प्रयोगकर्ता:कत्यूरी राजाका वंशज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बर्छैन[सम्पादन गर्ने]

बर्छैन गाउँ विकास समिति डोटी जिल्लाको सदरमुकाम देखि दक्षिण तर्फ तल्लो वोगटान क्षेत्रमा पर्दछ । यो गाउँ विकास समितिमा पुग्न डोटी जिल्लाको सदरमुकामबाट दुई दिनको पैदल हिड्नु पर्दछ । यस गाउँ विकास समितिलाई डोटी र कैलालीका सात वटा अन्य गाउँ विकास समितिहरुले घेरेको छ । यसको पश्चिमतर्फ डोटी जिल्लाको निरोली गाउँ विकास समिति, पश्चिम उत्तरमा गडसेरा गाउँ विकास समिति, उत्तर पूर्वमा मान्नाकापडी गाउँ विकास समिति, पूर्वमा घाँगल गाउँ विकास समिति जस्ता डोटी जिल्लाका चार वटा गाउँ विकास समितिहरु पर्दछन भने दक्षिणतर्फ कैलाली जिल्लाका मोहन्याल गाउँ विकास समिति, खैराला गाउँ विकास समिति र निगाली गाउँ विकास समिति गरेर तीन वटा गाउँ विकास समितिहरु पर्दछन | डोटी जिल्लाको तल्लो वोगटान गर्खामा पर्ने यस बर्छैन गाउँ विकास समितिको वार्ड नम्बर ७ रिसेडी भन्ने स्थान ऐतिहासिक स्थान हो । रिसेडी गाउँको माथि डाँडामा मध्येकालीन समयमा निर्माण भएको कोट (दरवार)को भग्नावशेष रहेको छ । डोटी वोगटानका राजाको दरवार मानिने यो दरवार २०४१ मा त्यहाँ निर्माण गरिएको श्री लक्ष्मी मा.वि.को भवन निर्माण गर्दा भग्नावशेषको रुपमा रहेको दरवारका ढुङ्गाहरु भत्काएर लाँदा दरवारको अवशेषको पनि समाप्ती हुँन गयो । यहाँ ऐतिहासिक नाउलाहरु, धारा, देवल, चौतारा, राजाको घोडा बाँध्ने ढुङ्गाको खाँमो रहेकाछन् । यस गाउँमा श्री मोहन्याल, श्री केदार, कालिका, भैरव, अलडा, कलार, मचवाल, मसानी सहितका देवी देवताहरुका स्थापना छन् । रिसेड़ी गाउँ वारी र पारी गरेर दुई भागमा विभाजित छ | वारी रिसेड़ीमा बोहराहरुको बाहुल्यता छ भने पारी रिसेड़ीमा ठकुरीहरुको बाहुल्यता छ | यसैकारण बोहराहरुको बाहुल्यता भएको गाउँलाई बोहरा रिसेड़ी भनिन्छ भने ठकुरीहरुको बाहुल्यता भएको गाउँलाई ठकुरी रिसेड़ी भन्ने गरिन्छ | बर्छैन गाउँ विकास समितिको वार्ड न ७ मा पर्ने यस रिसेड़ी गाउँमा ठकुरी, क्षेत्री, नाथयोगी, भूल, ढोली, लोहार, कामीहरुको बसोबास छ । रिसेड़ी गाउँको दशैँ ,त्यहाका देबी/देवता ,रैती र १९०० सालको भुपालको जिम्मेवालीको पट्टाले यस गाउँको इतिहास प्रस्ट गर्दछ | रिसेडीको कोट रहेको स्थानबाट तीन देखि बाह्/ तेह् किलोमिटरको दुरीमा चारै कुनामा चार भाइ मानिने अलडे, पतले, कोलाल र बर्छैनी तत्कालीन समयमा राजाको सुरक्षाका दृष्टिकोणले बसेका थिए । अहिले पनि तिनको बसोबास त्यहाँ छ |

चार राठकाहरुको बसोबास रहेका गाउँहरु निम्न अनुसार छन ।[सम्पादन गर्ने]

