प्रयोगकर्ता:राजेश कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजेश कोइराला (जन्म २०२४-), पत्रकार एवं लेखक, नेपालको राजधानी काठमाडौंमा रहि पत्रकारिता गर्छन् । ताप्लेजुङ जिल्लाको साँघुमा जन्मेका राजेश मोरङ जिल्लाको बयरवन गाउँ विकास समिति ८, रमाइलो गाउँमा हुर्केका हुन् । रमाइलोकै जनसेवा माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका हुन् । धरान, विराटनगर र काठमाडौंमा पढेका उनी कान्तिपुर दैनिकको शुक्रबारे बालकोसेली 'कोपिला' को संयोजक हुन् । उनका दाजु तीर्थ कोइराला कान्तिपुर टेलिभिजनमा 'समाचार प्रमुख' छन् । एक बहिनी ताराले प्रसिद्ध टेलिश्रृंखला 'देवी' मा देवीको भूमिका निभाएकी थिइन् । राजेशका पिता कोमलप्रसाद र माता राधा कोइराला हुनुहुन्छ । उनका एक दाजू, एक भाई र चार बहिनी छन् । काठमाडौंको कपन गाउँ विकास समिति ३, बेखमा बस्ने कोइरालाकी श्रीमती बन्दना र छोरी अनुष्का छन् । उनले लेखेका पुस्तक संख्या एक दर्जनभन्दा बढी छ । विभिन्न पत्रिकाका सम्पादक पनि भएका छन् ।