प्रजनन अधिकार
स्वरूप
प्रजनन अधिकार प्रत्येक दम्पत्ती तथा ब्यक्तिले कतिजना सन्तान जन्माउने,जन्मानतर कति राख्ने,बच्चा जन्माउने वा नजन्माउने, यस बारे सूचना पाउनु पर्ने, यौन तथा प्रजनन अधिकार प्राप्त गर्न स्वतन्त्र र जिम्मेवारी पुर्वक निर्णय लिन पाउने हो। यो मानव अधिकारसँग सम्बन्धित छ। यसले अन्तराष्ट्रिय मानव अधिकारको समेत मान्यता पाएको छ। सन् १९९४ मा भएको जनसङ्ख्या तथा विकास नामक अन्तर्राष्ट्रिय सम्मेलन पछि प्रजनन अधिकारका सबालहरु बाहिर आएका हुन्। सन् १९९५ मा आपीपीएफको सदस्य सभा द्वारा यौन तथा प्रजनन अधिकार बढापत्र तयार गरी अनुमोदन गरियो। सो बढापत्रमा १२ वटा यौन तथा प्रजनन अधिकार उल्लेख छन्।
- बाँच्न पाउने अधिकार
- व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको अधिकार
- समानता तथा सबै प्रकारका भेदभावबाट मुक्तहुने अधिकार
- गोपनियताको अधिकार
- स्वतन्त्ररूपले विचार ब्यक्तगर्न पाउने अधिकार
- सूचना तथा शिक्षा प्राप्त गर्न पाउने अधिकार
- विवाह गर्ने वा नगर्ने, परिवार वसाउने वा नबसाउने, परिवार नियोजन गर्ने वा नगर्ने आदिका सम्बन्धमा निर्णय गर्न पाउने अधिकार
- बच्चा पाउने वा नपाउने वा कहिले पाउने भन्ने निर्णय गर्न पाउने अधिकार
- हेरविचार तथा सुरक्षासम्बन्धी अधिकार
- विज्ञानले गरेका उन्नतिबाट लाभान्बित हुन पाउने अधिकार
- सभा सम्मेलन भेला गर्ने तथा राजनितिक सहभागिता गर्ने स्वतन्त्रताको हक
- पीडा तथा दुर्व्यवहारबाट मुक्त हुन पाउने अधिकार