प्रयोगकर्ता:Parasmani shama

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पारसमणि शम (Parasmani Shama)को जन्म ५ जुन, १९८२ -मा भारतको सिक्किम राज्यको पूर्व जिल्लाअन्तर्गत मध्य पाण्डाम गाउँमा भएको हो। पेशागत रूपमा पत्रकार रहेका शम सिक्किमका युवा साहित्यिकहरूमा एक चर्चित नाम हुन्। २००७-मा यिनी गान्तोकबाट प्रकाशित हुने दैनिक समाचार पत्र समय दैनिक-को सम्पादक बन्न पुगे। साहित्य सिर्जना सहकारी समिति, सिक्किमद्वारा सञ्चालित भारतीय नेपाली साहित्यको पहिलो अनलाइन पत्रिका टिस्टारङ्गीत (www.tistarangit.com)-का उनी सम्पादक सदस्य हुन् भने साहित्य सिर्जना सहकारी समितिका संस्थापक अध्यक्ष पनि रहेका छन्।
शमको विद्यार्थीकालदेखि साहित्यमा विशेष झुकाउ रहेको छ भने 1997-मा उनले डिल्लीराम दुलाल शमलगायत अन्य केही उत्साहित युवकहरू मिली शम साहित्य संस्थाको स्थापना गरी साहित्यिक गतिविधि अघि बढाए। उक्त संस्थाले अग्निशिखा नामक साहित्यिक पत्रिकाको प्रकाशन शमको सम्पादनमा गर्दै आएको छ भने उनी उक्त संस्थाका संस्थापक अध्यक्ष रहेका छन्। संस्थाका महासचिव डिल्लीराम दुलाल शमसितको सहयोगितामा उक्त संस्थाले 2003 देखि टीकालाल निरौला शम पुरस्कारको स्थापना गरी हालसम्म तीनजना साहित्यकारलाई प्रदान गरिसकेको छ। स्नातकोत्तर नेपालीसम्मको अध्ययन गरेका शमले नेपाली साहित्यको विकासमा स्रष्टा पत्रिकाको योगदान नामक शोध प्रबन्ध तयार गरेका छन्।
सन् 2003-मा यिनको पहिलो खण्डकाव्य आर्तव प्रकाशित भयो भने 2006-मा यिनको पहिलो उपन्यास लक्ष्यतिर प्रकाशित भएको हो। आर्तव ऋतुहरूमा आधारित खण्डकाव्य हो। यसमा अथार्त प्रकृतिलाई मानवीकरण गरी मानवीय चरित्रको मूल्याङ्कन गरिएको छ।
लक्ष्यतिर एक प्रयोगवादी आञ्चलिक उपन्यास हो। यसको कथावस्तु सिक्किमको पाण्डाम गाउँ रहे पनि कथाले सम्पूर्ण सिक्किमेली ग्रामीण क्षेत्रको प्रतिनीधित्व गर्दै नाङ्गो प्रस्तुति दिएको छ। यस उपन्यासमा संवादको न्यून प्रयोग छ भने प्रत्येक अध्यायले एक सिङ्गो कथा बोकेका छन्।