प्रयोगकर्ता:केशवप्रसाद पराजुली/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अहिले हामीकहाँ सिकाइको अवस्था खस्किँदै गएको तथ्य सबैलाई थाहा छ । सिकाइको गुणस्तर र अवस्थाबारे अध्ययन गर्ने जिम्मेवार सरकारी निकाय शैक्षिक गुणस्तर केन्द्र स्वय‌ले गरेको अध्ययनले समेत सिकाइ उपलब्धी क्रमशः ओरालो लाग्दै गएको प्रमाणित गरेको छ । बर्षेनी लगानी बढाउँदा, शिक्षकहरुलाई विभिन्न तालिम दिँदा पनि उपलब्धी बढ्नुको साटो घटेको कुराको कारण बारे अध्ययन गर्न सरकार अझै पनि चुकिरहेको शिक्षाविद् विद्यानाथ कोइरालाको ठम्याइ छ । उहाँका अनुसार सिकाइ उपलब्धी घट्नुमा शिक्षकले नपढाएर, पढाउन नजानेर र पढ्ने र पढाउने बीचको तारतम्य नमिलेर मात्र नभएर शिक्षकहरुमा रहेको गैरजिम्मेवारीपन पनि मुख्य रहेको छ । हाम्रा कक्षाकोठाहरुमा शिक्षण सिकाइमा शिक्षकबाट उपचारात्मक र सहयोगात्मक शिक्षण नै भएन भन्ने गुनासो चर्को रुपमा सुनिन थालेको छ ।

सिकाइ सुधारका लागि पठन सँस्कृतिको उल्लेखनीय भूमिका हुन्छ । पोखरामा भएका विभिन्न पुस्तकालयहरु मध्ये पोखरा सार्वजनिक पुस्तकालय पोखरा लेखनाथ महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ एवम् पुस्तकालयप्रेमीहरुको सहयोगबाट मुनाफारहित सेवामूलक सामूदायिक संस्थाको रुपमा स्थापना भएको हो । अमेरिकन लाइब्रेरी काठमाडौंको सहयोगमा वि.सं. २०६० सालमा यस पुस्तकालयमा अमेरिकन कर्नर थप गरी सेवा सञ्चालन गरिँदै आएको छ । यस पुस्तकालयमा अँग्रेजी र नेपाली भाषाका विभिन्न सन्दर्भ पुस्तकहरुका अतिरिक्त अनलाइन सामग्रीहरुको सेवा समेत उपलब्ध छ ।

समाजका हरेक नागरिकहरूलाई विनाभेदभाव पुस्तकालय सेवा प्रदान गरी उनीहरूको अध्ययन एवम् सूचनाको आवश्यकता पूरा गर्नुका साथै पठन संस्कृतिको विकास गरी स्वयंशिक्षा र साक्षरताको विकासमा सहयोग पु¥याउने पुस्तकालयको उद्देश्य रहेको छ । पाठकवर्गको आवश्यकता र रूचि अनुसारका पाठ्य,  श्रव्यदृश्य एवं विद्युतीय सूचना सामग्रीहरूको सङ्ग्रह अभिवृद्धि गर्दै जाने, पश्चिमाञ्चल क्षेत्र र विशेष गरी कास्की–पोखराका कवि, लेखक, कलाकार, अन्वेषक, इतिहासकार एवम् संस्कृतिविद् आदिका सिर्जनाहरू सङ्ग्रह गर्दै जाने, कस्केली साहित्य, कला, संस्कृति आदिको संरक्षण गर्ने धरोहरका रूपमा विकास गर्ने, पुस्तकालय तथा सूचना विज्ञान सम्बन्धी विषयको प्रबद्र्धन, सम्बद्र्धन एवम् विकासका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने, पुस्तकालयको माध्यमद्वारा पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयास गर्ने आदी यस पुस्तकालयका उद्देश्यहरू हुन ।

पोखरा सार्वजनिक पुस्तकालयमा विभिन्न व्यक्ति तथा स्वदेशी र विदेशी संघसंस्थाहरूबाट उपहारस्वरूप प्राप्त र खरिद गरिएका विविध विषयका सन्दर्भ तथा अंग्रेजी र नेपाली साहित्यका विभिन्न विधाका पुस्तक तथा विद्युतीय सूचना सामग्रीहरूसहित  १३,००० थान अध्ययन सामग्रीहरू सङ्ग्रहित छन् । यीमध्ये १,६०० थान बाल पुस्तकहरू छन् । पोखरामा उपलब्ध हुने साहित्यिक एवं खबर पत्रिकाहरू, स्तरीय अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नलहरूसहित ६० शीर्षकभन्दा बढी पत्रिका र अनलाइन जर्नलहरू उपलब्ध छन् ।

यसै पुस्तकालयको आयोजनामा अँग्रेजी भाषाको शव्दावली ज्ञानलाई प्रोत्साहन गर्ने स्क्याबल खेल प्रतियोगिताकै रुपमा सञ्चालन गर्न थालिएकाे हाे । हाल स्क्र्यावल क्लव पाेखराका रुपमा दर्ता भई सञ्चालनमा रहेकाे क्लवले नेपाली र गणितका समेत स्क्र्यावल तयार गरी नेपालका ४० जिल्लासम्म आफ्नाे सेवा विस्तार गरिसकेकाे छ । विभिन्न देशका गरी १५ जना अन्तर्राष्ट्रिय सँयाेजकहरु समेतले सहयाेग गरिरहेकाे यस क्लवका अध्यक्ष पाेखरा सार्वजनिक पुस्तकालयका आजिवन सदस्य श्री केशवप्रसाद पराजुली हुनुहुन्छ ।