाँडिदिए । भादगाउँ (भक्तपुर) राज्यको तात्कालिन पुर्वी सिमाना झण्डै ५/६ दिनको हिंडाईसम्मको दुरि रहेको थियो । त्यो भनेको हालको दोलखा जिल्लासम्म । मल्लकालमा तिब्वत र भारतसँग हुने कुल व्यापारको संपुर्ण हिस्सा मल्लराज्यसंग थियो । नुवाकोट हुँदै रसुवागढी र चौतारा, दोलखा हुँदै कुति र केरुङ्सम्म हुने नेपाल, तिब्वत र भारतको संपुर्ण व्यापारको लाभ मल्लराजाले लिएका थिए । नेपाल त्यतिवेला भारतिय र तिब्वतियन व्यापारिका लागि सुक्खा बन्दरगाह सरह थियो ।त्यसैगरी त्यही समयमा पर्वतराज्यको राजधानी वेणिसँग उत्तरमा थाकखोला र ल्हो हुँदै तिब्वत र दक्षिणमा तानसेन पाल्पा, बुटवल हुँदै गोरखपुरसंग अनि सुदुरपश्चिममा जुम्ला राज्यको सिंजा हुँदै तिब्वतको ताक्लाकोटसंग अनि दक्षिणमा भारतको पंजावसंग राम्रो व्यापार थियो । त्यही भएर पुर्वमा नेपाल उपत्यका, पस्चिममा पर्वत राज्य र सुदुरपश्चिममा जुम्ला राज्य बलिया र शक्तिशाली थिए । छिमेकी राज्यहरुको त्यो वैभवता देखेका नरभुपाल शाहले जवसम्म तिब्वतसंग हुने व्यापारिक बाटो आफ्नो कब्जामा हुँदैन तवसम्म आफू कमजोर र शक्तिहीन हुने कुरा बुझे । नरभुपाल शाहले वि. सं. १७९३ मा पहिलो पटक नुवाकोट चढाई गरे तर हार खाए । वि.सं. १७९९ मा पृथ्वीनारायण शाह राजा भएपछी उनले यो अभियानलाई जारी राखे । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जिति तिब्वतसंग रसुवागढी मार्फत हुने व्यापार आफ्नो हात पारे । मल्लराज्य बलियो थियो । जित्न मुस्किल थियो । त्यही भएर उनले नेपाल राज्यलाई वरिपरिबाट घेरी नाकाबन्दी गरि गलाउने नीति लिए । सोही अनुरुप वि.सं. १८१९ मा मकवानपुर र १८२० मा धुलिखेल हात पारे । यसरी नेपाल उपत्यका घेराबन्दीमा पर्यो । वि.सं. १८२५ मा काठमाडौ र ललितपुर अनि १८२६ मंसिर ९ गते भक्तपुर गोर्खाराज्यमा गाभियो । उक्त लडाईमा रणजित मल्लको तर्फबाट रणजित मल्ल र जयप्रकाश मल्लको नेतृत्वमा चौतारिया भागिराम प्रधानांग, युवराज अबधुतसिंह र छथरिय/ क्षेत्रीय उच्च कुलीन परिवारका सदस्यहरु थिए । लडाईमा गोर्खातिर २०००० जनाको फौज थियो भने भक्तपुरसँग मात्र ३०००-८०००० जनाको फौज थियो । यस युद्दमा भक्तपुर राज्यको तर्फबाट २००१ जनाले ज्यान गुमाए भने ५०१ घर जलाइएको थियो । ठिक यतिनै वेलादेखि नेवारहरु नेपाल उपत्यका छाडी अन्यत्र बसाईं सरे । उपत्यका जित्नका लागि पृथ्वीनारायण शाहले सबै तिकडम गरे । १८२० मा धुलिखेल जितेपछी पृथ्वीनारायण शाहले उपत्यकामा नाकाबन्दी कडा पार्न बाहिरबाट कुनै पनि खाद्यान्न भित्र लैजान नदिने नियम बसाए । जसले लुकिछिपी ढुवानी गर्छ उसलाई बाटोमा रुखमा झुण्डाई मारे । त्यसपछी कसैले पनि खाद्यान्न र अन्य वस्तु उपत्यकामा लैजाने सकेन । जनतामा भुखमरी छायो । कतिपय खान नपाई मर्नुको सट्टा थातथलो नै छाडे र अन्यत्र बसाइ सरे । उपत्यका जितिसकेपछी गोर्खाली राजाले जनतालाई नाक , कान काटिदिने, अंगभंग गरिदिने जस्ता अमानविय कार्य गरे । यो ज्यादती सहन नसकेर कतिपय शहर छोडी भागे । पृथ्वीनारायण शाह कृश्चियनहरु देखि धेरै नै वैरभाव राख्थे । नेपाल उपत्यकासंगको लडाइँमा इष्ट इन्डिया कम्पनिका क्याप्टेन किनलकको नेतृत्वमा मल्ल राजालाई सहयोग गरेका थिय । सायद त्यहिभएर पनि हुन सक्छ, पृथ्वीनारायण शाह कृश्चियन प्रती असहिष्णु भएको । तत्कालिन समयमा नेपाल उपत्यकामा नेवारहरु हिन्दु, बौद्ध र कृश्चियन थिए । जसका नाक, कान काटिए, अंगभंग गरिए, तिनिहरु कृश्चियन थिए । ती कृश्चियन नेवारहरु सबै सिक्किम, दार्जलिङ्तिर बसाइ सरिगए । केही नेवारहरु राजपरिवारसंग संबन्धित थिए । खासगरी श्रेष्ठहरु व्यापारी, प्रशासन र अड्डा अदालत हेर्थे । रणजित मल्लले गोर्खा सैनिकसंग आत्मसमर्पण गरिसकेपछी उनिहरु त्यहाँ बस्न उचित ठानेनन र राजाको कोपभाजनमा पर्नुभन्दा अन्यत्र बसाइ सर्नु उत्तम ठाने । प्रभुनारायण गंगादेवी कुलखलकबाट बनेपा भक्तपुरदेखी (तात्कालिन समयमा बनेपा सहर भक्तपुर राज्य अन्तर्गत पर्थ्यो) बसाई सरि बलेवा चौर आउने मुलपुरुष भिमसेन नेवार र उनको परिवार श्रेष्ठनै भएको र उनी भक्तपुरका कुलीन घरानाका सदस्य थिए । प्राप्त वंशावलि अनुसार त्यतिबेला भिमसेन नेवारसंग त्यहा यथेष्ट जग्गाजमीन रहेको थियो । बाह्रविसे, छबिसे, आठबिसे जस्ता खेतियोग्य थुप्रै जमिन उनको अंशमा थियो । रिठेखोला, फुर्सेखोला सिमाना थिए । टोपाअजाहरुको भनाइ अनुसार हाम्रा आदरणीय मुलपुरुष भिमसेन नेवारले गोर्खा राजाले जित्न सक्दैन, जितेछ भने नाक काटिदिन्छु भन्नुभएछ । लडाईमा गोर्खा राजाको जित भयो । नाक काटी बस्नुभन्दा त बरु ठाउँ छाडिजान्छु भनी आफ्नो अंश अरुलाइ कमाउन दिइ त्यहाँ बाट हिड्नुभएछ । हाम्रो पुर्वज भिमसेन नेवारले बनेपा भक्तपुर छाड्नुको अर्को कारण भनेको त्यहाँ खानलाउन दुख भएर हो भन्ने पनि छ । यो कुरा पनि यदाकदा अजा, टोपाअजाहरुले भन्ने गर्नुहुन्थ्यो । त्यसबेला ( जतिवेला भिमसेन नेवारले बनेपा, भक्तपुर छोड्नु भो) पृथ्वीनारायण शाहको उपत्यकालाई गलाउने रणनीति अनुसार लगाइएको नाकाबन्दी यति कडा थियो कि बाहिरबाट केही पनि वस्तु छिर्न दिइदिदैनथियो । जसका कारण जनताले धेरै अभाव र कष्ट सहनुपर्यो । यो नाकाबन्दी १८२० मा धुलिखेल हात पारेपछी झन कडा भयो । भक्तपुर राज्य गोर्खा राज्यमा गाभिएपछी हाम्रो पुर्वज भिमसेन नेवार सपरिवार पर्वत राज्य अन्तर्गत गल्कोट जिल्लाको बलेवाचौर आउनुको कारण के हो त ? भन्ने कुरा महत्वपूर्ण छ । वंशावलिमा भक्तपुर छोड्नुको कारण उल्लेख भए पनि यहाँ आउनुको कारण उल्लेख छैन । घटना र परिस्थितिजन्य संभावित कारणहरु निम्नानुसार हुनसक्छन । १. भिमसेन नेवार मल्लराज्यका उच्च वर्गका कुलीन समुहका थिए । संभवत उनी र उनको परिवार गोर्खासंगको लडाइमा सहभागी थिए । १८२६ मंसिर ९ गते भक्तपुर गोर्खाराज्यमा गाभियो । उक्त लडाईमा रणजित मल्लको तर्फबाट रणजित मल्ल र जयप्रकाश मल्लको नेतृत्वमा चौतारिया भागिराम प्रधानांग, युवराज अबधुतसिंह र छथरिय/ क्षेत्रीय उच्च कुलीन परिवारका सदस्यहरु थिए । लडाईमा गोर्खातिर २०००० जनाको फौज थियो भने