  • अलडे
    — अलडेहरु निगाली गाउँ विकास समितिको अलाड गाउँमा बस्छन् । यस परिवारकाहरु कुनै कालमा जोरायल, दो र दक्षिण भारत तथा बर्दियाको राजापुर नजिकको छेदियासम्म फैलिएका थिए । छेदीया गएको शाखा तराईमा बस्दा बस्दा तराईका थारुसँग मिसियो आप्mना परम्परागत धर्मकर्म भुल्यो र थारु वन्यो । वडायक थरको थारु यही शाखाको एक परिवार हो भन्ने मान्यता छ । शौनक गोत्रीय अलडे अन्तरगतकाहरु समैजी देवतासँग सम्बन्धित छन् ।
    पतले
    – पतलेहरु पातल, सल्लेबासा ,ओजेना, चिउरा, खसरे, किम्तोला र उपल्लो वोगटान क्षेत्र देखि उत्तरमा पनि फैलिएको बताईन्छ । शौनक गोत्रीय यो परिवार मष्टो, डुडो, वाडातडो, मालिका नामका देवीदेवतासँग सम्बन्धित छ ।
    कोलाहल/कलेल
    – कोलाहल(कलेल) स्याली गाउँ क्षेत्रमा बस्छन् । यी कलेल(कोलाहल)हरु वेताल देवतासँग सम्बन्धित छन् । लडाईकालागि सुरवीर मानिने यिनको देवता वेताल र कोलहाल उल्लेख पृथ्वीमल्लको शाके१२७८को कनकपत्रमा भनिएकोछकी वेतालकोलाहलकाहलिकृत समरधरणीमंडल । यसको अर्थ वेतालका कोलाहल(कोलाल)बाट थर्कमान भएको जस्तो युद्धभूमि । यसअर्थले पनि कोलाहल(कलेल) भनिने ठकुरीहरु युद्धकालागि चर्चितै थिए । कुनैपनि ठाउँमा जाँदा यिनको हतियार अगाडि लगाउँने चलिन थियो ।
    बर्छैनी
    —बर्छैनीहरु बर्छैन गाउँ, वेरवाटा, धमकोटमा बस्छन् । यी तत्कालीन समयमा सुर्खेतमा रहेका पालका वंशज हुन् । यी भैरव वेताल, श्री मोहन्यालसँग सम्बन्धित छन् । रज्माली, चौकी, तेलपारा क्षेत्रमा बस्नेहरुको धेरै पहिचान धमकोटका गैराघरी परिवारसँग मेल खान्छ । यी मध्ये केही मंगलेश्वर र केही मोहन्याल कुलदेवता वताउछन् । रज्माली भनिनेहरुको घरभित्र मालिका र कालिकाको स्थापना रहेको छ । घरभित्र मालिका भएको कारण पतलेसँग पनि सम्बन्ध देखिन्छ | पातलका मुख्यको घरमा मालिकाको भँराड छ र मौरीको मह बासी र गाईको दुध सनितोखाने चलन धमकोट गैराघरी र रज्मालीमा छ । सिहासनको मोहन्यालको जाँतमा धमकोटी, रज्माली र ताडीहरु गरेर तीन थरीको सल्लाह अनुसार हुन्छ । ताडी थरका क्षेत्रीहरु गाईको दुध वासी खाने सनितो दुध देवताको हो भन्ने मान्यता राख्छन् । अलाडी मोहन्यालमा सहभागीहुने ठकुरी, ब्राह्मण, क्षेत्रीहरु जस्तै मान्यता ताडीहरुमा पनि छ ।

चारराठ (अलडे, पतले, कोलाल(कलेल), बर्छैनी )को महत्व[सम्पादन गर्ने]

निरयपाल राजाको कोट स्थल रिसेडी र निरोली क्षेत्रमा कुनै ठूलो काम गर्नु प¥यो भने चारराठलाई बोलाउँने गरिन्छ । यी चारराठका चारबुङ्गा निरोलीमा छन् । रिसेडीमा पनि यिनको स्थान छ । चारराठकाहरु सबै ठकुरी कहलिन्छन् । बोली भाषा संस्कार र वैवाहिक सम्बन्ध पनि यिनीहरुको ठकुरीहरुसँगै रहेको छ । प्राचीन महत्वका कोट भएका स्थानहरु निरोली, रिसेडी सहितका स्थानमा यी चारराठको नाम आउँदछ । भोस्सो, गिरी खेलमा पनि चारैराठौ भनेर यिनको उच्चारण गरिन्छ । गीर खेल्नेहरु यिनका पाईतालामा गीर लगाउँदछन् । चार राठहरुमा अलडे, पतले, कोलाहल, बर्छैनी पर्दछन् । अलडे, पतले र बर्छैनी भाइ–भाइ हुन् | भने कोलाहल (कलेल) अनडकट्टे भाइ बनाईएको हो । पतले र बर्छैनी अन्तरगतका बम थर लेख्छन् भने अलडे अन्तरगतका बम र सिह थर लेख्छन्् । यी चारराठको साँध सिमाना निर्धारण गर्ने रिसेडीको अलडो देवता हो । यसैकारण रिसेडीको अलडोलाई चौरठे अलडो भन्ने चलन छ ।

