भेनिस
भेनिस | |
---|---|
सहर | |
भेनिसिया | |
![]() | |
देश | ![]() |
क्षेत्रफल | |
• जम्मा | ४१४.५७ किमी२ (१६०.०७ वर्ग माइल) |
उन्नतांश | १ मिटर (३ फिट) |
जनसङ्ख्या (२००९-०४-३०) | |
• जम्मा | २७०६६० |
• घनत्व | ६५०/किमी२ (१७००/वर्ग माइल) |
Postal code | ३०१०० |
क्षेत्रीय सङ्केत | ०४१ |
वेबसाइट | www |
उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर सहर हो। जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन् | ग्रेन्ड क्यानलमा र रियाल्टो ब्रिज(पुल) को मुनी आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ। मुरानो द्विप नदेखेसम्म भेनिसको यात्रा अधुरै रहने मान्यता रहँदै आएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]एड्रियाटिक समुद्रको उत्तरपश्चिमी छेउमा रहेको कच्छ अर्थात् जलाशयको बीचमा भेनिस अवस्थित छ र यो १२० वटा टापुहरूको संगालो हो। नजिकैको समुद्रमा गएर मिल्ने नदीहरूले त्यति गहिरो नभएको समुद्री किनारामा निकै पाँगो माटो थुपार्ने गरेको छ। यहाँ ज्वारभाटा र करेन्टको उतारचढावले गर्दा बनेका बगरहरूले ५१ किलोमिटर लामो र १४ किलोमिटर जति चौडाइको एउटा शान्त कच्छ बनाएको छ। समुद्रतिर बग्ने तीनवटा साँघुरों घाटीबाट एक मिटर अग्लो ज्वारभाटा छिर्न सक्छ भने डुङ्गाहरू पनि आवतजावत गर्न सक्ने छ।
यस सहरका प्रमुख भागहरूको सुरुवात पाँच देखि सातौँ शताब्दीको बीचतिर भएको हुनुपर्छ भनी विद्वान्हरूले पत्ता लगाएका छन्। त्यसताका यहाँ उत्तरबाट आएका फिरन्तेहरूको ओइरो लाग्न थाल्यो अनि तिनीहरूले मुख्य भूमिमा बसोबास गरिरहेका जनसमुदायलाई आगो लगाइदिनुका साथै लुटपाट मच्चाउन थाले। यी लुटपाट मच्चाउनेहरू आइपुग्नुअघि नै मानिसहरू भागे अनि पुग्न कठिन तर सुरक्षित कच्छ टापुहरूमा शरण लिए।
पुरानो भेटिएका कागजातहरूले देखाएअनुसार यहाँको पहिलो निर्माणकार्य माटोमा गाडेका काठमा एकअर्कासित गाँसिएका मसिना हाँगा वा नर्कटको जगमा बनाइएको थियो ,पछि गएर भने भेनिसवासीहरूले हजारौँ काठको थाकमाथि ढुङ्गाका घरहरू बनाउन थाले। यो क्रम निरन्तर बढ्दै जाँदा यो शहरको केन्द्रमा परिणत भएको रिआल्टोजस्ता कच्छ टापुहरू अक्सर जलमग्न हुन्थे अनि त्यहाँ ओइरिरहेका आवासीहरूको चाप धान्न नसक्ने र अपर्याप्त थियो। यी टापुहरूबाट पानी हटाएर जमिन विस्तार गर्ने पुराना प्रणाली अपनाउनु पर्थ्यो। त्यसकारण, त्यहाँका बासिन्दाहरूले डुङ्गा प्रयोग गर्न नहरहरू खने अनि अझ राम्रा निर्माण थलोहरू बनाउन ती टापुहरूलाई मजबुत पारे। पुलबाट ओहोरदोहोर गर्न सकिने नहरहरू, जहाँ पदयात्रीहरू हिंड्न सक्थे, त्यो नै त्यहाँको बाटो बन्न पुग्यो।[१]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]