भक्तपुरसँग मात्र ३०००-८०००० जनाको फौज थियो । यस युद्दमा भक्तपुर राज्यको तर्फबाट २००१ जनाले ज्यान गुमाए भने ५०१ घर जलाइएको थियो । युद्धमा हार भएसंगै उनलाई त्यहाँ बस्न मन लागेन । २. तात्कालिन समयमा ४००० पर्वत राज्य एकमात्र मल्लराज्य थियो । मल्लराज्यकै भारदार भएकाले संभवत वहाँलाई पर्वत राज्यमै शरण लिन उपयुक्त लाग्यो । यहाँ वहाले आफुलाइ सुरक्षित महशुस गर्नुभयो । वि. सं. १८३८ मा रणजित मल्लका छोरा अबधुतसिंहले पनि पर्वतका राजा किर्तिबम मल्लसंग शरण लिएका थिए । उनलाई बाग्लुङ्को उपल्लाचौरमा बस्नका लागि दिइएको थियो । ३. वि.सं. १८०० तिर भारत र तिब्वतसंगको ब्यापारको एक मुख्य नाका गोरखपुर- बुटवल (कालिगण्डकिको तिर हुँदै)- तानसेन-रिडि-वेणि-थाकखोला-ल्हो-तिब्वत थियो । बलेवा चौर, पर्वतराज्यको राजधानी वेणि शहर देखि ४ कोश दक्षिण, कालिगण्डकिको किनारमा कुश्माचौरको ठिक पश्चिम पर्दछ । समथर भुभागमा फैलिएको चौर कृषि उत्पादनका हिसावले पनि राम्रो रहेको छ । ४. हाम्रा मुलपुरुष भिमसेन श्रेष्ठले आफ्नो थर श्रेष्ठ नलेखेर किन नेवार लेखे भन्ने प्रश्न उब्जन सक्छ । जुन परिवेशमा हाम्रा मुलपुरुषले आफ्नो थातथलो छोडी हिड्नुपर्यो त्यो अवस्थामा आफ्नो सुरक्षा महत्वपूर्ण थियो । श्रेष्ठ भन्नू भन्दा नेवार भनेमा आफ्नो पहिचानलाई लुकाउन सकिने र सुरक्षित हुन सकिने हुँदा नेवार थर लेखेको कुरा बढी विश्वसनीय देखिन्छ । नेपाल एकीकरणपुर्व श्रेष्ठ भनेर मल्ल राज्यका हिन्दुमार्गी भारोहरु जो उच्च र कुलीन वर्गका भारदारहरु थिए तिनलाई भनिन्थ्यो । यी शासकहरु (भारो/ कुलीन र उच्च वर्गहरु) गैरब्राम्हण थिए र यिनिहरु मल्ल राज्यको अड्डाअदालतममा प्रशासन र ब्यापारिक वर्गहरु थिए । यो उच्च र कुलीन श्रेष्ठ समुहमा दुई जातसमुह थिए । पहिलो, राज्यको कुलीन क्षेत्रीय वर्ग जो आफुलाई छथरिय भन्दथे उनिहरु मल्ल कालका शासक वर्ग र अड्डाअदालतमा कामगर्ने भारदारका सन्तानहरु थिए, उनिहरु राज्य संचालनमा सक्रिय थिए । उनिहरुसंग एथेष्ट जग्गाजमिन थियो र शिक्षित हिन्दुजात समुहका थिए । दोस्रो, पाँचथरिय जात समूह थियो जो उपत्यकाका पुराना व्यापारी वर्गका समूह थिए । उनिहरु हिन्दु धर्मावलम्बी थिए र जातजातिहरुको समुहमा वैश्य समुहमा पर्दथे । यिनै छथरिय उच्च र कुलीन वर्गनै कालान्तरमा श्रेष्ठ थरले चिनिन गए । नेवारी समाजमा छथरिय र पाँछथरिय समुहलाई छुट्टाउने मुल परम्परा भनेको छथरियहरुले आफ्नो वैदिक सनातन हिन्दुधर्म अपनाउदा पुजामा ब्राह्मणलाई पुजा गर्न लगाउने र जनै धारण गर्ने चलन थियो भने राजोपाध्याय बाहेक अन्य नेवारी सम्प्रदायमा आफ्नै पुजारिको व्यवस्था थियो । उनिहरु जनाऊ धारण गर्दैनथे । प्रभुनारायण गंगादेवी कुलखलकका मुलपुरुष भिमसेन (श्रेष्ठ) नेवार वि.