  • (१) अलडे ठकुरी सम्बन्धी वर्णन

अलडे ग्वाँसी समैजी देवतासँग सम्बन्धित छन् । अलडेहरुका अनुसार यहाँको समैजी देवता शिवकोरुप हो । समैजी देवता वैशाख शुक्लपक्ष दशमी तिथि, भाद्र शुक्लपक्ष दशमी तिथि, कार्तिक शुक्लपक्ष दशमी तिथि गरेर तीन पटक पूजिन्छन । समैजी देवतासँग रहेका डुँडो घोल्डाँङी देवता माथि उल्लेख भएका तीनै तिथिको एकादशी तिथिमा पूजिन्छन् । ग्वाँसी देवता माथि उल्लेख भएका तीनै तिथिको चर्तुदशीमा पूजिन्छन् । समैजी बाघ चलाउँने देवता हुन् । समैजी देवतासँग समैजी, डुँडो, ग्वाँसी, वेताल, मसानी सहितका देवता हुन्छन् । यी देवता पूजिदा अलाडका अलडे ठकुरीहरुले जानै पर्नेहुन्छ । समैजी देवता पूज्नका लागि डिगदेनी ओझा ब्राह्मणको आवश्यक हुन्छ । समैजी र गडतोला देवताको भैयली हो । गडतोला देवताबाट समैजी पूज्न बामन मागेका कारण गडतोला देवताले डिगदेनी ओझा बामन समैजी पूज्न दिएको हो । समैजीको चैत सम्बन्धमा भन्ने गरिन्छ । “काँछन दुर्गाथान काँ कालि घाट, माथि छ दुर्गाथान तल कालि घाट, समैजी अवतार दिल्ली आगरा बाट ...” समैजीको इतिहास अनुसार यी देवता दक्षिण भारतबाट बस्दै बस्दै आएका हुन भन्ने छ । यी देवता दक्षिणबाट कैलाली जिल्लाको बनबेहडा देखि उत्तरमा रहेको कालापानी खोला, आजेना हुँदै दोमा गएर बसेका हुन । अलडे ठकुरीको जिम्दारी कैलालीको वोगटान तप्पामा रहेको समयमा यिनको परिवारका केहीले चौधराई गरेर चौधरी थर लेखेका थिए । त्यस समयको एक भनाई यस्तो छ । “चौधरी बालासिह माडौ सजाईछ १०० गाउँ मालका जिम्दारी बसी बसी खाईछ । ” अलाडका ठकुरीका तीन बाजे तीन तिर बाँडिएका थिए । नागीकी लडतड नारायण खानी जसुकी बोजो बोकाई चानी त्यसैले भन्ने चलन चलेको हो । जेठा नागीका खड्क बहादुर सिंह, रोज बहादुर सिंहको परिवार भयो । माईला नारायणका लाल बहादुर सिंह, दल बहादुर सिंहको परिवार भयो । कान्छा जसीका किमतोलाका माष्टर पट्टीका भए । यस पहाडी भूभागमा प्रवेश भएपछि अलाड गाउँमा बसेका थिए । त्यहाँ विभिन्न किसिमले पारिवारिक खिचलो र अशान्ति भएपछि जेठा नागीका वंशज दह÷दोमा गए । माईलाका दक्षिण तराई राजापुर देखि तलको छेडियभन्ने स्थानमा गए । कान्छा जसीका सन्तान जोरायल सेकुनी गएकाहुन । नागीका सन्तानको दोको समैजीसँग धितधरम भयो । म तेरो तँ मेरो भन्ने भए पछि जग्गाजमीन पनि देवताले दियो । रैती छेडाल, वोहराहरु भए । समैजी देवता भयो । जेठो हाँगो दोमा भएकाले अलाड वालाले पनि त्यहाँ जानै पर्ने कर भयो । तीन पित्तर तीन तिर भएका कारण सुख हुन सकेन् । जसका कारणसबै फर्केर अलाड भन्ने स्थानमा आई बसेका थिए । तीनै स्थानकाहरुको दोको समैजीसँग बाचाबन्धन भएपछि दोमा जानै पर्ने हुन गयो । अलाड गाउँदेखि माथि डाँडामा कोटको डाँडा भनिने स्थान छ, । त्यहाँ रहेका ढुङ्गा लगेर नजिकै शिव मन्दिर बनाएकाछन कोटको अन्य कला र सँरचना छैन । यो कोट अलडेहरुका पूर्वजको हो भन्ने मान्यता छ । यी अलडे रिसेडी कोटबाट दक्षिणपश्चिम क्षेत्र ठूलीगाडदेखि दक्षिणमा निगाली गाउँ विकास समितिको पश्चिम डाँडामा रहेको अलाड गाउँमा बस्छन्् ।

