प्रयोगकर्ता:कत्यूरी राजाका वंशज/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कत्युरी राजाका वंशज == मोहन्याल (कार्तिकेय)== स्वामी श्री मोहन्याल उत्पति भएको मन्दाकिनीनदी कुमाऊ गढवाल केदारनाथको नारायण पर्वतमा भगवान विष्णुको चरणबाट निस्केकीे मन्दाकिनीनदी हिन्दू तीर्थयात्रीहरुका लागि शुद्ध पवित्र हिन्दूधर्मसँग सम्बन्धित रहेको नदी हो । यस नदीलाई हिन्दूधर्मशास्त्र तथा पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा भनेर व्यख्या गरिएको छ । रामचरीत मानसमा मन्दाकिनी नदीलाई “यहाँ भरतु सब सहित सुहाय, मंदाकिनी पुनीत नहाए, सरित समीप राखि सबलोग,मागि मातु गर सचिव नियोग ।” भनेर व्याख्या गरिएको छ । श्रीमद्भागवतमा मन्दाकिनी “मोक्ष प्रदायिनी नदी मध्ये एकनदी”को रुपमा व्याख्या भएको छ । यो मन्दाकिनी नदीको अर्को नाम “पैसुनीनदी” पनि हो । यो नदी ८२ किलो मिटर लामो छ । हिमालमा रहेको चोरबारी दह÷तालबाट उत्पन्न भएको यो नदी सोनप्रयागमा कालीगंगासँग मिल्दछ भने, बद्रीनाथबाट बग्दै आउँने अलकन्दानदीसँग रुद्रप्रयागमा मिल्दछ । मन्दाकिनी र अलखन्दानदी मिलेको यो दोमोहान तथा संगमस्थल हिन्दू तीर्थयात्रीहरुकालागि महत्वपूर्ण तीर्थका रुपमा लिने गरिन्छ । यस संगमस्थलमा धेरै धार्मिक तीर्थ स्थलहरु छन् । यहाँ चित्रकुट, रुद्रप्रयाग र केदारनाथ यस संगम स्थलका तिरमा रहेकाछन् । यी यस स्थानका धार्मिक स्थलहरु हुन् । मन्दाकिनी नदीको अर्को ब्याख्या अनुसार यस नदीमा भगवान राम र सीता दैनिक नुहाउँने गर्दर्थे भनिएको छ । यहाँ सीता नुहाउँने स्थान जानकी कुण्डमा रहेको चट्टानमा सीताका पाईतालाका छाप रहेकाछन् । यहाँबाट जोशीमठ २२ कि.मी.को दूरीमा पर्दछ । यही जोशी मठका ज्योतिषलाई केदारनाथले मोहन्यालको जन्मकुण्डली देखाउँदा मोहन्याल निकै सुरवीर रहेको र केदारका मुल जन्मेको भन्ने सल्लाह ज्योतिषहरुबाट भएअनुसार केदारनाथले तामाको ढोलभित्र हाली मन्दाकिनीमा बगाएका थिए । यहाँको गोविन्दघाटका गोडियाको जालमा मोहन्याल देवता लागेका थिए । गोविन्दघाट लक्षमणगँगा र अलखन्दानदीको सँगम स्थलमा छ । यहाँ गोविन्दघाटलाई कंगनघाट पनि भन्ने गरिन्छ । । गोविन्दघाट शिख धर्मालम्बिहरुको पनि पवित्र तीर्थस्थल हो । शिखहरुको इतिहास अनुसार यस क्षेत्रमा बालागुरु गोविन्दले सुनको चुरा फालेका थिए । यो सुनको चुरा हराएपछि राजा गोविन्दराई दुःखित भए उनलाई रामका परम भक्त तथा अवतार मानिएका शिवदत्त पण्डितले मानसिक शान्ति दिएका थिए । गुरु नानक र राजा त्रिलोकपालसँग सम्बन्धित यस गोविन्द घाटको कहाँनी शिखहरुमा पनि पाईन्छ । यस सम्बन्धमा अनेक थरीका व्याख्याहरु छन् । इजा–चेली, ऐंचो–पैंचो, बाबुचेला, लेखो–जोखो, जानैन मन्दालोक पापैको भार, इजा–चेली, गाबडि एकै गाव–दोइया, मामा–भान्ज एकै सौड्न सिया, जानैन् मन्दालोक पापैको भार । सासु पैरा धरै, वौरानी पाउ उछालै, जानैन मन्दालोक पापैको भार जस्ता डोटेली फागले पनि मन्दालोक भनिने मन्दाकिनीको धार्मिक महत्व दर्शाउछ । यही महत्व रहेका मोहन्याल कत्युरी राजाका कुलदेवता हुन् | हाल डोटीको बोगटानमा कत्युरी वंशजका ठकुरीका कुलदेवताको रुपमा मोहन्याल विराजमान छन् |