प्रयोगकर्ता:AbhigyaDahal

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार ! म अभिज्ञ दाहाल।

मलाई विभिन्न क्षेत्रहरुमा रुचि छ। मैले विकिपीडियामा सम्पादन चाहीँ नेपालीमा टाइप गर्ने अभ्यासको रुपमा सुरु गरेको थिए। म "नेपाली यूनिकोड ट्रडिशनल" कीबोर्डको प्रयोग गर्छु। मलाई नेपाली कविताहरुप्रति एक किसिमको लगाव छ। मलाई भुपी शेरचनका कविताहरू साह्रै मन पर्छ। उहाँको मलाई एक मन पर्ने कविता "जीवनको अँध्यारो सडकमा" हो।

जीवनको अँध्यारो सडकमा[सम्पादन गर्नुहोस्]

सफलता

साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ

कि जबसम्म

गतिको पैडिलमाथि

मेरो खुट्टा चलिरहन्छ

मेरो पथमा यो बत्ती बलिरहन्छ

तर जसरी नै म थाक्छु

र मेरो खुट्टा रूक्छ

अन्धकार मेरो अगाडि आएर भुक्छ ।