  • (२) पतले ठकुरी सम्बन्धी वर्णन

पतले भनेका पात्तल गाउँमा बसोबास गर्ने डुडो घोलडाङ्गी,मष्टो पूज्ने गर्दछन् । यो पात्तल गाउँ रिसेडी कोटदेखि उत्तरमा रहेको डाँडापारी पर्दछ । हालका दिनमा अलडे र पतले अन्तरगतका सल्लेबासा तिर पनि फैलिएकाछन्् । यिनीहरु मध्ये केही वर्तमान घाँङलको गैमुडाबाट आएका कारण गैमुडी भन्ने चलन छ ।

  • (३) कोलाहल(कलेल) ठकुरी सम्बन्धी वर्णन

कोलाहल(केलल) ठकुरी जुम्ली रैका राजाका इष्टमित्र मानिने वलिराजाका सन्तान हुन् । यस खान्दानकाहरुको गोत्र रवि र वंश सूर्यवंशी भए पनि यिनलाई कत्यूरी पालराजाका वंशजले आप्mनो गोत्र र वंश दिएको हो भन्ने मान्यता छ । त्यसैकारण यी पनि शौनक गोत्रीय, सूर्यवंशी÷रघुवंशी भाइमै ठकुरीको रुपमा गणना हुन्े गर्दछन् । यी रिसेडी कोटदेखि पूर्वमारहेको कापडीगाडको पश्चिम किनारको स्याली गाउँमा बसोबास गर्दछन्् । स्यालीका कलेलले अन्यलाई अनडकट्टे भाइ बनाएको कारण ती पनि कलेल भए भन्ने मान्यता छ । यी कोलाहल (कलेल)का देवता वेताल हुँन् । यी युद्ध,मारकाट, लडाईकालागि सुरवीर मानिने जातिमा पर्दछन् । युद्धकैलागि यो जातिलाई पालराजाले भाइ बनाएको किवदन्ती छ । वैतडीमा वुड्ढाका गौतम गोत्रीय चन्दलाई अरु गौतम गोत्रीय चन्दले बजे भने जस्तै शौनक गोत्रीय कलेल जातिका मान्छेलाई शौनक गोत्रीय अन्य ठकुरीहरुले बजे भन्ने चलन वोगटानमा छ । कठीउरमा कोलाहलवाडा भन्ने स्थान छ । त्यहाँ कोलाहलको बस्ती कुनै समयमा थियो । त्यसैले कोलाहलवाडा भनियो । सिंहासनबाट माल(मधेस) भैसी ल्याएर झर्दा कोलाहलले त्यहाँको मोहन्यालमा गाईको दुधहालेर गौणो खोल्नु पर्ने मान्यता छ ।

  • (४) वर्छैनी ठकुरी सम्बन्धी वर्णन

वर्छैनीहरु बर्छैन गाउँमा बसोबास गर्दछन् । यो बर्छैन गाउँ रिसेडी कोटदेखि पूर्व कापडीगाडपारी रहेको डाँडामा पर्दछ । बर्छेनी अन्तरगतकाहरु धमकोटमा पनि बस्छन् । बर्छैनी, वेरवाटी, धमकोटीलाई तल्लोबुङ्गे रजवार भन्ने गरिन्छ । यो शाखाकाहरु तत्कालीन कर्णाली भेगको शासनसत्ताका लागि कालिकोट,दुल्लु सुर्खेत क्षेत्रतिर पैmलिएर रहेका पाल थिए । यिनैसँग ताडीहरु कालिकोट गएकाहुँन् । नागराजको खारिप्रदेशबाट सिंजा/दुल्लु प्रवेश भएपछि यी नागराज वंशजका सामन्त(प्रशासक) बने । डोटीपाल राज्यमा राइका(रैका) राजाको आक्रमण हुँदा यी सुर्खेतबाटआई बर्छैन र धमकोटमा बसेका थिए । यी भैरौवेताल, विगरगाँणी, अलडो र मोहन्याल सहितका देवतालाई मान्ने गर्दछन् । विगरगाँणी भनेको सिद्धबाबा हुँन् । यी देवतालाई घिउ र चामलले मात्र शुद्ध पवित्र गरी पुज्ने चलन छ । बर्छैनी नाँचे भैरौंवेताल देवता आउँछ ।