सं. १८२६ तिर पर्वत राज्य, गल्कोट जिल्लाको वलेवा चौर आएको कुराको बारेमा अगाडि नै चर्चा गरियो । वहाँ यहि समयमा वलेवा चौर आउनुभएको कुराको प्रमाण वंशावलिमा उल्लेखित जग्गाजमिनको कारोवारले पनि पुष्टि गर्दछ । त्यतिवेला बलेवा चौरमा बसोबास गर्ने कोहि थिएनन । २/ ४ वटा गोठमा मात्र सिमित थिए रे । औलोको डरले मानिसहरु पैयुपाटा र माथिको भागमा मात्र बस्थे रे । पैयुपाटाका नारायण पन्त जो बस्ती नामक पुस्तकका लेखक पनि हुन, उनका अनुसार वि.सं. १७५० तिर पाग्जाकोट भुरे राजाको अधिनमा थियो । पर्वत राज्य अन्तर्गत रहेको यस पाग्जाकोटमा राजारजौटाहरुको भुमेस्थानको मन्दिर पनि थियो । त्यहाँ पुजा गर्ने पुजारी कहिले कहाँबाट आए थाहा हुन नसके पनि तिनै पुजारिकोमा १७५० सलतिर पर्वत पुर्कोटका सर्भु पौडेलका ११ भाइ छोरा मध्य मनोहर र सहदेव पौडेल बस्न आए । त्यहाँ बस्दा पुजारी र सर्भुका छोराहरुकाविच मनमुटाव बढ्यो । सर्भुका छोराहरुले पैयुपाटा छडिजाने मनसाय व्यक्त गरे । पुजारिले मेरो माथी डाँडाचौरमा पनि घर रहेकोले म माथी गै बस्छु, तिमिहरु यहि बस भन्नुभएछ । आफ्नो बराहलाई नियमित पुजा गर्न्ने सर्तमा सर्भुका दुइभाई छोरा त्यहिं बसे । सहदेवका दुई छोरी भए । मनोहरका एकमात्र सन्तान विरपती भए र विरपतिका चार सन्तान क्रमशः बृहस्पति, रविपती, पिरपती र भए । यिनै मनोहरका नाति पिरपती पाध्याबाट भिमसेन नेवारले तल्ला बाह्रविसे र उपल्ला बाह्रविसेको जग्गा लिए । उपल्लो बाह्रविसेको ६० मुरि माटो र तल्लो बाह्रविसेको १८० मुरि माटो गरि जम्मा २४० मुरि माटो त्यतिवेला प्राप्त भएको थियो । वि.सं. १७५० तिर मनोहर र सहदेव पौडेल पैयुपाटा आइबसे । उनका एक छोरा बिरपती पौडेल भए । बिरपती पौडेलका ४ भाइ छोरामध्य एक पिरपती पाध्या थिए । यसरी घटनाको अध्ययन गर्दा १७५० तिर मनोहर २०/२५ वर्षको हुनुपर्छ । १७५५/१७६० तिर बिरपती पौडेलको जन्म भएको हुनुपर्छ भने पिरपती पौडेल (पाध्या) को जन्म १७८० तिर हुनुपर्छ । जतिवेला भिमसेन नेवार यहाँ आउनुभयो पिरपती पाध्या ४६ वर्ष र जग्गा प्राप्त हुँदाका बखत ५५ वर्षको हुनुपर्छ । यसबाट पनि प्रष्ट हुन्छ कि भिमसेन नेवार १८२६ तिरै यहाँ आइ बस्नुभएको हो । यहाँ आउँदाका बखत वहाँ ४० सालको वरिपरि हुनुपर्छ । भिमसेन श्रेष्ठ र वहाँको परिवार वलेवा आएको पनि झण्डै २५३ वर्ष भयो । अहिले वहाँको ११ औं पुस्ता चलिरहेछ । भिमसेन श्रेष्ठका तिनभाइ छोराहरु थिए । उनका तीन भाईहरुमा अहिलेका काजिमानका सन्तान जेठोपट्टिका, सुर्काली खलक भनी चिनिने माइलो छोरा र अहिले ठुलाघरे भनी चिनिने कान्छो छोराका सन्तानहरु हुन । अहिले ठुलाघरे, कोल्पाटे, धन्सारे र जिम्मालथरे भनी चिनिने कान्छो छोराका सन्तानहरु हुन । भिमसेन श्रेष्ठको एक परिवार अहिले फिंजिएर प्रभुनारायण गंगादेवी कुलखलकका नाममा देशको विभिन्न ठाउँमा र विदेशमा समेत फैलिएकाछन । बाग्लुङ्को वलेवा, पर्वतको फलेवास, कुश्मा र छमर्के, कास्किको पोखरा, नवलपरासीको प्रगतिनगर र हरकट्टा, चितवन, काठमाण्डौ, धनगढी, नेपालगन्ज र विदेशमा अमेरिका, क्यानडा, जर्मन लगायतका देशमा छरिन पुगेकाछन । सवै ठाउँमा गरि झण्डै ३०० घरपरिवारमा प्रभुनारायण गंगादेवी कुलखलक पुगेको छ ।

प्रमुख जीवनी

सर्भरको स्मृति सफा पार्ने