प्रयोगकर्ता:Madhu Sunar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवलपुर जिल्ला नेपालकाे कान्छाे जिल्ला पनि हाे । यसलाई सरकारी कामकाजकाे भाषामा नवलपरासी बर्दघाट सुस्ता पुर्व भनिन्छ भने सामान्य बाेलिचालिकाे भाषामा नवलपुर जिल्ला भनिन्छ। नवलपरासी जिल्लालाई 2072 सालकाे संविधान पछि दुई खण्डमा टुक्राएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्ता पुर्व जिल्ला बनाईएकाे हाे । याे जिल्ला नेपालकाे पुर्व पश्चिम लम्बाईकाे मध्य भागमा पर्दछ । यसकाे पुर्वमा चितवन जिल्ल्ला , पश्चिममा नवलपरासी जिल्ला, उत्तरमा पाल्पा,तनहुँ जिल्ला र दक्षिणमा चितवन जिल्ला नै पर्दछ। दक्षिण तिर नारायणी नदिले घेरेकाे , पश्चिममा दाउन्नेकाे चुरे पाहाडले घेरेकाे,र उत्तरमा महाभारत पाहाडले घेरेकाे याे जिल्ला आधा सुगम र आधा दुर्गम जिल्लाकाे रुपमा लिईन्छ । पाहाडि खण्ड र मध्य तराई ( भित्री मधेश ) खण्ड मिलेर बनेकाे याे जिल्ला सम्भावनाकाे जिल्ला पनि हाे । यहाँ जम्मा आठ स्थानिय तह (पालिका) रहेका छन् ।जसमा चार नगरपालिका छन् भने चार गाउँपालिका रहेका छन् । नगरपालिकाहरुमा गैंडाकाेट नगरपालिका, देबचुली नगरपालिका, कावासाेती नगरपालिका र मध्यविन्दु नगरपालिका छन् । त्यस्तै गाउँपालिकाहरुमा बुलिङ्टार गाउँपालिका,बाैदीकाली गाउँपालिका,हुप्सेकाेट गाउँपालिका र विनयीत्रबेणी गाउँपालिका रहेका छन् । कावासाेती नगरपालिका चाहिँ जिल्लाकै सदरमुकाम नगरपालिका पनि हाे । दर्जनाै ठुला उधाेगहरु रहेकाे याे जिल्लामा राजस्वकाे दृष्टिले राज्यलाई राम्राे याेगदान गरेकाे छ। उधाेग स्थापनाकाे दृष्टिले उपयुक्त जिल्ला पनि हाे किन भने धुवानीकाे दृष्टिले पुर्व पश्चिम बराबर दुरी रहेकाे छ भने भारत संग त्रिबेणी क्षेत्र सिमा जाेडएकाे जिल्ला पनि भएकाेले कच्चा पदार्थ ल्याउन पनि सजिलाे रहेकाे छ । दलदले चाेक बाट उत्तर तर्फ पाहडि भुभाग हुँदै पाेखरा जाने बाटाेकाे धमाधम विस्तार भईरहेकाे अवस्थामा अझ कावासाेतीकाे सेरगन्ज देखि दक्षिण निकुन्ज नारायणी नदि पारी चितवन भाेजाड सम्म जाेड्न सके चारै तिरकाे जक्शन हुने र एक विशाल सिटीकाे विकास हुने सम्भावना समेत रहेकाे छ। उत्तर तिर करिब दस किलाेमिटरकाे दुरीमा रहेकाे कालीगण्डकी नदिलाई डाईभर्ट गरि सुरुङ्ग मार्ग भई जिल्लामा ल्याउन सके सिँचाईकाे साथ साथै विजुली उत्पादन र पर्यटकिय स्वीमिङ्ग नहर बनाउन सके साचिकै नमुना जिल्लकाे रुपमा कायपलट हुने कुरामा कुनै दुविधा छैन ।