वर्छैनी तथा तल्लो बुङ्गे रजवार सम्बन्धमा[सम्पादन गर्ने]

तल्लो बुङ्गे रजवार भनिएकाहरु सनातन धर्मसँग सम्बन्धित पालहरुका शाखा सन्तान थिए । सिजा राजाधिराज पृथ्वीमल्लदेवको दुर्लङ्ध्घनगरको कोटिस्तम्भको अभिलेखमा उल्लेख निम्न उल्लेखित पालवंशावली यिनै तल्लो बुङ्गे ठकुरी रजवारका पूर्वजको नाममा आधारित वंशावली हो । जो यस प्रकार छ ।

  • १—आदिपाल,
  • २—अमरपाल,
  • ३—जयपाल(प्रथम),
  • ४—विजयपाल,
  • ५—वीरपाल,
  • ६—विक्रमपाल,
  • ७—श्रीपाल,
  • ८—धीरपाल,
  • ९—सोमपाल,
  • १०—सूर्यपाल,
  • ११—समुन्दपाल,
  • १२—शुंखपाल,
  • १३—गृहपाल,
  • १४—महिपाल,वरपाल,गजपाल,
  • १५—विश्वपाल,
  • १६—जीवपाल, (महाराजाधिराज गेला),
  • १७—सरलपाल,
  • १८—जयपाल(द्वितीय)श्रीजाव),
  • १९—पुण्यपाल÷मल्ल रानी संजनमाला(शकुनमाला),
  • २०—राजाश्रीमल्ल –पुण्यमल्ल र शकुनमालाका जेठा छोरा आदि ।

यी ठूलीगाडदेखि दक्षिण पूर्वक्षेत्रको रैतीमाथिको शासनसत्ता, जिम्मेवारी र देवताको सम्पूर्ण काम सुम्पीएका कारण तल्लोबुङ्गे रजवार भए । यिनलाई एउटै शब्दमा भन्ने हो, भने बर्छैनी भन्ने गरिन्छ । यस बर्छैनी अन्तरगतकाहरु हाल बर्छैन गाउँ विकास समितिको बर्छैनगाउँ, वेरवाटागाउँ, मोहन्याल गाउँ विकास समितिको वार्ड नं १ धमकोट र डोटी डडेल्धुराक्षेत्रमा बसोबास गर्ने केही मल्ल परिवारहरु हँुन् । यस परिवारका अनुसार राजा निरयपालको खान्दानले सुर्खेत फर्कन नदिएपछि यी मध्येको

  • जेठोभाइ धमकोट गाउँमा बस्यो,
  • माईलोभाइ बर्छैन गाउँमा बस्यो र
  • कान्छोभाइ वेरवाटा गाउँमा बस्यो भन्ने छ । गणपतिभन्दा पहिले कश्यप गोत्रका वडु बामन तल्लो बुँगे ठकुरीका कुलगुरु थिए । गणपति आएपछि गणपतिले देवता पूज्ने र जजमानि समालेका हुँन् । सुर्खेत सलामबाट भैरौ देवता ल्याएकाहुन । मोहन्यालसँग धितधरम भएपछि, मोहन्यालको स्तरकै भैरौ वेताल भएको हो । रिसड्याल (रिसेडीबसेकाहरु) र निगल्याल(निगालीबसेकाहरु) राजा निरयपालका सन्तानहुन । गणपति बामन पनि यिनै रिसड्याल, निगल्यालका पूर्खा पाल राजासँग रुपाल क्षेत्रबाट वोगटान आएका हँुन । १२ वोगटान भनेको सुर्खेत देखि कुमाउ, गढवालसम्मको क्षेत्र हो । कुमाउ गढवालबाटै सुर्खेत हुँदै नेपाल (वर्तमान काठमाण्डौ) सम्म आवत जावत हुने गर्दथ्यो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

कत्युरी