पो नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पो इटालीको सबैभन्दा लामो नदी हो। यो नदी कोटियन आल्प्सबाट सुरु भएर उत्तरी इटालीको पूर्वतिर बग्दछ। नदीको लम्बाई ६५२ किलोमिटर (४०५ माइल) वा ६८२ किलोमिटर (४२४ माइल) छ (यदि माइरा, दायाँ किनारको सहायक नदी समावेश गरिएमा)। 'पो' को श्रोत एक झर्ना हो जुन पियान डेल रेमा चट्टानी पहाडबाट निस्कन्छ जुन, मोन्भिसोको उत्तरपश्चिमी पो उपत्यकाकोमा शिरमा पर्छ। 'पो' त्यसपछि, भूमध्य रेखाबाट ४५ डिग्री उत्तर तिर विस्तार हुन्छ र भेनिस नजिकै एड्रियाटिक सागरमा प्रक्षेपण गर्ने डेल्टामा समाप्त हुन्छ।

यसको ठूलो फैलावट यसको विशेषता हो (१,००० किलोमिटर भन्दा माथिका धेरै नदीहरूको विस्तार 'पो' को भन्दा कम वा बराबर छ)।  यो रोननील नदीहरूसँगै सबैभन्दा ठूलो पानीको बहाव भएको तीन भूमध्यक्षेत्रका नदीहरू मध्ये एक हो। यस कारण नदी क्षेत्रमा भारी बाढीको सम्भावना रहन्छ। फलस्वरूप, यसको आधा भन्दा बढी लम्बाइ तटबन्धद्वारा नियन्त्रित गरिएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]