प्रयोगकर्ता:Suman BaOn

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाका टोपी बिशेष

          😍ढाका टोपी त मेरो बुबालाई नै हो सुहाउने😍

जन्मेर येत्रो लाठे भैयो आज सम्म ढाका टोपी लगाउन भनेर यी दुई हात लम्काइएन,न त कहिल्यै तेस्को संरक्षण नै गर्न सकियो।

पहिले उमेर सानो थियो कसैले केही भन्दैनथे न त तैले ढाका टोपी नै लगाउन पर्छ भने,पछि पछि उमेर बढ्दै गयो अलि अलि गर्दै छोरो जवान भयो र उक्त बेला येसो बुबाले फुकालेर किलामा झुन्ढ्याउनु भएको टोपी लगाउदा ममिले भन्ने गर्नु हुन्थ्यो!! हेर अब त बाउको टोपी ठिक हुने भैसकेछ।तलाई गज्जब सुहाएको छ अब सधै लगाउने गर।आफू फिस्स हाँदै ह्या के लगाउनु सुहाउदैन मलाई,!!!क्याप लगाउने हो म त 😋😋 बरु बजारमा त्यो DOPE लेखेको टोपी फेसनमा चल्दै छ किन्दिनु न😊😊.....

र आज विभिन्न परिस्थिति र जिन्दगीमा केही गर्छु भन्ने सपना बोकेर घर छोडेको पनि 7-8 बर्ष बितिसकेछ।जुन समय भरी कसैले ढाका टोपिको बारेमा कुरा गरेको नि सुनियन,न त कसैले प्रोत्साहन नै गरे......

अनि आज january 1(unofficial बिस्व ढाका टोपी दिवस) जहाँ रहर अनि बाध्यताले अगाडि बढेका ती हातहरु लम्किदै छन उक्त सान,र यो देशको गौरव ढाका टोपी उचालेर शिरमा पुर्याउन!! यो सब देखिरहदा लाग्छ कि अब त यो मेरो देशको गौरवले पनि सुरक्षित ठाउँ पाउने भयो हजारौं युवाहरुको साथ पाउने भयो🌹🌹  तर बिडम्बना यो त स्रीफ एक दिन को रमाइलो पो हो त......

सबै कुरा देख्दै हेर्दै र सिक्दै अगाडि बढेको मेरो यो जीवन आज फेरि त्यै बाल्यकाल को सम्झना गर्न बाध्य भयो जहाँ मेरो बुवा हुनुहुन्छ अनि उहाँको हातमा ढाका टोपी,कति मायाले सम्हालेर राख्नु हुन्छ उहाँले उक्त टोपी

जस्मा कुनै देखाओटी छैन......

जस्को अगाडि कुनै कर छैन,

र कुनै social media पनि

च्यातिएको टोपी सियो ले खिपेर,हिलो भरिएको टोपी पानीले पखालेर,मेलापात धर्म कर्म जहाँ जतिबेला पुग्दा परिश्रम को बेला पसिना धारा लाग्दा उहाँको साथी भनेको त्यै टोपी नै रहन्छ

कति माया गर्नु हुन्छ उहाँले त्यस टोपिको,कति सम्मान दिनु हुन्छ उहाँले उहाको टोपिको 😍😍😍😍

र त्यसैले होला मलाई त लाग्छ #ढाका_टोपि_त_मेरो_बुबालाई_नै_सुहाउने_गर्छ😍🎁

न्याय को खोजिनै गर्ने हो भने नि म त चल्लो हुँ मैले मेरो देशको गौरवको कहिल्यै न्याय गर्न सअक्दिन जति मेरो बुबाले गर्नु भयो।

आज गर्वका साथ भन्दै छु #ढाका_टोपि_त_मेरो_बुबालाई_नै_सुहाउने_गर्छ😍🎁

#happy_ढाका_टोपी_दिवस

#जय_नेपाल