सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Lnghimire/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राइड थ्रु सिन्धुलीगढी

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा यस्तो यात्रा गरिँदै आएको हो । सन् २०१९ को साइकल यात्रा नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुने छ । यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिँदै आएको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । समृद्ध सिन्धुली अभियानको नेतृत्व पत्रकार, कानुन ब्यवसायी तथा सामाजसेवीको छवी बनाएका लीलानाथ घिमिरेले गर्दै आएका छन् । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको नेतृत्व भने विश्व साइकल यात्री पुस्कर शाहले गर्दै आएका छन् । अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक बर्ष साइकल यात्रा गर्दै आएको हो । हरेक बर्ष साइकल यात्रामा २ सय जना यात्रीलाई सहभागी गराउँदै आएको छ । यात्र क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत गरिन्छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्ने छन् । जनकपुरमा जानकाी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने छ । अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने आयोजकको अपेक्षा छ । अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्न साइकल यात्राले सघाउने छ । यसअघि उक्त यात्रा ‘राइड टु सिन्धुलीगढी’ नाममा गरिँदै आएको थियो । साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरेपछि यसको नाम ‘राइड थ्रु सिन्धुलीगढी’ दिइएको छ । यही नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई हरेक बर्ष हुने यात्रामा सहभागी गराउने योजना रहेको अभियानका संयोजक लीलानाथ घिमिरे बताउँछन् । ‘सुनकोशी किनारहुँदै जाने नागबेली सडक वीपी राजमार्गहुँदै हुने साइकल यात्रामा सहभागी हुन देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘हामी साइकल यात्रीलाई उनीहरुले तिरेको शुल्कभन्दा धेरै गुणा उपलब्धी दिने ग्यारेन्टी गर्छौं ।’ काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुगिने छ । अभियानले हरेक बर्ष राइड थ्रु सिन्धुलीगढीमा जान चाहने साइकल यात्रीलाई अनलाइनमा नाम दर्ता गर्न सक्ने ब्यवस्था गरेको छ । सुरुआत

राइड टु सिन्धुलीगढीको सुरुआत सन् २०१६ देखि भएको हो । सिन्धुलीगढीलाई विश्वसामु चिनाउन सुरु गरिएको साइकल यात्राको नाम पहिले ‘राइड टु सिन्धुलीगढी’ थियो । पहिलो बर्ष सन् २०१७ मा साइकल यात्रीलाई काठमाडौंको तीनकुनेबाट हिँडाएर सिन्धुलीको खुर्कोटमा बास राखिएको थियो । त्यसपछि अर्को दिन विहान उनीहरुलाई सिन्धुलीगढीमा हुने बिजयोत्सवमा सहभागी गराइएको थियो । सिन्धुलीगढीमा हरेक बर्ष कात्तिक २४ गते अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा सन् २०१७ को चैत २४ गते भब्य बिजयोत्सव गरिएको थियो । त्यसमा सहभागी हुन आएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गर्नु भएको थियो भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो । यस बर्ष साइकल यात्रीलाई सिन्धुलीमाढीसम्म लगिएको थियो । सन् २०१८ देखि भने साइकल यात्रालाई नोभेम्बरमा गर्न थालिएको छ । त्यस बर्षदेखि यात्रालाई जनकपुरसम्म विस्तार गरिएको थियो ।